Friday, May 10
Shadow

मुख्य समाचार

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौ,मंसिर २३ विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ मंगलबार दिउँसो सार्वजनिक गरिँदैछ । नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्न लागेको हो ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो । विभागले १३ करोड रुपैयाँ खर्चेर झन्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो । विभाग स्रोतका अनुसार सगरमाथाको हालको ८ हजार ८ सय ४८ मिटर उचाइ केही बढेको छ । कति बढेको भन्ने अहिले बाहिर ल्याइएको छैन । विभागले दिउँसो १: ३० मा पत्रकार सम्मेलन गरी सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने कार्यक्रम तय गरेको विभागका सूचना अधिकारी दाम...
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

मुख्य समाचार, राजनिती
  काठमाडौ,मंसिर २३ मंगलबार बिहानै मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय अगाडि मन्त्रिपरिषद् बैठक सुरु भएको हो। प्रधानमन्त्री केपी ओलीले मंगलबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाएका छन्। उक्त बैठक अगाडि नै मन्त्रिपरिषद् बैठक बसेको हो। बैठक नियमित एजेन्डामै छलफल हुने बालुवाटार स्रोतको दाबी छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छ। समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीको आह्वानमा बैठक बोलाइएको सल्लाहकार थापाले बताए। राजतन्त्र पक्षधरको प्रदर्शनका विषयमा पनि छलफल हुने भएको छ। त्यस्तै, कोभिड १९ को महामारी र यसले पारिरहेको संकटबारे पनि छलफल हुने बताइएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रप्रति राजनीतिक दल एकताबद्ध रहेको सन्देश दिने उद्दे...
नेपालको आफ्नै स्याटेलाइट राख्न चारवर्ष अघि शुरु गरेको प्रक्रिया रद्द

नेपालको आफ्नै स्याटेलाइट राख्न चारवर्ष अघि शुरु गरेको प्रक्रिया रद्द

मुख्य समाचार, सुचना प्रविधि
काठमाडौ,मंसिर २२ अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्न ४ वर्षअघि शुरु गरेको प्रक्रिया नेपाल दूरसञ्चार प्राधिकरणले रद्द गरेको छ । स्याटेलाइट राख्नको लागि प्राधिरणले २०७३ साल असोज २० गते अन्तराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । बोलपत्र आह्वान पछि अन्तराष्ट्रिय कम्पनीहरुले आशयपत्र पनि बुझाएका थिए । तर सोमबार एक सूचना प्रकाशित गर्दैं नेपाल दूरसञ्चार प्राधिरणले २०७३ साल असोज २० गते आह्वान गरेको अन्तराष्ट्रिय बोलपत्र र खरिद प्रकिया रद्द गरेको जानकारी दिएको छ । दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले नेपाल सरकारले स्याटेलाइट नीती पनि ल्याइसकेको र  अब यसलाई फरक ढंगबाट अगाडी बढाउनको लागि पुरानो खरिद प्रक्रिया रद्द गरेको बताए । ‘४ वर्ष अघि एक किसिमले स्याटेलाइटको परिकल्पना भएको थियो । अहिले स्याटेलाइट नीती पनि आइसकेको छ, उनले भने ‘त्यसपछि स्याटेलाइट प्रविधिमा पनि धे...
पहिलो प्रकाशमा आधारित क्वान्टम कम्प्युटर बनाए चीनियाँ वैज्ञानिकले

