Thursday, April 23
Shadow

राजनिती

नेकपा एसका मन्त्रीहरू हेरफेर, यस्तो छ नयाँ मन्त्रिपरिषद्

नेकपा एसका मन्त्रीहरू हेरफेर, यस्तो छ नयाँ मन्त्रिपरिषद्

ब्यानर समाचार, राजनिती
काठमाडौं- नेकपा एकीकृत समाजवादीको सिफारिस बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरू हेरफेर गरेका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार चार जना मन्त्री र एक राज्यमन्त्री परिवर्तन भएका छन् । थपिएका नेकपा एसका सबै मन्त्रीहरुको वरियता सबैभन्दा तल छ । जीवनराम श्रेष्ठ पर्यटन, मेटमणी चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरवहादुर कुँवर श्रममन्त्री नियुक्त भएका छन् । त्यस्तै हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । ...
मन्त्रीबाट बिदाइ हुँदै गर्दा रोइन् रामकुमारी झाँक्री

मन्त्रीबाट बिदाइ हुँदै गर्दा रोइन् रामकुमारी झाँक्री

ब्यानर समाचार, राजनिती
काठमाडौं- शहरी विकासमन्त्री रामकुमारी झाँक्री बिदाइका बेला रोएकी छन् । मन्त्रालयमा पत्रकार सम्मेलन भइरहँदा उनी रोएकी हुन् । उनले मन्त्री पदबाट राजीनामा दिएकी छन् । उनी मन्त्री बनेको ८ महिना २० दिनपछि बिदाइ भएकी हुन् ।झाँक्रीले आफ्नो कार्यकालमा भएका प्रगति विवरण पनि सार्वजनिक गरेकी थिइन् । प्रगति विवरण सार्वजनिक हुँदै गर्दा उनी रोएकी थिइन् । ...
महानगरभित्र रहेका पुराना हिटी र पोखरीको पुननिर्माण गर्ने : मेयर  शाह

महानगरभित्र रहेका पुराना हिटी र पोखरीको पुननिर्माण गर्ने : मेयर शाह

मुख्य समाचार, राजनिती, समाचार, समाज
ललितपुर, असार,५ | काठमाडौं महानगरपालिकाले महानगरभित्रका रहेका सरकारी,सार्वजनिक,निजी संस्थाका परिसरमा रहेको खाली जग्गामा पानी पुनर्भरणका लागि पोखरीको निर्माण गर्ने भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोरिङ गरिँदै आएका स्थानमा रिभर्स बोरिङ गर्ने व्यवस्था मिलाउने बताउनुभयो । ...
मन्त्रिपरिषदबाट बजेट पारित

मन्त्रिपरिषदबाट बजेट पारित

आर्थिक, ब्यानर समाचार, राजनिती
काठमाण्डाै – आउँदो आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्ले पारित गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको हो । त्यसअघि राष्ट्रिय योजना आयोगबाट पनि बजेट पास भइसकेको छ । आउँदो वर्षको बजेट अहिले ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा पेस हुँदैछ । अर्थमन्त्री जनार्दन शर्माले बजेट पेस गर्नुहुनेछ ।...
काठमाडौं-१६ मा कांग्रेसका उम्मेदवार रिजाल विजयी

काठमाडौं-१६ मा कांग्रेसका उम्मेदवार रिजाल विजयी

मुख्य समाचार, राजनिती, स्थानिय तह
काठमाडौं- काठमाडौं महानगरको वडा नम्बर १६ मा कांग्रेस उम्मेदवार मुकुन्द रिजाल निर्वाचित भएका छन् । दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका रिजालले ४ हजार ५ मत ल्याएका छन् । पराजित एमाले उम्मेदवार लक्ष्मीरत्न तुलाधारले ३ हजार २३९ मत ल्याएका छन् । धेरै मतदाता रहेका वडा मध्येमा यो वडा पनि पर्दछ । वडा १६ मा कुल १२ हजार ३३६ मत खसेको थियो । रिजालको जीतसँगै काठमाडौंमा कांग्रेसले १८ वटा वडा जितेको छ । अघिल्लो निर्वाचनमा कांग्रेसले १४ वडामा जितेको थियो ।...
नुवाकोटको ककनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रका विजयी

नुवाकोटको ककनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रका विजयी

ब्यानर समाचार, राजनिती, स्थानिय तह
नुवाकोटको ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा सजन तामाङ  उपाध्यक्षमा मिठुमाया तामाङ विजयी भइन्  । सुमनले ४ हजार ९ सय ९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नवराज घिमिरेले ४ हजार ९८ मत ल्याए । यस्तै उपाध्यक्षमा मिठुमाया तामाङले ४ हजार १७४ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका प्रमिसा तामाङ  ३ हजार ८३० मत पाइन् । ८ वटा वडा रहेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित ३ वडाध्यक्ष माओवादीले, ३ वडाध्यक्ष कांग्रेस र २ वडाध्यक्ष नेकपा एमाले ले जितेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा ककनी गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडा जितेको थियो । ...
ककनी गाउँपालिका वडा नं ३ मा माओवादी केन्द्रका प्यानल नै विजयी

