Thursday, March 28
Shadow

ब्यानर समाचार

भोली ओली समुहको काठमाडौंमा बृहत् जनसभा : आज युवाहरुले गरे मार्चपास, नारा लाग्यो केपी ओली आई लभ यू

भोली ओली समुहको काठमाडौंमा बृहत् जनसभा : आज युवाहरुले गरे मार्चपास, नारा लाग्यो केपी ओली आई लभ यू

ब्यानर समाचार, राजनिती
काठमाडौं , माघ २२ । काठमाडौंमा भोलि ओली समुहले बृहत् जनसभा गर्ने भएको छ । यसको तयारी स्वरुप नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० केपी शर्मा ओली पक्षका युवाहरुले आज काठमाडौँमा मार्चपास गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, खेलकुद महासंघ, सम्पर्क मञ्चका समन्वय कमिटी र मदन भण्डारी स्पोर्टस् क्लबका युवाहरुले प्रदर्शनीमार्गबाट पुतलीसडक हुँदै कमलादीसम्म मार्चपास गरेका हुन् । नेकपाका केन्द्रीय कमिटी सदस्य महेश बस्नेतले २३ गतेको जनसभालाई स्वयंसेवकले सुरक्षा दिन सक्छ भन्ने सन्देश दिन मार्चपासको आयोजना गरिएको बताए । भोलि (२३ गते) को जनसभामा तीन लाख जनता उतार्ने उनको दाबी छ । मार्चपासमा युवाहरुले केपी ओली आई लभ यू, केपी ओली जिन्दावादलगायत नारा लगाएका थिए ।...
दाहाल–नेपाल समूहको आमहड्तालः जनकपुरमा घाइते नेकपाका ४ नेतालाई काठमाडौँ ल्याइयो

दाहाल–नेपाल समूहको आमहड्तालः जनकपुरमा घाइते नेकपाका ४ नेतालाई काठमाडौँ ल्याइयो

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको आमहड्तालका क्रममा जनकपुरमा प्रहरीसँगको झडपमा घाइते भएका नेकपा नेता रामचन्द्र झासहित चार जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । आमहड्तालका क्रममा घाइते भएका नेता झा सहित पूर्वमन्त्री एवंम नेकपाका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादव, शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साहलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको हो । नेता झाको टाउकोमा चोट लागेको छ । बन्द गराउन हिंडेका झाको समूहलाई प्रहरीले अवरोध गरेपछि झडप भएको थियो । झडपमा प्रहरीको लाठी चार्ज गर्दा झा सहितका नेता तथा कार्यकर्ता घाइते भएका थिए । घाइतेहरुलाई प्राथमिक उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । अस्पतालले उनीहरुलाई जनकपुरबाट काठमाडौं रिफर गरेको हो । अस्पतालले जनाए अनुसार नेता झाको श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपच...
कोरोना विरुद्धको खोप अभियान :  बचेको खोप र दोस्रो चरणको खोपसँगै लगाइने

कोरोना विरुद्धको खोप अभियान : बचेको खोप र दोस्रो चरणको खोपसँगै लगाइने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ २२ । पहिलो चरणबाट बचेको कोरोना भाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा चार लाख ३० हजार जनालाई लगाउन योजना बनाएको खोप सबैलाई पुगेर बचेपछि दोस्रो चरणमा प्राथमिकतामा परेकालाई लगाउने भएको हो । यही माघ १४ गतेबाट शुरु गरिएको खोप अहिलेसम्म एक लाख ४५ हजार ८४४ जनाले लगाएपछि खोप बच्न सक्ने भएकाले ती खोप दोस्रो चरणमा प्राथकितामा परेका व्यक्तिलाई दिइने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । भारत सरकारले १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । उक्त खोप चार लाख ३० हजार प्राथमिकतामा परेका व्यक्तिलाई यही माघ २४ गतेसम्म लगाइँदैछ । खोप लगाउन अझै तीन दिन बाँकी छ । “अहिलेसम्म हामीले स्वास्थ्यकर्मीलाई मात्र लगाएका थियौँ”, उनले भने, “यो तीन दिनमा बढी जनसङ्ख्यालाई...
आमहड्तालमा विहानैदेखि प्रहरीको धरपकड,  अष्टलक्ष्मी शाक्यसहितका ७७ नेता-कार्यकर्ता प्रहरी नियन्त्रणमा

आमहड्तालमा विहानैदेखि प्रहरीको धरपकड, अष्टलक्ष्मी शाक्यसहितका ७७ नेता-कार्यकर्ता प्रहरी नियन्त्रणमा

