Monday, May 20
Shadow

मुख्य समाचार

थप ९३६ जनामा कोरोना संक्रमण, ९ हजार ८८१ सक्रिय संक्रमित

थप ९३६ जनामा कोरोना संक्रमण, ९ हजार ८८१ सक्रिय संक्रमित

मुख्य समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर ३० पछिल्लो २४ घण्टामा नेपालमा ९३६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मंगलबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। नेपालमा हालसम्म १८ लाख ४३ हजार ५८१ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४५७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ८८१ जना सक्रिय संक्रमित छन्। आज १ हजार ९९६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ।...
काठमाण्डौमा उँखु किसान यस वर्ष पनि आन्दोलित हुन बाध्य

काठमाण्डौमा उँखु किसान यस वर्ष पनि आन्दोलित हुन बाध्य

आर्थिक, कृर्षि, मुख्य समाचार, समाज
ललित संज्याल/काठमाण्डौँ, मंसिर ३० काठमाण्डौमा उँखु किसान यस वर्ष पनि आन्दोलित हुन बाध्य भएका छन् । काठमाण्डौमा आन्दोलित किसानले आन्दोलन लाइ पनु शुरु गरेका छन् । जब सम्म किसानहरुको माग पुरा हुदैन तब सम्म उखु मिल सन्चालमा न आउने अडान लिएका किसानहरुले २०७१ साल देखिको पैसा नपाएको गुनासो गर्दै आएका छन् । गत बर्ष मंसिरमा सरकार र उखु किसान बिच ५ बुदे सम्झौता भएको १ बर्ष पुग्नै लाग्दा पनि किसानहरुको कुनै माग कार्यान्वयन र सुनुवाई नभएको हुनाले किसानहरु पुन काठमाण्डौको माईति घर मण्डलामा आन्दोलन गर्न बाध्य भएका छन । सर्लाहि देखि आएका उखु किसानको माग पुरा गरेरै घर जाने अठोट गरेका छन । बिगत १ बर्ष देखिको रकम पाउन बाँकि रहेका किसानहरु भन्छन, मिहिनेत गरेको एक पैसा पनि न छोड्ने बताएका छन । सरकारले यसरी पैसा नदिदा घर ब्यवहार चलाउन निकै कठिन भएको छ । बाल बच्चाको पढाई खर्च टार्न धेरै मुस्कील हुदै...
चोभारमा टिपर र मोटरसाइकल ठोक्किँदा खोटाङका एकजनाको मृत्यु

चोभारमा टिपर र मोटरसाइकल ठोक्किँदा खोटाङका एकजनाको मृत्यु

दुर्घटना, मुख्य समाचार
काठमाण्डौँ, मंसिर ३० काठमाडौंको किर्तिपुर नगरपालिका-६ चोभारमा गएराति टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। बल्खुबाट चोभारतर्फ जाँदै गरेको बा. ४ ख ४५६५ नम्बरको टिपर र विपरित दिशाबाट आउँदै गरेको स. १० प ४९१३ नम्बरको मोटरसाइकल गएराति सवा ९ बजे आपसमा ठोक्किएका हुन्। घटनास्थलमै मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ च्यास्मीटार घर भएका २४ वर्षीय सरोज राई छन्। दुवै सवारीसाधनसहित टिपर चालकलाई महानगरीय प्रहरी वृत्त किर्तीपुरले नियन्त्रणमा लिइसकेको छ।...
‘राजा आऊ देश बचाउ’ भन्दै कपिलवस्तुमा प्रदर्शन

