Thursday, April 25
Shadow

माधव नेपालसहित चार नेतासँग एमालेले माग्यो स्पष्टीकरण


  • -इ
  • इ+

काठमाडौं , चैत ९ । नेकपा (एमाले)ले माधवकुमार नेपालसहित चार नेतालाई आज पार्टी विपरीतका गतिविधि गरेको भनी स्पष्टीकरण सोधेको छ ।

नेता भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे र घनश्याम भुसाललगायतलाई पार्टी विपरीतका गतिविधि गरेको भनी स्पष्टीकरणका लागि आज पत्र पठाइएको एमाले कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।

उनका अनुसार महासचिव ईश्वर पोखरेलले चारै नेतालाई स्पष्टीकरण सोधी पत्र पठाएका थिए । यही चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले पार्टी विपरीतका गतिविधि गरेको जनाउँदै ती नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

उनीहरु चारै जनालाई तीन दिनभित्र लिखित जवाफ पठाउन भनिएको उनले बताए ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares