Saturday, May 2
Shadow

मौसम

पश्चिमी वायुको प्रभाव कायमै, बुधबार रातिसम्म हिमपात र वर्षाको पूर्वानुमान

पश्चिमी वायुको प्रभाव कायमै, बुधबार रातिसम्म हिमपात र वर्षाको पूर्वानुमान

ब्यानर समाचार, मौसम
  काठमाडौँ, पुस २१ । पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसम आज पनि बदली भएको छ । हिमाली तथा उच्च पहाडी भेगमा हिमपातको क्रम आज पनि रोकिएको छैन ।हुम्ला लगायत कर्णाली प्रदेशको उच्च हिमाली जिल्लाहरुमा आइतबारदेखि नै हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेको छ । तापक्रम माइनसमा झरेसँगै जनजीवन कष्टकर बनेको स्थानीयले जनाएका छन् । हिमपातले उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने नारा लेख, लिमि जाने न्यालु लेख हिउँले ढाकिएको छ । पश्चिमी वायुकै प्रभावले काठमाडौं उपत्यकामा आज पनि बाक्लो हुस्सु लागिरहेको छ । काठमाडौं उपत्यकामा सोमबार पनि हुस्सु लागेको थियो भने बिहान सामान्य वर्षा भएको थियो । महाशाखाका अनुसार बुधबारसम्म काठमाडौं उपत्यकामा घाम लाग्ने सम्भावना कम छ । बादलले ढाकेका कारण उपत्यकाको न्युनतम तापक्रममा भने गिरावट आएको छैन ।मंगलबार बिहानको मापन अनुसार काठमाडौँ उपत्यकाको न...
यी भू-भागमा हिमपात र वर्षाको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान

यी भू-भागमा हिमपात र वर्षाको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान

ब्यानर समाचार, मौसम, समाचार, समाज
  काठमाडौं पुस २० । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानको मौसम बदली भएको छ । हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ भने पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो छ तीन दिनको पूर्वानुमान पुस २० गते (सोमबार) दिउँसो : देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भूभागका केही स्थान तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भूभागका केही स्थान तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भू-...
आजको मौसमः यी भू-भागमा वर्षा र हिमपात, कुन ठाउँमा कस्तो ?

आजको मौसमः यी भू-भागमा वर्षा र हिमपात, कुन ठाउँमा कस्तो ?

ब्यानर समाचार, मौसम, समाज
काठमाडौं , पुस १८ । अहिले देशको पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केहि स्थानमा हुसुरकुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकोले मौसम बदली भएको हो । यस्तो छ तीन दिनको पूर्वानुमान पौष १८ गते (शनिबार) दिउँसो : लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।सुदुर पश्चिम प्रदेश तथा कर्णालीका उच्च हिमाली भू-भागमा हल्का हिमपात तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको छ । राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ।सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भू भागमा हल्का हिमपातको सम्भावना रहेको छ साथै सुदुर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का बर्षाको समेत ...
हेर्नुस् तीन दिनको मौसम पूर्वानुमान, कुन ठाउँको कस्तो ?

हेर्नुस् तीन दिनको मौसम पूर्वानुमान, कुन ठाउँको कस्तो ?

ब्यानर समाचार, मौसम, समाज
  काठमाडौं , पुस १६ । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा सामान्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमानका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकोले बदली भएको हो । यस्तो छ तीन दिनको पूर्वानुमान पौष १६ गते (बिहीबार) दिउँसो : प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती : प्रदेश १ मा आंशिक बदली, सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पौष १७ गते (शुक्रबार) दिउँसो : प्रदेश १ र सुदुरपश्चिम प्रदेश का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती : प्रदेश १ , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भाग साथै सुदुरपश्चिम प्रदेशमा आंशिक देखि स...
देशभरको मौसम कस्तो ?  काठमाडौंको तापक्रम २ डिग्री