‘राजा आऊ देश बचाउ’ भन्दै कपिलवस्तुमा प्रदर्शन

मुख्य समाचार, राजनिती, स्थानिय तह
कपिलवस्तु, मंसिर, २९ देशमा अब राजतन्त्रको विकल्प छैन् भन्दै सोमवार कपिलवस्तुमा राजाबादीहरुले प्रदर्शन गरेका छन् । राष्ट्रिय झण्डासहित उपस्थित उनीहरुले कपिलवस्तुको चार नं बाट ओदारी, पचेहरा, जहदी, सहित तौलिहवाम बजारको विभिन्न ठाँउमा मोटरसाइकल र्याली गरेका हुन् । मोटरसाइकिल रैली तौलिहवाको प्रशासन चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।र्यालीमा सहभागीले राजतन्त्र जिन्दाबाद, राजा आऊ देश बचाउ, हिन्दू धर्मको रक्षा गरौं, अखण्ड नेपाल जिन्दाबाद, राजसंस्थाको विकल्प छैन जस्ता नारा सहित बाजागाजा का साथ तौलिहवा शहर परिक्रमा गरेका थिए ।कोणसभामा बिभिन्न वक्ताहरुले राजसंस्था पूर्नवहालीको माग गरेका थिए । प्रदर्शनकारीले राजतन्त्रको पक्षमा उभिन सबैलाई आवह्वान गरेका थिए । राजावादी हरुको बाक्लो उपस्थिति रहेको राजाबादी समर्थक प्रेम शंकर शुक्लले जानकारी दिए ।...
तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर २८ तेह्रथुममा शनिबार दिउँसो खेल्न निस्किएका तीनजना बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्लाको छथर गाउँपालिका–६ कोलाबुङमा बनाइएको पोखरीमा डुबेर बालिकाको मृत्यु भएको हो । ‘शनिबार दिउँसो साथीसँग खेल्न गए भनेर परिवारले लामो समयसम्म खोजी गर्नु भएनछ’, छथर गाउँपालिकाका प्रवक्ता राजन नेपालीले भने, ‘साँझसम्म नआएपछि सोधिखोजी गर्दा तीनजना बालिकाको शव पोखरीमा भेटिएको हो ।’ सुख्खा क्षेत्र भएकाले स्थानीय कृषकले सिंचाइका लागि बनाएको प्लास्टिकको पोखरीमा बालिका डुबेको उनको भनाइ छ । दुई परिवारका तीन बालिकाको मृत्यु भएको हो । कपिला लिम्बुका छोरीहरु ७ र आठ वर्षीय रञ्जना र रोजीनासँगै खेल्न गएकी देवेन्द्र लिम्बुकी ६ वर्षीया छोरी सुहानाको मृत्यु भएको हो । शनिबार दिउँसोकै घटना भए पनि स्थानीय र प्रहरीले साँझमात्र थाहा पाएका थिए । अहिले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल म्याङल...
बैंकको एटीएम बुथ तोडफोड गरिरहेको अवस्थामा खोटाङका १ जना पक्राउ

बैंकको एटीएम बुथ तोडफोड गरिरहेको अवस्थामा खोटाङका १ जना पक्राउ

अपराध, मुख्य समाचार
काठमाण्डौँ, मंसिर २७ काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम बुथ तोडफोड गरिरहेको अवस्थामा काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले उक्त एटीएम बुथ तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो । तोडफोडबाट बुथको दाँया भागको शिशा फुटेको र एक थान सिसिटिभिमा क्षति पुगेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
क्रिकेटर पारस खड्कालाई कोरोना सङ्क्रमण

क्रिकेटर पारस खड्कालाई कोरोना सङ्क्रमण

खेलकुद, मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २६ क्रिकेटर पारस खड्कालाई कोरोना सङ्क्रमण देखिएको छ। यससँगै उनले चितवनमा भोलिदेखि हुन गइरहेको गौतम बुद्ध कपमा खेल्न नपाउने भएका छन्। उनले केहीअघि मात्र आफ्नो फेसबुक पोस्टमार्फत् यसबारे जानकारी दिएका हुन्। हलुका लक्षणसँगै हिजो बिहानबाट स्वाद र गन्ध दुवै नहुँदा उनी आफैले घरमै सुरक्षित रूपमा दुई दिनयता आइसोलेसनमा बसेको पनि उनले जनाएका छन्। उनलाई आज बिहान कोभिड-१९ का लागि पिसिआर विधिबाट परीक्षण गरिँदा रिपोर्ट पोजिटिभ आएको उनले लेखेका छन्। यससँगै उनले गौतम बुद्ध कपका लागि सबैलाई शुभकामना पनि दिएका छन्।...
राजसंस्थाको पक्षमा आज रुपन्देहीमा प्रदर्शन

