Thursday, April 23
Shadow

राजनिती

एमसीसी विरुद्ध प्रदर्शन जारी , धादिङमा बाईसीएलको प्रदर्शन

एमसीसी विरुद्ध प्रदर्शन जारी , धादिङमा बाईसीएलको प्रदर्शन

ब्यानर समाचार 2, राजनिती, स्थानिय तह
धादिङ माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) ले अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी विरुद्ध प्रदर्शन गरेको छ । आजै संसदमा एमसीसी टेबुल हुने भन्ने अनुमानका साथ विरोध प्रदर्शनलाई बृहत बनाउने योजना बनाएको बाईसीएलले आज संसदमा पेस नभए पछि प्रर्दशनलाई फरक ढंगले गरिएको संयोजक रोमी घलेले बताए । हामी सँग कुरा गर्दै अध्यक्ष घलेले भने जनतामा माओवादीले पनि भित्रभित्रै एमसीसी पास गराउने रणनीतिमा रहेको भ्रम फिजाईएको छ । कदापी हाम्रो पार्टीले संशोधन नगरि एमसीसी पास हुन नदिने बताए । राष्ट्र र राष्ट्रियताको सवालमा वाईसीएल सडक मोर्चामा अग्रपंतीमा रहँदै आएको र संशोधन नगरी एमसीसी पास हुन नदिने समेत उनले बताए । आजको प्रदर्शन साङ्केतिक रहेको समेत उनले बताए । ...
रोकियो ४ घण्टा पछि बानेश्वरमा तनाव

रोकियो ४ घण्टा पछि बानेश्वरमा तनाव

ब्यानर समाचार 2, राजनिती, समाचार
काठमाडौं । एमसीसीको विरोधमा वुधबार बिहान ११ बजेदेखि सुरु भएको प्रदर्शनका कारण तनावग्रस्त बनेको  थियो । हाल नयाँबानेश्वर क्षेत्र सामान्य बनेको छ । साढे ४ घण्टापछि स्थिति सामान्य बनेको हो । सरकारले संसदमा एमसीसी टेबल गर्ने तयारी भएपछि विप्लवसहितका ६ राजनीतिक दललगायतले विरोध प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । त्यस्तै, १३७ जना प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा रहेका छन् । ...
प्रतिनिधि सभाको बैठक शुक्रबार बस्ने

प्रतिनिधि सभाको बैठक शुक्रबार बस्ने

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाण्डौँ, फागुन ४ आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले थारु आयोगको तेस्रो प्रतिवेदन पेश गरेका छन् भने तीन शोक प्रस्ताव पारित भएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले नाराबाजी गरिरहेकै बेला सभामुखले यी प्रस्ताव अगाडी बढाएका थिए । अब अर्को बैठक फागुन ६ गते शुक्रबार दिनको १ बजे बस्ने भएको छ ।...
मन्त्री यादवको पद तत्काल बर्खास्त गर्न राष्ट्रिय यूवा संघ नुवाकोटको माग

मन्त्री यादवको पद तत्काल बर्खास्त गर्न राष्ट्रिय यूवा संघ नुवाकोटको माग

मुख्य समाचार, राजनिती
काठमाण्डौँ, माघ १२ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवको मन्त्री पद तत्काल बर्खास्त गर्न राष्ट्रिय यूवा संघ नुवाकोटले माग गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाललाई उक्त विज्ञप्ति हस्तान्तरण गर्दै उक्त माग राखेका हुन् । माघ ५ गते रौतहटको सदरमुकाम गौरमा आयोजित खुल्ला सभामा खुलेयाम ज्यान मार्ने देखि गौर काण्ड जस्तै घटना पुन दोहोर्याउने भन्ने धम्की आपत्तिजनक भएको भन्दै त्यस प्रति राष्ट्रिय यूवा संघ नुवाकोटको गम्भीर ध्यानाकर्षण रहेको नुवाकोट संयोजक प्रज्वल सापकोटाले बताए । देशको मन्त्री जस्तो जिम्मेवार पदमा रहेर जनाता सामु उक्त अभिव्यक्ति राख्नु आपत्ति जनक, अपराधिक र वर्वरतायुक्त भएकोले उनलाई तत्काल पदबाट बर्खास्त गर्नु पर्ने माग उक्त विज्ञप्तिमा उल्लेख छ । त्यस्तै स्थानिय तहको निर्वाचनलाई लिएर देखिएको अन्योलता, देशमा बढ्दो म...
लिपुलेकमा भारतीय अतिक्रमण बढ्दो, नेपाल सरकार दृढ र स्पष्ट

लिपुलेकमा भारतीय अतिक्रमण बढ्दो, नेपाल सरकार दृढ र स्पष्ट

अन्तर्राष्ट्रिय, राजनिती, समाचार
०३ माघ,काठमाडौं ।     उत्तराखण्डको हल्द्वानी पुगेर चुनावी र्‍यालीलाई सम्बोधन गर्दै १५ पुसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार गरिरहेको बताए । सन् २०२२ भित्रै कालोपत्रे गर्ने लक्ष्य रहेको पनि सुनाए । सीमाविदहरूका अनुसार मोदीले सडक विस्तार गरिरहेको भनेको ुलिपुलेक क्षेत्रु भारतीय भूमिमा पर्दैन, त्यो भू(भाग नेपालभित्र पर्छ । र, सडक निर्माण भइरहेको लिपुलेक क्षेत्र नेपालको राजनीतिक नक्सामा पनि समावेश छ । संविधानमा समेत उल्लेखित छ । ऐतिहासिक तथ्य र प्रमाण मात्रै नभएर परम्परागत सीमा सिद्धान्तका आधारमा पनि लिपुलेक नेपाली भूमि भएको प्रामाणिक हुने नेपाल सरकारको दाबी छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार मोदीले सडक बनाइरहेको भनेको लिपुलेक क्षेत्र नेपालको अभिन्न भूभाग रहेको स्पष्ट पारेका छन् । ...
एमालेको सातौँ जिल्ला अधिवेशनबाट मैनाली अध्यक्षमा निर्वाचित

