Friday, May 3
Shadow

मौसम

आजको मौसम पूर्वानुमान, एक दुई स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान, एक दुई स्थानमा हल्का वर्षाको सम्भावना

ब्यानर समाचार 2, मौसम, समाचार, समाज
काठमाडौं , माघ १ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । महाशाखाले हाल देशको पहाडी भूभागमा आंशिक बदली भइरहेको र तराई भूभागमा हल्का हुसु र कुहिरो लागेको जानकारी दिएको छ । यसैगरी आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका भूभागमा आंशिक बदली रहेर देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । भने, प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, राति प्रदेश नं १, कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रहि देशका अन्य भूभागमा आंशिक बदली हुने देखिन्छ। यता, प्रदेश नं १ का एक दुई स्थानमा भने हल्का वर्षाको...
आजको मौसम :  कतै वर्षा, कतै हुस्सु, कुन ठाउँमा कस्तो ?

आजको मौसम : कतै वर्षा, कतै हुस्सु, कुन ठाउँमा कस्तो ?

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम
काठमाडौं , पुस २९ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराई भू–भागमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। आज राति राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बदली रहनुका साथै देशका अन्य भू–भागहरुमा मौसम सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।...
हिउँदमा पनि तातो महसुस:  यसकारण पुषमा नै गर्मी !

हिउँदमा पनि तातो महसुस: यसकारण पुषमा नै गर्मी !

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम
काठमाडौं, पुस २८ । नेपालमा यस वर्ष हिउँदमा तातो महसुस हुनुमा दक्षिणी वायुको प्रभाव बलियो रहनु नै मुख्य कारक मानिएको छ । जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक तथा वरिष्ठ मौसम वैज्ञानिक डा। मदनलाल श्रेष्ठले मौसमी प्रवृत्तिअनुसार यतिबेला पश्चिमी वायुको प्रभाव नेपालमा बढ्नुपर्ने हो तर त्यसको विपरीत दक्षिणी वायु नै नेपालको पश्चिमी बाटो हुँदै भित्रिइरहेको छ । ‘त्यसको असर तल्लो र माथिल्लो वायुमण्डलमा अधिक परेकै कारण यस वर्षको हिउँदमा न्यानो महसुस गरिएको हो’, उनले भने । उनले भने जस्तै अघिल्ला वर्षका पुस महिनामा चिसो सिरेटोले हान्थ्यो तर अहिले माघ लाग्ने बेला हुँदा समेत रातको समयमा बाहेक अधिकांश क्षेत्रमा न्यानो महसुस गरिएको छ । काठमाडौं लगायतका जिल्लामा घाम लागेर दिउँसो गर्मी हुन थालेको छ । हिमपात र वर्षा निकै कम भइरहेको छ । विगत साढे तीन महिनादेखि नेपालमा राम्ररी पानी परेको छैन ।...
तीन दिनसम्म वर्षाको पूर्वानुमानः पहाडी भेगमा आंशिक बदली

तीन दिनसम्म वर्षाको पूर्वानुमानः पहाडी भेगमा आंशिक बदली

ब्यानर समाचार, मौसम
काठमाडौँ, पुस २८ । आज दिउँसोबाट तीन दिनसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव हटेसँगै मुलुकभर मौसममा उल्लेख्य बदलको अवस्था नरहे पनि आज दिउँसोदेखि बिहीबारसम्म मुलुकका विभिन्न प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान वुलेटिनअनुसार आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । योक्रम बिहीबारसम्म नै कायम रहने महाशाखाले जनाएको छ । वर्षासँगै देशका विभिन्न भू(भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने तथा तराईका जिल्लाहरूमा हुस्सु लागिरहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यस्तो छ तीन दिनको मौसम पूर्वानुमान पौष २८ गते (मंगलबार) दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा...
आजको मौसमः पश्चिमी भेगमा वर्षा र हिमपातको सम्भावन

आजको मौसमः पश्चिमी भेगमा वर्षा र हिमपातको सम्भावन

मुख्य समाचार, मौसम
काठमाडौं , पुस २५ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुनमा महाशाखाका अनुसार शनिबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली भएको छ। यस्तै, महाशाखाका अनुसार तराईका सवैजसो भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। दिउँसोसम्मै आकाश धुम्म हुने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। अर्यालका अनुसार आज काठमाडौं उपत्यकाको मौसम सफा रहनेछ। उपत्यकाको आकाश बिहानैदेखि खुलेको छ। शनिबार बिहान उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २२ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।...
पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला त तीन दिनको मौसम ?

पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला त तीन दिनको मौसम ?