ब्यानर समाचार, राजनिती
काठमाडौँ , माघ २१ । नेकपाको प्रचण्ड-नेपाल समूह्ले आह्वान गरेको आमहड्तालका क्रममा बिहीबार बिहानै दर्जनौं बन्दकर्ता पक्राउ परेका छन् । राजधानीको कलंकी, सामाखुशी, सोह्रखुट्टे, महाराजगञ्ज लगायतका स्थानबाट अहिलेसम्म ७७ बन्दकर्ता पक्राउ परेका हुन् । यसैबीच नेतृ अष्टलक्ष्मी शाक्यलाई पनि प्रहरी नियन्त्रणमा लिएको छ । हड्ताल सफल बनाउन शाक्यसहितका नेता कार्यकर्ताहरु सडकमा आएका बेला पक्राउ परेका हुन् । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध विभिन्न आन्दोलन गरिरहेको प्रचण्ड९नेपाल समूहले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका पदाधिकारीहरूको सपथ भएपछि हड्ताल आयोजना गरेको हो। आमहड्तालप्रति प्रहरी कडा रुपमा प्रस्तुत भएको छ ।नेकपाको देशव्यापी आमहड्तालका दिन प्रहरी विहानैदेखि धरपकडमा उत्रिएको छ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बिहीबारका लागि घोषणा गरेको आमहड्तालम...
नेकपाका दुवै पक्ष आफूलाई बलियो देखाउन मुठभेड मुडमा

नेकपाका दुवै पक्ष आफूलाई बलियो देखाउन मुठभेड मुडमा

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , माघ २२ । सरकारमा रहेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को ओली समूह पनि आफ्नो पक्षमा जनमत देखाउन आमसभा र प्रदर्शनमा लागेको छ। ओली समूहले शुक्रबार काठमाडौंमा प्रदर्शन र आमसभा गर्ने भएको छ। त्यसको तयारीस्वरूप ओली समूहले बुधबार मोटरसाइकल ¥याली आयोजना गरेको छ। नेकपाकै नेपाल–दाहाल समूहले बिहीबारका लागि आमहडताल घोषणा गरेको छ। आमहडताल सफल पार्न आह्वान गर्दै दाहाल–नेपाल समूहले बुधबार साँझ मसाल जुलुस निकाल्यो। यसरी नेकपाका दुवै पक्ष आफूलाई बलियो देखाउन र एकले अर्कोलाई निचो देखाउन सडकमा उत्रिन थालेपछि मुठभेडको सम्भावना बढेको छ। प्रतिनिधिसभा विघटन र ओली सरकारविरुद्ध यही माघ १३ गते नेपाल–दाहाल समूहले राजधानीमा विशाल आमसभा गरेको थियो। त्यसलाई काउण्टर दिन सत्तामा रहेको ओली समूहले वाग्मती प्रदेश कमिटीको आयोजनामा शुक्रबारका लागि आमसभा तय गरेको हो। प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल–दाहाल समूह...
दाहाल-नेपाल समूहको आमहड्ताल, बन्द गराउँदै हिँडेका धमाधम पक्राउ, सुरक्षा व्यवस्था कडा

दाहाल-नेपाल समूहको आमहड्ताल, बन्द गराउँदै हिँडेका धमाधम पक्राउ, सुरक्षा व्यवस्था कडा

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, माघ २१ । संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको दाहाल(नेपाल समूहले आज आमहड्ताल घोषणा गरेको छ । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवं गैरकानूनी ढंगले गरिएका नियुक्ति तत्कालै बदर गर्नु पर्ने मागसहित दाहाल(नेपाल समूह आमहड्तालमा उत्रिएको हो । आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्दको घोषणा गरिएको छ । आमहड्तालका कारण मुलुकभर यातायातका साधन फाट्फुट्ट मात्र चलेका छन् । लामो दूरीका सवारी साधन सञ्चालनमा नआए पनि छोटो दूरीका सवारीसाधन भने फाट्फुट्ट मात्रै चलेको ट्राफिक प्रहरीले जनाएको छ । दाहाल(नेपाल समूहका कार्यकर्ता बिहानैदेखि बन्द गराउन सडकमा निस्किएका छन् । काठमाडौँका विभिन्न स्थानमा बिहानै यातायात अवरूद्ध पार्न खोजेपछि प्रहरीले ४० जनालाई पक्राउ गरेको छ । काठमाडौँको सामाखुसीबाट मात्रै पाँच जना पक्राउ परेका छन् । नेता रामप्रसाद सापकोटा ‘द...
गृह मन्त्रालयले भन्यो- हड्ताल गर्नेलाई कारबाही गर्छौँ, यातायात, व्यवसाय सञ्चालन गर्नुस्