एमालेको सातौँ जिल्ला अधिवेशनबाट मैनाली अध्यक्षमा निर्वाचित

राजनिती, समाचार
२५ पौष,काठमाडौं   नेकपा (एमाले) नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन् । नेकपा एमालेको सातौँ जिल्ला अधिवेशनबाट मैनाली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । शुक्रबार सुरु भएको अधिवेशन आज नेतृत्व चयन गर्दै सकिएको छ । उपाध्यक्षमा बुद्धिबहादुर प्रधान, सचिवमा सुदर्शन नेपाल, उपसचिवमा काशीराज अधिकारी र नीलकण्ठ आचार्य निर्वाचत भएका हुन्। पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक केशवराज पाण्डले जानकारी दिए। तीन दिनसम्म सञ्चालन भएकोे जिल्ला अधिवेशनमा ७६३ जनप्रतिनिधी सहभागी भएका थिए । अधिवेशनको बन्द सत्रले शनिबार राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदन छलफलसहित पारित गरेर निर्वाचित प्रक्रिया सुरु गरेको थियो । अध्यक्षमा निर्वाचित मैनाली यस अघिको जिल्ला कमिटिमा उपाध्यक्ष थिए । सर्वोच्च अदालतले नेक...
नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन बन्दसत्र सुरु

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन बन्दसत्र सुरु

मुख्य समाचार, राजनिती, समाचार
१२ पुष,काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ। कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा बन्दसत्र सुरु भएको हो। बन्दसत्र संचालनका लागि माओवादीले अध्यक्ष मण्डल गठन गरेको छ। अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पुर्णाकुमारी सुवेदी र रुपा श्रेष्ठ समावेश छन्। नारायणकाजी श्रेष्ठको प्रस्तावमा ७ जना सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको हो। बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ। बन्द सत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ। यस्तै, विधानलगायतका अन्य प्रतिवेदन समेत बन्दसत्रमा पेश हुनेछ। विचारको महाविधेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दसत्रमा कूल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन्।...
माओवादी र मसाल (सम्पर्क केन्द्र)बीच एकता

माओवादी र मसाल (सम्पर्क केन्द्र)बीच एकता

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ९ नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र)बीच एकता भएको छ । त्रिपुरेश्वरमा आयोजित कार्यक्रममा एकता घोषणा गरिएको हो । कार्यक्रममा मसाल केन्द्रीय सम्पर्क समितिका लोकेन्द्र लम्सालले एकता आजको आवश्यकता भएको बताए । अब वैज्ञानिक समाजवाद कार्यनीतिक नाराको रुपमा अघि बढाउनुपर्ने उनले बताए । माओवादीको नेतृत्व र लाइनहरु ठिक छ भन्दै समाहित भएको उनले बताए । ...
यस्तो छ देउवा नेतृत्वको निर्वाचित काँग्रेस केन्द्रीय कार्यसमिति

यस्तो छ देउवा नेतृत्वको निर्वाचित काँग्रेस केन्द्रीय कार्यसमिति

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ९ नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको छ । सभापतिमा पुन शेरबहादुर देउवा नै निर्वाचित भएका छन् । प्रधानमन्त्री समेत रहेका देउवाले नेतृत्व गरेको केन्द्रीय कार्य समिति यस्तो रहेको छ । १४ औं महाधिवेशन बाट निर्वाचित नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको नामावली: पदाधिकारी (१३ जना) सभापति – शेरबहादुर देउवा उपसभापति – पूर्णबहादुर खड्का र धनराज गुरुङ महामन्त्री– गगन थापा र विश्वप्रकाश शर्मा सहमहामन्त्री– महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, बद्रा पाण्डे, फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, किशोरसिंह राठोर, महेन्द्र यादव, उमाकान्त चौधरी । केन्द्रीय सदस्यहरू :- खुलातर्फ (३५ जना) – शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाँण, उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, जितजङ्ग बस्नेत, ग...
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कान्छो केन्द्रिय सदस्यमा रानाको उम्मेदवारी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कान्छो केन्द्रिय सदस्यमा रानाको उम्मेदवारी

राजनिती, समाचार
मंसिर २३, काठमाडौं नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मनोज रानाले केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।उनि संघीयता महाधिवेशन प्रतिनिधि तथा तार्केश्वर नगरपालिका वडा न. ४ को निवर्तमान इकाई सभापति समेत हुन। नयाँ पुस्तालाई नेपाली कांग्रेस प्रति जिम्मेवारी र आकर्षित गर्नका लागि सबै भन्दा कान्छो केन्द्रिय सदस्यको रुपमा उम्मेदवारी दिएको उनले बताएका छन्। पार्टीलाई उच्च स्थानमा पुर्याउनका लागि आवश्यक रहेको र सबल, सुदृढ र नविन कांग्रेस रुपान्तरणका मुल प्रवाहमा युवाको सहभागिताले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने उनले बताएका छ्न्। पूरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जाको उचित समन्वय गर्ने प्रतिबद्धताका साथ आगामी निर्वाचनमा स्थानीय तह, प्रदेश र केन्द्रमा समेत प्रष्ट बहुमतको सरकारका लागि अहिले देखिनै सक्रिय हुन आवश्यक रहेको उनले बताएका छन् ।...