देशभरको मौसम कस्तो ? काठमाडौंको तापक्रम २ डिग्री

ब्यानर समाचार, मौसम
काठमाडौं , पुस १५ । पश्चिमी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । यस्तै प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भेगमा आशिंक बदली हुने र बाँकी ठाउँको मौसम सफा रहने बताइएको छ । मौसम बदली भए पनि तत्काल पानी पर्ने र उच्च हिमपात हुने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ । यसैबीच बुधबार बिहान काठमाडौंको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ । मंगलबार यो वर्षकै कम १ दशमलव १ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार काठमाडौंको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।  ...
काठमाडौंमा यो वर्षकै चिसो, तापक्रम १. १ डिग्रीमा झर्‍यो

काठमाडौंमा यो वर्षकै चिसो, तापक्रम १. १ डिग्रीमा झर्‍यो

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , पुस १४ । काठमाडौंमा यो वर्षकै धेरै चिसो महशुस गरिएको छ । आज काठमाडौंको बिहानको तापक्रम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ । यो तापक्रम यस वर्षकै कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि शनिबार बिहान १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको हो । सोमबार बिहान २ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो । काठमाडौंको मंगलबार दिउँसोको तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । यसैबीच जुम्लामा सोमबार बिहानको तापक्रम माइनस ८ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।  ...
कुन ठाउँको मौसम कस्तो ?  यस्तो छ तीन दिनको पूर्वानुमान

कुन ठाउँको मौसम कस्तो ? यस्तो छ तीन दिनको पूर्वानुमान

ब्यानर समाचार, मुख्य समाचार, मौसम
काठमाडौं , पुस १४ । अहिले देशको पहाडी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ र तराई भू‍-भागमा हुसु्कु हिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकोले मौसम बदली भएको हो । यस्तो छ तीन दिनको पूर्वानुमान पौष १४ गते (मंगलबार) दिउँसो : प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पौष १५ गते (बुधबार) दिउँसो : सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पौष १६ गते (बिहीबार) दिउँसो : सुदुरपश्चिम, कर्...
कुन ठाउँको मौसम कस्तो ?  यस्तो छ तीन दिनको पूर्वानुमान

कुन ठाउँको मौसम कस्तो ? यस्तो छ तीन दिनको पूर्वानुमान

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम
    काठमाडौं , पुस १३ । अहिले बागमती र गण्डकी प्रदेशको हिमाली भू(भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले बदली भएको हो । यस्तो छ तीन दिनको पूर्वानुमान पौष १३ गते (सोमबार) दिउँसो : प्रदेश नं १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती : प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पौष १४ गते (मंगलबार) दिउँसो : प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : कर्णाली प्रदेश र सुदुरपश्चिम...
काठमाडौंमा शनिबारको तापक्रम यो वर्षकै कम,   १.३ डिग्रीमा झर्‍यो

काठमाडौंमा शनिबारको तापक्रम यो वर्षकै कम, १.३ डिग्रीमा झर्‍यो

मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , पुस ११ । काठमाडौं उपत्यकाको तापक्रम आज यो वर्ष जाडो सुरु भएपछिकै निकै कम भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ३ डिग्री मापन गरिएको छ । यसअघि पुस ३ गते काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो । हिजो काठमाडौंको तापक्रम २ दशमलव ५ डिग्री थियो । मौसमविद् सजिना शाक्यका अनुसार राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको हो । दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुँदै बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् शाक्यले जानकारी दिइन् । यस्तै राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेर बाँकी भू(भागमा मौसम आंशिक बदली रहनेछ । ​...
मुलुकभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा आज पनि हुस्सु

मुलुकभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा आज पनि हुस्सु

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, पुस ११ । मुलुकभर आज पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।पश्चिमी वायुको प्रभावले आज पनि तराईमा हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईमा तापक्रम घट्ने र हुस्सु लाग्ने क्रम जारी छ । तराईमा हुस्सु र कुहिरोको प्रभाव बाहेक अन्यत्रको मौसममा उल्लेख्य बदली नरहेको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । आजै राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ । चिसो रहिरहने भएकाले तराई र पहाडी भू(भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।...