काठमाण्डौँ, फागुन ४
आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले थारु आयोगको तेस्रो प्रतिवेदन पेश गरेका छन् भने तीन शोक प्रस्ताव पारित भएका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेले नाराबाजी गरिरहेकै बेला सभामुखले यी प्रस्ताव अगाडी बढाएका थिए ।
अब अर्को बैठक फागुन ६ गते शुक्रबार दिनको १ बजे बस्ने भएको छ ।