गृह मन्त्रालयले भन्यो- हड्ताल गर्नेलाई कारबाही गर्छौँ, यातायात, व्यवसाय सञ्चालन गर्नुस्

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौं, माघ २१ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले बिहीबार आमत हड्ताल घोषणा गरेको छ। तर, गृह मन्त्रालयले भने सो दिन निर्बाध रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण तयार गर्ने बताएको छ। मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै हड्ताल गर्नेहरुलाई कारबाहीको चेतावनी दिएको हो। ‘शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जबरजस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुनेउपर कानुन बमोजिम कारबाही हुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ वक्तव्यमा भनिएको छ। ‘दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिनेगरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने हुँदा यातायात व्यवसायीलगायत सबै उद्यमी व्यवसायीहरुलाई निर्धक्क एवं पूर्ववत् रुपमा आआफ्नो उद्योगधन्दा, पेसा व्यवसाय सञ्चालन गर्न गृह ...
कोरोनाविरुद्ध खोप अभियान : ८ दिनमा १ लाख ४५ हजारले लगाए खोप

कोरोनाविरुद्ध खोप अभियान : ८ दिनमा १ लाख ४५ हजारले लगाए खोप

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ २१ । कोरोनाविरुद्धको खोप अभियानको आठ दिनसम्म देशभर एक लाख ४५ हजारभन्दा बढीले कोरोना ९कोभिड १९० विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ती जारी ७७ जिल्लामा कुल एक लाख ४५ हजार ८४४ जनाले खोप लगाएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आठ दिनसम्म प्रदेश १ मा २० हजार १५५, प्रदेश २ मा १९ हजार ६६३, बागमती प्रदेशमा ५० हजार ७५०, गण्डकी प्रदेशमा १६ हजार ४९५, लुम्बिनी प्रदेशमा २१ हजार ४५४, कर्णाली प्रदेशमा ७ हजार ३२६ र सुदूरपश्चिम प्रदेशमा १० हजार १ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । गत बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत देशभरका ३०० खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिहरुलाई खोप लगाउने सरकारको ल...
अवहेलना मुद्धाः प्रचण्डलाई आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश

अवहेलना मुद्धाः प्रचण्डलाई आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश

ब्यानर समाचार, राजनिती
काठमाडौँ , माघ २१ । नेपाल कम्युनिष्ट पार्टी )नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च अदालतले अवहेलनाको मुद्दामा लिखित जवाफसहित आफैँ उपस्थित हुन आदेश दिएको छ । बुधबार न्यायाधीश डा।मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्याद बाहेक एक हप्ताभित्र अदालतमा आफैँ हुन आदेश दिएको हो । अधिवक्ता समिर हायूले प्रचण्डले विभिन्न सभाहरुमा सर्वोच्चले प्रतिनिधि सभा विघटन पुनःस्थापना नगरे सभामुखमार्फत बैठक बोलाउने चेतावनी दिएर अदालतको अवहेलना गरेको भन्दै रिट दायर गरेका थिए । सर्वोच्चले यसमा के कसो भएको हो रु माग बमोजिम अवहेलनामा कारबाही किन हुन नपर्ने हो रु म्याद प्राप्त भएको मितिले बाटाका म्याद बाहेक सात दिनभित्र आफैँ लिखित जवाफ पेश गर्नुहोला भनि निर्देशन दिएको छ । यस अघि सर्वोच्चले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व सभामुख दमननाथ ढुंगाना तथा चार पूर्व प्र...
प्रचण्ड–माधव समूहले आधिकारिकता दाबी गरेपछि अब के हुन्छ प्रक्रिया ?

प्रचण्ड–माधव समूहले आधिकारिकता दाबी गरेपछि अब के हुन्छ प्रक्रिया ?

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , माघ २१ । राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले आधिकारिकता दाबी गर्दै मंगलबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ। दाहाल–नेपाल समूहले आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिकता दाबी गरेको छ। ऐनको दफा ४३ मा दुई वा दुईभन्दा बढी दलका पक्षबीच दलको नाम, छाप, विधान, झन्डा, चिह्न, पदाधिकारी र केन्द्रीय समितिको निर्णयको आधिकारिकतामा विवाद भए त्यस्तो विवादको निरूपण आयोगबाट हुने उल्लेख छ। ऐनको दफा ४४ मा विवाद निरूपणसम्बन्धी कार्यविधि तोकिएको छ। जसअनुसार दलको नाम, छाप, झन्डा वा चिह्नसम्बन्धी विवाद भए त्यस्तो नाम, छाप, विधान, झन्डा वा चिह्न दाबी गर्नेले र दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको आधिकारिकता दाबी गर्ने पक्षले केन्द्रीय समितिको चालीस प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको...