काठमाडौं- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवाको हाइपर पाराथाइरोडिज्मको सफल शल्यक्रिया गरिएको छ ।
भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत देउवाको बुधबार सफल शल्यक्रिया गरिएको उनका स्वकिय सचिव कमल रावलले जानकारी दिए ।
देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकहरुको परामर्शअनुसार अझै केहि समय अस्पतालमै बसेर उपचार गराउनुपर्ने रावलले बताए ।