ब्यानर समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, पुस २४ । पश्चिमी वायुको प्रभाव कम हुँदै जाँदा मुलुकभर मौसम क्रमिकरूपमा खुल्दै गएको छ । अझै पनि देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहँदा प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि तराईका भू(भागमा हुस्सु लागिरहेको र दिउँसो क्रमिकरूपमा खुल्दै जाने महाशाखाले जनाएको छ । यस्तो छ तीन दिनको मौसम पूर्वानुमान पौष २४ गते (शुक्रबार) दिउँसो : प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । राति :  प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम आंशिक बदली रहनेछ । पौष २५ गते (शनिबार) दिउँसो : प्रदेश १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक  देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम साम...
कस्तो रहला तीन दिनको मौसम ? यस्तो छ पूर्वानुमान

कस्तो रहला तीन दिनको मौसम ? यस्तो छ पूर्वानुमान

मुख्य समाचार, मौसम, समाचार, समाज
  काठमाडौँ, पुस २३ । पश्चिमी वायुको प्रभाव कम हुँदै जाँदा मुलुकभर मौसम क्रमिकरूपमा खुल्दै गएको छ । बुधबार दिउँसोबाट मौसम खुल्दै जाँदा तापक्रम बढेको छ । घाम लागेपछि प्रदुषित वायुले लागेको तुवालो काठमाडौँ उपत्यकाबाट बाहिरिएको छ । अझै पनि देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहँदा पहाडी भू(भागमा आंशिक बदलीको अवस्था रहेको तथा बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो छ तीन दिनको मौसम पूर्वानुमान पौष २३ गते (बिहीबार) दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश र प्रेदश नं १ को  उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति : प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान...
आजदेखि मौसममा सुधार , प्रदुषण घट्दै, जोखिम भने कायमै

आजदेखि मौसममा सुधार , प्रदुषण घट्दै, जोखिम भने कायमै

ब्यानर समाचार, मौसम, समाचार, समाज
  काठमाण्डौ , पुस २२ । आजदेखि मौसममा सुधार भएको छ । आइतबार बेलुकीदेखि बदली भएको मौसम आजदेखि सुधार भएको हो । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका केही ठाउँबाहेक देशका सबै ठाउँमा आज घाम लाग्ने र मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौको आकाश अहिले धुम्म भए पनि दिउँसोपछि घाम लाग्ने मौसमविदले बताएका छन् । महाशाखाका मौसमविद बरुण पौडेलका अनुसार बाँकी ठाउँमा पनि बेलुकीदेखि आकाश खुल्नेछ । आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदुषण घट्दै, तर जोखिम कायमै बादल हटेर आकाश केही खुलेसँगै काठमाण्डौमा प्रदुषण घट्न थालेको छ । हिजो र अस्तिको तुलनामा प्रदुषण कम भएको हो । घाम लाग्न र हावा चल्न थालेपछि प्रदुषण घट्दै जाने ...
पश्चिमी वायुको प्रभाव कायमै, बुधबार रातिसम्म हिमपात र वर्षाको पूर्वानुमान

पश्चिमी वायुको प्रभाव कायमै, बुधबार रातिसम्म हिमपात र वर्षाको पूर्वानुमान

ब्यानर समाचार, मौसम
  काठमाडौँ, पुस २१ । पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसम आज पनि बदली भएको छ । हिमाली तथा उच्च पहाडी भेगमा हिमपातको क्रम आज पनि रोकिएको छैन ।हुम्ला लगायत कर्णाली प्रदेशको उच्च हिमाली जिल्लाहरुमा आइतबारदेखि नै हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेको छ । तापक्रम माइनसमा झरेसँगै जनजीवन कष्टकर बनेको स्थानीयले जनाएका छन् । हिमपातले उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने नारा लेख, लिमि जाने न्यालु लेख हिउँले ढाकिएको छ । पश्चिमी वायुकै प्रभावले काठमाडौं उपत्यकामा आज पनि बाक्लो हुस्सु लागिरहेको छ । काठमाडौं उपत्यकामा सोमबार पनि हुस्सु लागेको थियो भने बिहान सामान्य वर्षा भएको थियो । महाशाखाका अनुसार बुधबारसम्म काठमाडौं उपत्यकामा घाम लाग्ने सम्भावना कम छ । बादलले ढाकेका कारण उपत्यकाको न्युनतम तापक्रममा भने गिरावट आएको छैन ।मंगलबार बिहानको मापन अनुसार काठमाडौँ उपत्यकाको न...
यी भू-भागमा हिमपात र वर्षाको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान

यी भू-भागमा हिमपात र वर्षाको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान

ब्यानर समाचार, मौसम, समाचार, समाज
  काठमाडौं पुस २० । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानको मौसम बदली भएको छ । हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ भने पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो छ तीन दिनको पूर्वानुमान पुस २० गते (सोमबार) दिउँसो : देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भूभागका केही स्थान तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भूभागका केही स्थान तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भू-...