Friday, April 24
Shadow

राजनिती

सचिवका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस

सचिवका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस

ब्यानर समाचार, राजनिती
काठमाडौँ, चैत ७ । सचिव बढुवा सिफारिस समितिले रिक्त रहेको एक सचिव पद(विशिष्ट श्रेणी)का लागि तीन जनाको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठताका आधारमा सहसचिवहरू मुकुन्द प्रसाद पौड्याल, दामोदर रेग्मी र गणेशप्रसाद पाण्डेको नाम सिफारिस गरेको हो । सिफारिस गरिएका तीन मध्ये एक जनालाई अबको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्नेछ । सचिवका लागि सिफारिस गरिएका तीन सहसचिवमध्ये पौड्याल राष्ट्रिय सूचना आयोगमा कार्यरत छन् । यस्तै रेग्मी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रशासन महाशाखामा र पाण्डे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत छन् ।  ...
एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठक आज बस्दै , खनाल-नेपाल पक्षले भने बहिष्कार गर्ने

एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठक आज बस्दै , खनाल-नेपाल पक्षले भने बहिष्कार गर्ने

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौँ, चैत ७ । नेकपा एमालेको आज संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दैछ ।बालुवाटारमा बिहान साढे १० बजे डाकिएको संसदीय दलको बैठक सकिएलगत्तै केन्द्रीय कमिटी बैठक पनि शुरू हुने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । बैठकमा पार्टीभित्रको विवाद तथा प्रतिनिधिसभा बैठक एमाले सांसदहरूले निर्वाह गर्ने भूमिकाको बारेमा छलफल हुने भट्टराईले बताए । बैठकको सूचना सबैलाई पठाइएकाले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समूह पनि सहभागी हुने अपेक्षा गरिएको उनले बताए । बैठकमा सहभागी नहुने सदस्यलाई कारबाहीको चेतावनी दिँदै आएका अध्यक्ष ओलीले थप केही कदम चाल्ने हुन कि भन्ने आकलन पनि ब्याप्त छ । आजको बैठकमा सहभागी नहुँदा संस्थापन पक्षले चाल्ने कदमपछि थप रणनीति बनाउने खनाल(नेपाल पक्षको तयारी छ । ओलीले फागुन २८ गते ‘एकलौटी रुपमा’ गरेका निर्णय खारेज नगरेसम्म केन्द्रीय कमिटीको बैठकमा नजाने खनाल(न...
संसदीय दल र केन्द्रीय कमिटीको दुवै बैठक बहिस्कार गर्ने नेपाल पक्षको निर्णय

संसदीय दल र केन्द्रीय कमिटीको दुवै बैठक बहिस्कार गर्ने नेपाल पक्षको निर्णय

मुख्य समाचार, राजनिती
काठमाडौं, चैत ६ । नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बोलाएको केन्द्रीय र स्थायी कमिटी बैठकमा नेपाल–खनाल समूह सहभागी नहुने निर्णयमा पुगेको हो । शुक्रबार बानेश्वरमा नेपाल समूहको बैठकले स्थायी कमिटी बैठकले पार्टीका बैठक प्रधानमन्त्रीको सरकारी निवासमा राखेको भन्दै सहभागी नहुने निर्णय गरेको हो । यसअघि पार्टीका बैठक संसदीय दलको कार्यालय सिंहदरबार वा संसद भवन नयाँ बानेश्वरमा बस्दै आइरहेको थियो । नेपाल पक्ष फागुन २८ गतेका निर्णय खारेज नगरेसम्म बैठकमा सहभागी नहुने निष्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले नेपाल पक्षलाई सार्वजनिक कार्यक्रममापर्ःत बैठकमा सहभागी हुन आग्रह गर्दै आइरहेका छन् ।...
सामान्य रोजगारीको लागि विदेशीने अवस्थाको अन्त्य गरिनुपर्छ– कमल थापा