राजसंस्थाको पक्षमा आज रुपन्देहीमा प्रदर्शन

मुख्य समाचार, राजनिती, स्थानिय तह
मंसिर २६,बुटवल राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै शुक्रबार रुपन्देहीमा प्रदर्शन भएको छ । शिव सेना नेपालको आयोजनामा तिलोत्तमाको भलबारीबाट भैरहवासम्म मोटरसाइकल तथा कार र्याली प्रदर्शन भएको हो । गाडीमा पृथ्वीनारायण शाहको तस्वीर राखेर राष्ट्रिय झण्डासहित सुरु भएको र्याली भलबारीबाट बुद्धचोक, लुम्बिनी रोड, गल्लामण्डी, मिलनचोक,देवकोटाचोक हुँदै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बाबा बस्नेत, केन्द्रीय सदस्य अनिल जैसवाल,रुपन्देही अध्यक्ष विपिन मल्लिक लगायतले सम्बोधन गरेका थिए । उनीहरुले राष्ट्रिय एकता, अखण्डता र धर्म रक्षाका लागि राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापना गरिनुपर्ने धारणा राखेका थिए । राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाको लागि हुने जुनसुकै प्रदर्शनमा पनि सहभागी हुन राष्ट्रिय प्रजातन्त्र पार्टी (रा...
बाग्लुङ्गको खुखांनी गाउँ चिनाउदै ठूलोबिसाउना पुल

बाग्लुङ्गको खुखांनी गाउँ चिनाउदै ठूलोबिसाउना पुल

आर्थिक, मनोरञ्जन, मुख्य समाचार, समाज, सुचना प्रविधि, स्थानिय तह
जसिन्द्र श्रीपाली, काठमाण्डौं मंसिर २६ पश्चिम बाग्लुङ्गको तमानखोला गाउपालीका ५ खुखांनीमा ३३३ मिटर लामो पुल बने संगै ओझेमा परेको खुखांनी गाँउ बिस्तारै चर्चामा आउन थालेको हो । नेपाल सरकार सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय पूर्वाधार विभागको सहयोगमा निर्मित यस ठूलोबिसाउना झोलुंगे पुल निर्मार्ण सकिए संगै यहा घुम्न आउने पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । १०० मे. टन अर्थात ७१९ जना पदयात्री भारवहन क्षमता भएको उक्त ठूलोबिसाउना पुलमा घुम्न आउने आन्तरिक पर्यटक लाई मनोरञ्जन संगै स्थानीय लाई समेत राहत पुगेको छ। ठूलोबिसाउना देखि देविस्थान मन्दिर (जुईधारा)सम्म जोडिएको यो पुल निर्माण भए संगै १ घण्टा लामो र उकालो बाटो हिड्नुपर्ने झन्झट हटेर २० मिनेटमा सरर आसपासको दृश्य अवलोकन गर्दै पुलको यात्रा गर्न पाएकोमा आफुहरु निकै खुशि रहेको स्थानीयको भनाई रहेको छ । ठूलोबिसाउना पु...
नेपाल–भारत हवाई उडान पुस २ गतेदेखि खुल्दै

नेपाल–भारत हवाई उडान पुस २ गतेदेखि खुल्दै

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौ, मंसिर २६ विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)संक्रमण त्रासका कारण ९ महिानदेखि बन्द नेपाल–भारत हवाई उडान  संचालनमा आउने भएको छ। नेपाल र भारतबीच कुटनीतिकस्तरमा छलफलपछि काठमाडौं–दिल्ली गत चैत महिनादेखि बन्द भएको काठमाडौं–दिल्ली हवाई उडान पुस २ गतेदेखि आंशिक रुपमा सञ्चालन हुने भएको हो। जसमध्ये सुरुमा नेपाल र भारतका एक–एक वटा एयरलाइन्सले मात्रै उडान भर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार नेपालबाट नेपाल एयरलाइन्स र भारतबाट एयर इन्डियाले दैनिक एक–एक उडान गर्नेछन्। नेपालले डेढ साता अघि पठाएको सम्झौताको भारतले बिहीबार जवाफ पठाउँदै पुस २ गतेदेखि उडान थाल्ने जानकारी दिएको छ। भारतले भदौ ७ गते नेपाललाई एयर बबल ट्राभल सम्झौताका लागि नेपाललाई प्रस्ताव पठाएको थियो। भारतले नियमित उडान नहुँदा उपचार, अध्ययन, व्यापारका लागि आउजाउ गर्न गाह्र...