Friday, May 3
Shadow

मौसम

आजको मौसमः देशका केही भु-भागमा वर्षा तथा हिमपातको सम्भावना

आजको मौसमः देशका केही भु-भागमा वर्षा तथा हिमपातको सम्भावना

मुख्य समाचार, मौसम
काठमाडौं , फागुन १ । देशभर आंशिकदेखि सामान्य बदली रही केही देशका केही भु – भागमा वर्षा तथा हिमपातको सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायुको प्रभावका कारण हल्का वर्षा र हिमपातको सम्भावना रहेको प्रदेश १ का केही स्थानमा वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । महाशाखाअनुसार बाँकी भू–भागमा मौसम सफा रहेको छ । काठमाडौंमा भने शनिवार सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २१ देखि २३ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ६ बजेर ४३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५४ मिनेटमा हुनेछ ।...
अबका तीन दिन मौसम बदली : तराईका धेरै स्थानमा हुस्सु

अबका तीन दिन मौसम बदली : तराईका धेरै स्थानमा हुस्सु

मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं, माघ २९ । पश्चिमी वायुको प्रभावका कारण नेपालमा अबका तीन दिन मौसम बदली हुने मौसमविदले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण मौसममा बदली आए कमजोर मौसमी प्रणालीका कारण पानी भने नपर्ने मौसमविद प्रतिभा मानन्धरले बताएकी छिन् । आज काठमाडौंको दिउँसोको तापक्रम २०–२२ डिग्री सेल्सियस पुग्ने जनाइएको छ । दिउँसो मौसम सफा रहे पनि अपराह्न्न पछि बादल लाग्ने छ । काठमाडौंमा आजको न्यूनतम तापक्रम ६।५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजे काठमाडौंको तापक्रम ६.५ डिग्री सेल्यिस मापन गरिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागे पनि अधिकांश क्षेत्रमा अपराह्न्नपछि हटेर जाने उनको भनाइ छ । अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ भने तराई तथा पहाडका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो वाग्मती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश–१ मा आं...
फेरि पश्चिमी वायुको प्रभाव सुरू , शुक्रबारसम्म वर्षा र हिमपातको सम्भावना

फेरि पश्चिमी वायुको प्रभाव सुरू , शुक्रबारसम्म वर्षा र हिमपातको सम्भावना

ब्यानर समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, माघ २८ । मुलुकमा फेरि पश्चिमी वायुको प्रभाव सुरू भएको छ ।पश्चिमी वायुकै प्रभावले शुक्रबारसम्म वर्षा र हिमपातको पूर्वानुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं १ र बागमती प्रदेशमा आंशिकदेखि समान्य बदलीको अवस्था रहेको छ । मौसममा भएको बदलावसँगै दिउँसो र राति मुलुकका अधिकांश पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको जनाइएको छ । आकाश राम्रो नखुल्दा काठमाडौँ उपत्यकामा धुम्म देखिएको छ । तराईका अधिकांश क्षेत्रमा हुस्सु लागेको छ । आज बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम ६।५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाका मौसमविद् निराजन सापकोटाले जानकार...
आजदेखि हिमपातको सम्भावना, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

आजदेखि हिमपातको सम्भावना, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

ब्यानर समाचार, मौसम, समाचार, समाज
काठमाडौं, माघ २७ । नेपालको मौसम प्रणालीमा फेरि बदली आएको छ । जसका कारण आज ९मंगलबार० सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली रहेको र देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कतै वर्षा तथा हिमपातको सम्भावना नदेखिए पनि राति भने पश्चिमी उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । यस्तो हुनेछ तीन दिनको मौसम माघ २७ गते मंगलबार दिउँसो – सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । राति – सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ । माघ २८ ग...
देशैभरी बदली, कस्तो रहला आजको मौसम ?

देशैभरी बदली, कस्तो रहला आजको मौसम ?

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम
काठमाडौं , माघ २६। आज देशैभरी मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण देशैभरी बदली भएपछि अब वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । काठमाडौंमा पनि आज मौसम सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २ दशमलव ७ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीच रहने छ । आज बिहान सूर्योदय ६ बजेर ४६ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५० मिनेटमा हुनेछ ।...
आज पनि वर्षा र हिमपातको सम्भावना, कुन ठाउँमा कस्तो ?

आज पनि वर्षा र हिमपातको सम्भावना, कुन ठाउँमा कस्तो ?

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, माघ २४ । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज पनि मुलुकका विभिन्न भागमा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको पूर्वानुमानमा प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा पनि हल्कादेखि मध्यमसम्म हिमपातको पूर्वनुमान गरिएको महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा ११ बजेपछि बदली हुने र २/र३ बजेपछि वर्षा हुन सक्ने मौसमविद् निराजन सापकोटाले बताएका छन् । आज बिहानको मापनअनुसार काठमाडौँको तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो १८/२० डिग्री सेल्सियससम्म पुग्न सक्ने महाशाखाले जनाएको छ । पश्चिमी वायु सक्रिय हुँदा शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भेगमा हिमपातसँगै वर्षा भएको थिय...
शनिबारसम्म वर्षा र हिमपातको सम्भावना , यस्तो छ तीन दिनको पूर्वानुमान

शनिबारसम्म वर्षा र हिमपातको सम्भावना , यस्तो छ तीन दिनको पूर्वानुमान

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, माघ २३ । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज र भोलि मुलुकका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको पूर्वानुमानमा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश-१ र बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ । यस्तै देशका उच्च पहाडी र हिमाली भू(भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ । यो क्रम शनिबारसम्म नै कायम रहने छ।   यस्तो छ तीन दिनको मौसम पूर्वानुमान माघ २३ गते (शुक्रबार) दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश-१ र बागमती प...
आजको मौसमः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

आजको मौसमः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम
काठमाडौं , माघ २२ । काठमाडौंको आजको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको मौसम मापन केन्द्रले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौंमा दिउँसो सामान्य बदली हुने जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली हुनुका साथै अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै आजराति सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपाको संभावना ...
देशभरको मौसममा बदली :  वर्षा, हिमपातको सम्भावना

देशभरको मौसममा बदली : वर्षा, हिमपातको सम्भावना

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौँ , माघ २१ । आज देशभरको मौसममा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कतै वर्षा र कतै हिमपातको सम्भावना छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भूभागमा आशिंक बदली रहेको छ भने बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ।तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको अवस्था छ । आगामी तीन दिनको मौसम पूर्वानुमान माघ २१ गते (बुधबार) दिउँसो : देशको सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भूभागमा आंशिक बदली साथै अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भुभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। राति : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागहरुमा मौसम सामान्यत...
देशभरको मौसम कस्तो रहला ? यस्तो छ आगामी तीन दिनको  पूर्वानुमान

देशभरको मौसम कस्तो रहला ? यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , माघ २०। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ । जसअनुसार नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भुभागमा आशिंक बदली रहेको छ छ भने बांकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान माघ २० गते (मंगलबार) दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १,सुदुर पश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भुभागका एक/दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ। राती : प्रदेश नं ७ र अन्य देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १,सुदुर पश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भुभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रह...