ककनी गाउँपालिका वडा नं ३ मा माओवादी केन्द्रका प्यानल नै विजयी

ब्यानर समाचार, राजनिती, स्थानिय तह
नुवाकोट ककनी गाउँपालिका वडा नं ३ मा १०८४ मत प्राप्त गरेर माओवादी केन्द्रका घननाथ बजगाईं वडा अध्यक्षमा निर्वाचन भएका छन्। वडामा माओवादी केन्द्रका सम्पूर्ण प्यानल नै विजयी भएका छन्। हाल सम्म ककनी गाउँपालिका भित्र वडा नं १ र ३ मा माओवादी केन्द्रले जीत हासिल गरेको छ भने वडा नं २ मा नेपाली कांग्रेसले खाता खोलेको छ। हाल ककनी गाउँपालिमा वडा नं ४ को मतगणना कार्य जारी छ। गाउँपालिका प्रमुख  र उप- प्रमुखमा पनि माओवादी केन्द्रको अग्रता कायमै छ।...
ककनी गाउँपालिका १ मा माओवादी केन्द्रका पदम बलामी निर्वाचित

ककनी गाउँपालिका १ मा माओवादी केन्द्रका पदम बलामी निर्वाचित

मुख्य समाचार, राजनिती, स्थानिय तह
नुवाकोट ककनी गाउँपालिका १ बाट माओवादी केन्द्रले विजय सुरुवात गरेको छ। माओवादी केन्द्र बाट पदम बलामी वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् । वडा नं १ मा माओवादी केन्द्रका सम्पुर्ण टिम नै विजयी भएका छन्।हाल ककनी गाउपालिका वडा नं २ को मतगणना कार्य जारी छ । वडा नं २ मा नेपाली कांग्रेसको अग्रता कायमै छ।  
चन्द्रागिरिको मेयरमा राप्रपाबाट अजय श्रेष्ठ चयन

चन्द्रागिरिको मेयरमा राप्रपाबाट अजय श्रेष्ठ चयन

राजनिती, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, वैशाख ३ आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा चन्द्रागिरि नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अजय श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । आज भएको पार्टी बैठकले उक्त निर्णय गरेको हो । निर्वाचन समय नजिकिए सगै पार्टीगत रुपमा आ आफ्नो उम्मेदवार घोषणा गर्ने थालेका छन् । वडा नं ९ का श्रेष्ठ हाल काठमाण्डौँ क्षेत्र नं १० को प्रदेश (ख) का अध्यक्ष हुन् । पार्टीको हरेक गतिविधिमा सक्रिय रहदै आएका छन् । पार्टीगत संगै सामाजिक र व्यवसायिक क्षेत्रमा पनि उनी सक्रिय रहदै आएका छन् । युवा जोस जागर र समुन्नत चन्द्रागिरिको योजना बोकेका श्रेष्ठ युवा माझ लोकप्रिय रहेका छन् । पार्टीमा निरन्तर सक्रिय रहदैँ सामाजिक गतिविधिहरुमा पनि उत्तिकै सक्रिय रहदै आएका छन् । ...
राजालाई देशको अभिभावक बनाउछौँ : अध्यक्ष लिङ्देन

राजालाई देशको अभिभावक बनाउछौँ : अध्यक्ष लिङ्देन

मुख्य समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन ५ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा अब एक मात्र विकल्प राजालाई अभिभावक बनाएर देश चलाउने बताएका छन् । काठमाण्डौँ महानगरपालिका वडा नं १४ मा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । देशले दुई वटा राष्ट्रपति पाईसक्यो तर मुलुकको हितमा कुनै पनि काम नगरी आर्थिक भार बढाउने काम मात्र गरेको अध्यक्ष लिङ्देनले बताए । विदेशी संग धेरै झुके राष्ट्रपतिहरु तर राजा थिए भने त्यो अवस्था आउदैन थियो । त्यसैले देशको स्वाधिनताको रक्षाको लागि भए पनि अब राष्ट्रपतिको ठाउँमा राजालाई अभिभावकको भूमिकामा ल्याउने काम राप्रपाले गर्ने उनले बताए । पार्टी प्रवेश गरेकाहरुलाई धन्यवाद व्यक्त गर्दै उनले पार्टी प्रतिको उत्साह बढ्दै गएको र त्यसलाई आफूले कायम राख्ने प्रतिबद्धता व्यक्त गरे । आयोजित कार्यक्रममा ४३ जनाले पार्टी प्रवेश ग...