पहिलो प्रकाशमा आधारित क्वान्टम कम्प्युटर बनाए चीनियाँ वैज्ञानिकले

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, सुचना प्रविधि
काठमाडौ,मंसिर २१ चीनीयाँ वैज्ञानिकहरुले विश्वकै पहिलो प्रकाशमा आधारित क्वान्टम कम्प्यूटर बनाएको दावी गरेका छन् । यसले पहिलेको सुपर कम्प्यूटर भन्दा छिटो गणना गर्ने गर्दछ । त्यो क्वान्टम कम्प्यूटरको नाम जीउजाङ्ग हो । जीउजाङ्ग नाम प्राचीन चिनियाँ गणितीय टेक्स्टबाट आएको हो । जिउजाङ्गले गणनाको लागि ७६ फोटोनहरु म्यानिपुलेटङ गर्ने नयाँ विधि प्रयोग गरेको छ । क्वानटम कम्प्यूटर अरु परम्परागत कम्प्यूटर भन्दा धेरै राम्रो काम गर्छ जसले विज्ञान, आर्टिफिसियल इन्टेलिजेन्स र औषधीको क्षेत्रमा एकदमै प्रगति गराउन सक्दछ । चीनले केही वर्ष देखि क्वान्टम टेक्नोलोजीमा एकदमै लगानी गरिरहेको छ । चीनले सन् २०१७ मा ह्याक प्रुफ र अल्ट्रा हाई सेक्युरिटी फिचर भएको क्वान्टम कम्युनिकेसन स्याटेलाइट सार्वजनिक गरेको थियो । चीनले बेजिङ र साङ्घाईको बिचमा  २००० किलोमिटरको ह्याक गर्न नमिल्ने क्वान्टम कम्युनिकेसन ल...
‘दि भ्वाइस अफ नेपाल सिजन ३’को डिजिटल अडिसन सुरु

‘दि भ्वाइस अफ नेपाल सिजन ३’को डिजिटल अडिसन सुरु

टिप्स, मनोरञ्जन, मुख्य समाचार, साहित्य/कला
काठमाण्डौँ, मंसिर २१ ‘दि भ्वाइस अफ नेपाल सिजन–३’ को डिजिटल अडिसन सुरु भएको छ । नेपालको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनले उत्पादन र प्रसारण गर्दै आएको छ । नेपाली टेलिभिजन रियालिटी शोका सवैजसो रेकर्ड तोड्दै ‘दि भ्वाइस अफ नेपाल–२’ले करोडौं नेपालीको मन जितेको थियो । यो शोको तेस्रो सिजनका लागि शनिवारबाट डिजिटल अडिसन सुरु गरिएको हो । १६ बर्ष उमेर पुगेका यूवायूवतीदेखि ४५ बर्षसम्मका प्रतिभाहरुले यो रियालिटी शोमा भाग लिन पाउनेछन् । डिजिटल अडिसनमार्फत् आफ्नो गीतको भिडियो रेकर्ड पठाई आवेदन दिन सकिनेछ । अडिसनमा नेपाली नागरिकमात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपाली मूलका बिदेशी वा बिदेशी नागरिक पनि सहभागी हुन सक्नेछन् । यस्ता प्रतिभाहरु अडिसन दिन वा कार्यक्रममा सहभागीता जनाउनका लागि काठमाण्डौमा भौतिकरुपमै उपस्थित भने हुनुपर्नेछ ।...
आठ महिनापछि सुरु हुँदै पर्वतीय उडान

आठ महिनापछि सुरु हुँदै पर्वतीय उडान

आर्थिक, मुख्य समाचार
काठमाडौ,मंसिर १९ बन्दाबन्दीको करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान  शुरुआत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान औपचारिकरुपमा खुलेको हो । महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडान शुरु गरेका हुन् । बुद्ध एयरले आज एक एटिआर–७२ र दुई थान एटिआर–४२ जहाजमार्फत तीन उडान ग¥यो । जम्मा १५० यात्रु पर्वतीय उडानमा सहभागी थिए...
चीन : कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जना मजदुरको ज्यान गयो

चीन : कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जना मजदुरको ज्यान गयो

अन्तर्राष्ट्रिय, दुर्घटना, मुख्य समाचार
  काठमाडौ,मंसिर १९ चीनको दक्षिण पश्चिममा रहेको एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा कम्तीमा १८ जना मजदुरको ज्यान गएको छ । खानीमा काम गर्ने पाँच जना मजदुर हराइरहेका र एक जनाको जीवितै उद्धार गरिएको खबरमा उल्लेख छ । चुङ्चिङमा रहेकाे कोइलाखानीमा कार्बन मनोक्साइड चुहिएको र घटनाको छानबिन सुरु भइसकेको छ । कामदारहरूले भूमिगत उपकरण फुकाल्न खोज्दा ग्यास चुहिएको अनुमान गरिएको छ । कोइलाखानी खानी दुई महिनादेखि बन्द थियो । गएकाे सेप्टेम्बर महिनामा चुङ्चिङमा रहेकाे अर्को खानीमा आगो लाग्दा १६ जनाको ज्यान गएको थियो । अघिल्लो वर्ष डिसेम्बरमा पनि ग्वेजो प्रान्तमा रहेको कोइलाखानीमा विस्फोट हुँदा १४ जनाको ज्यान गएको थियो ।...
आजदेखि एउटा बैंकको एटीएम अर्कोमा प्रयाेग गर्दा शुल्क लाग्ने