सामान्य रोजगारीको लागि विदेशीने अवस्थाको अन्त्य गरिनुपर्छ– कमल थापा

ब्यानर समाचार, राजनिती
काठमाडौं , चैत ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रोजगारीको लागि प्रचुर सम्भावना भएको नेपालबाट समान्य रोजगारीको लागि अरबको खाडी र मलेसियाको जंगलमा श्रमिकहरु निर्यात गर्ने अवस्थाको अन्त्य गर्न देशमा उद्योग, कलकारखानाहरु खोल्नेतर्फ राज्यले दिर्घकालिन नीति ल्याएर कार्य सञ्चालन गर्नुपर्ने बताएका छन् । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल ९टुकोन०को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले तत्कालिन समयमा नाफामा चलिरहेका ठूला उद्योगहरुलाई २०४६ पछि निजिकरणका नाममा कौडीको मूल्यमा बिक्रि गरेर ठूलो भ्रष्टाचार गरी उद्योगधन्दा तहसनहस पार्दैं श्रमिकहरुलाई समेत विस्थापित बनाएको आरोप लगाए । कम्युनिष्ट र कांग्रेसको अदुरदर्शी आर्थिक नीतिका कारण मुलुकलाई गम्भिर अवस्थामा पुर्याइएको दावी गर्दै थापाले कम्युनिष्ट र कांग्रेसको विकल्प भनेको एक मात्र पार्...
सरकारबारे काँग्रेसमा दुई धार !

सरकारबारे काँग्रेसमा दुई धार !

ब्यानर समाचार, राजनिती, विचार
काठमाडौं , चैत ६ । सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई बदर गरेसँगै बनेको पछिल्लो राजनीतिक अवस्थामा नयाँ सरकार गठनको विषय लिएर नेपाली काँग्रेसभित्र दुई धार देखिएको छ । काँग्रेसभित्र सभापति शेरबहादुर देउवा तत्कालै आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने परिस्थिति बनेको बताउँदै आइरहेका छन् । काँग्रेस महामन्त्री डा। शशांक कोइराला भने केही दिनभित्रै काँग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरिरहेका छन् । सभापति देउवा स्थिति परिपक्व बनेपछि मात्र सरकारको नेतृत्व गर्ने बताइरहँदा महामन्त्री कोइराला भने हप्ता १० दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वस प्रस्ताव दर्ता हुने र काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका हुन् । कोइरालाले बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा केही दिनमा नै ओलीविरुद्ध अविश्वासको प्रस्तावअघि बढ्ने र काँग्रेस नेतृत्वमा माओवादी केन्द...
काँग्रेसको नेतृत्वमा सरकार बनेर मङ्सिरमा चुनाव हुनसक्छ– महामन्त्री कोइराला

काँग्रेसको नेतृत्वमा सरकार बनेर मङ्सिरमा चुनाव हुनसक्छ– महामन्त्री कोइराला

मुख्य समाचार, राजनिती
मोरङ , चैत ५। नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन सरकार निर्माण हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले नयाँ सरकार निर्माणका सम्बन्धमा नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टीसँग वार्ता एवं छलफल भइरहेकाले चाँडै निर्णय हुने जानकारी दिए । उनले वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने बताउँदै तीन दलबीच सहज बहुमत पुग्ने हुनाले वर्तमान सरकार हट्ने दाबी गरे । महामन्त्री कोइरालाले संसद्को निर्वाचनका लागि तीन वर्ष समय रहे पनि नयाँ बन्ने सरकारले निर्वाचनको नयाँ मिति घोषणा गरी आगामी मङ्सिरमा निर्वाचन गर्ने सम्भावना रहेको छ भने । महामन्त्री कोइरालाले वर्तमान सरकारले संसद् विघटन गरेको हुनाले यसलाई कुनै पनि हालतमा समर्थन नगर्ने प्रष्ट पार्दै विगत तीन वर्षमा जनता खुशी हुने कार्य सरकारले नगरेको आरोप लग...
प्रधानमन्त्रीमा मेरो दाबी छैन, नयाँ सरकार अब छिट्टै गठन हुन्छ : प्रचण्ड

