देशभरको मौसममा बदली : वर्षा, हिमपातको सम्भावना
काठमाडौँ , माघ २१ । आज देशभरको मौसममा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कतै वर्षा र कतै हिमपातको सम्भावना छ ।
विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ।
हाल देशका पहाडी भूभागमा आशिंक बदली रहेको छ भने बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ।तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ २१ गते (बुधबार)
दिउँसो : देशको सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भूभागमा आंशिक बदली साथै अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भुभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागहरुमा मौसम सामान्यत...