आजदेखि एउटा बैंकको एटीएम अर्कोमा प्रयाेग गर्दा शुल्क लाग्ने

आर्थिक, टिप्स, मुख्य समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर १९ आजदेखि एउटा बैंकले जारी गरेको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ । यसअघि नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि एटीएम शुल्क लिन पाउने व्यवस्था गरेको हो । अब बैंकहरूले साविककै व्यवस्था अनुसार अन्तर बैंक एटीएम प्रयाेगमा शुल्क लिन पाउनेछन् ।...
कसले ह्याक गर्यो मुख्यमन्त्री राउतको फेसबुक ?

कसले ह्याक गर्यो मुख्यमन्त्री राउतको फेसबुक ?

मुख्य समाचार, राजनिती, समाचार, सुचना प्रविधि, स्थानिय तह
  काठमाडौ,१९ मंसिर प्रदेश २ का मुख्यमन्त्री लालबावु राउत र उनको संचार सचिवालयको फेसबुक पेजमाथि ह्याकरले नियन्त्रण जमाइदिएको छ । शुक्रबार (आज) उनको फेसवुक पेज र सचिवालयको पेज ह्याक गरी चिनिया जस्तो देखिने एक युवतीको प्रोफाइल पिक्चर राखिएको छ भने चिनिया भाषामा नाम राखिएको छ । प्रदेश १ कै धरान लाकेसनमबाट ह्याक भएको देखिएपनि कसले र कुन प्रयोजनका लागि गर्यो भन्ने खुल्न नसकेको उनको सचिवालयले जनाएको छ । सरकारी साइटहरु ह्याक भइरहेको बेला मुख्यमन्त्रीको समेत पेज ह्याक भएपछि सरकारी साइवसर सुरक्षामा प्रश्न उठेको छ । मुख्यमन्त्री राउतले ‘सिएम लाल बाबु राउत’ नामक फेसबुक र उनको कार्यालयले ‘मुख्यमन्त्री सञ्चार सचिवालय’ पेज चलाउँदै आएको थियो । मुख्यमन्त्री सचिवालयका कर्मचारी आतेश मिश्रले बिहान ९ बजेतिर दुबै पेज एकाएकी ह्याक भएको जानकारी दिएका छन् ।...
लिखु गाउँपालिकाद्धारा विद्यालय स्वास्थ्य सामाग्री खरिदको लागि १० लाख सहयोग

लिखु गाउँपालिकाद्धारा विद्यालय स्वास्थ्य सामाग्री खरिदको लागि १० लाख सहयोग

आर्थिक, मुख्य समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, मंसिर १८ नुवाकोटको लिखु गाउपालिकाको सामुदायिक तथा संस्थागत बिद्यालयहरुको स्वास्थ्य सामाग्रीको खरिदको जिम्मा लिखु गाउपालिकाले लिएको छ । बिहिबार एक कार्यक्रमका बिच लिखु गाउपालिका भित्रका सामुदायिक तर्फ १७ ओटा र संस्थागत तर्फ ७ वटा बिद्यालयहरु लाई एकमुष्ट १० लाख रुपैया पालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले हस्तान्तरण गरेका छन् । जस्मा सामुदायिक बिद्यालयहरु लाई ६ लाख ६९ हजार ४ शय १५ र संस्थागत बिद्यालहरु लाई ३ लाख ३० हजार ५ शय ८५ रुपैया रहेको छ । रकम हस्तान्तरण गर्दै पालिकाका अध्यक्ष श्रेष्ठले गाउपालिकाको प्रमुख दायित्वनै शिक्षा र स्वास्थ्य रहेको बताए । सोही अनुरुप बिकाश निर्माणको रकम कटौती गरेर भएपनि बिद्यालयहरु लाई रकम उपलब्ध गराएको र यो रकम १ महिनाको लागी भएपनि यस कार्यक्रम लाई निरन्तरता दिने बताए । लिखु गाउपालिकाले सामुदायिक र संस्थागत बिद्यालय भनेर नछुट्टाई उक्त रकम उपलब्ध गर...