प्रधानमन्त्रीमा मेरो दाबी छैन, नयाँ सरकार अब छिट्टै गठन हुन्छ : प्रचण्ड

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, चैत ५ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताएका छन् । प्रेस सङ्गठन नेपाल सिन्धुलीले आज सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताएका हुन् । प्रचण्डले अब छिट्टै नयाँ सरकार गठन हुने पनि बताए । उनले भने, “अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल चलिरहेको छ ।” “सहमति अब धेरै टाढा छैन”, उनले भने । लोकतन्त्र, समावेसी, समानुपातिक र संविधानविरुद्धका चलखेल अझै पनि नरोकिएको उनले बताए । प्रधानमन्त्रीको कार्यशैलीप्रति असुन्तुष्टि जनाउँदै प्रचण्डले सत्य, न्याय र विधिको सधै जीत हुने बताए । अझै पनि कम्युनिष्टको बृहत्तर एकता हुनुपर्दछ भन्दै उनले सबै इमान्दार कम्युनिष्ट एकताका पक्षमा उभिनुपर्ने बताए । केन्द्रमा स...
कांग्रेसका प्रवक्ता शर्मा भन्छन् -अहिले नै कांग्रेसले सरकारको नेतृत्व लिने वातावरण बनेको छैन

कांग्रेसका प्रवक्ता शर्मा भन्छन् -अहिले नै कांग्रेसले सरकारको नेतृत्व लिने वातावरण बनेको छैन

ब्यानर समाचार, राजनिती
काठमाडौँ, चैत ५ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ सरकारको नेतृत्व लिन राजनीतिक वातावरण नबनेको बताएका छन् । पार्टी कार्यालय सानेपामा बिहीबार सञ्चारकर्मीसँग प्रवक्ता शर्माले अहिलेकै अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने राजनीतिक वातावरण बनिनसकेको बताएका हुन् । यद्यपि, परिस्थिति बनेको अवस्थामा सरकारको नेतृत्व गर्ने परिस्थितिबाट नभाग्ने मनस्थितिमा सभापति शेरबहादुर देउवा रहेको प्रवक्ता शर्माले बताए । आफूसँग भएका सांसदको संख्या र अन्य दलभित्र भएको अन्तर कलह र त्यसको परिणामको स्पष्ट तस्वीर बाहिर आइनसकेकाले कांग्रेसले धारणा तय नगरेको शर्माले बताए । एमाले, माओवादी केन्द्र, जनता समाजवादीभित्र पनि अन्तरसंघर्ष चलिरहेको र उनीहरूले पनि आ–आफ्नो राजनीतिक अडान सार्वजनिक नगर्दै कांग्रेस निर्णयमा पुग्नु गलत हुने प्रवक्ता शर्माले टिप्पणी गरे ।...
सकियो नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाः १७ बुँदे प्रस्ताव पारित

सकियो नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाः १७ बुँदे प्रस्ताव पारित

ब्यानर समाचार, राजनिती
काठमाडौँ , चैत ५ । नेकपा (एमाले) को नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ । बुधबारबाट सुरु भएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि १० समूहले छलफल गरेको बताउदै उनीहरुको सुझावसमेत समेटेर भेलाबाट १७ बुँदे प्रस्ताव पारित गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । भेलाले ओली पक्षको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय अस्वीकार गरेको छ । यस्ता निर्णय अदालतको फैसलाविपरीत तथा एमाले पार्टी विभाजन गर्ने उद्देश्यमा रहेको नेपाल(खनाल पक्षको भेलाको निष्कर्ष रहेको छ । ओलीका विभिन्न गतिविधिप्रति दुस्ख व्यक्त गर्दै भेलाले एकतापूर्वको स्थिति स्वीकार गरी २८ गतेको निर्णय रद्द गर्न माग गरेको छ । भेलाले संसद् पुनस्स्थापना गर्ने अदालतको फैसलाको स्वागत गरेको छ भने एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसलाको निर्णयप्रति आपत...
कांग्रेस नेता अशोक कोइरालाको निधन

कांग्रेस नेता अशोक कोइरालाको निधन

मुख्य समाचार, राजनिती
काठमाडौं , चैत ५ । राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष नेपाली कांग्रेसका नेता अशोक कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको छ । गएराति १ बजे उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । कोइराला २०४६ को प्रजातान्त्रिक आन्दोलनपछिको विराटनगरको पहिलो मेयर तथा संविधानसभाका सदस्य समेत हुन् । लामो समयदेखि अस्वस्थ रहेका ७७ वर्षीय कोइरालाको स्वास्यमा समस्या आएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो । निमोनियाको समस्या झेलिरहेका उनी घरैमा बेहोस भएपछि बुधबार अस्पताल भर्ना गरिएको जनाइएको छ । अशोक पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाका कान्छा भाइ हुन् ।...