तराईमा बाक्लो हुस्सु, तीन प्रदेशमा वर्षाको पूर्वानुमान
काठमाडौँ, माघ ३ । बंगाल र आसपासमा बनेको न्युन चापीय क्षेत्रको प्रभावले आज पनि मौसममा बदली भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ ।
हाल प्रदेश १ का पहाडी भू(भागमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो प्रदेश नं १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै आजै राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू(भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्रकुहिरोसमेत लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
माघ ३ गते (शनिबार)
दिउँसो : प्रदेश नं १ मा आंशिकदेखि ...

