Saturday, May 11
Shadow

सकियो पहिलो चरणको कोरोनाविरुद्धको खोप अभियान , कतिले लगाए अहिलेसम्म ?


  • -इ
  • इ+

काठमाडौं , माघ २४ । नेपालमा पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९०)विरुद्धको खोप अभियान सकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार पहिलो चरणको खोप अभियान समाप्त हुँदा ७७ जिल्लामा एक लाख ८४ हजार ८५७ जनाले खोप लगाएका छन् ।

जसमध्ये प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३६, बागमतीमा ६३ हजार ३०८, गण्डकीमा १८ हजार ३७२, लुम्बिनीमा २८ हजार ९४१, कर्णालीमा ९ हजार ४२० र सुदूरपश्चिममा १४ हजार ८५५ जनाले खोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले खोप अभियान सञ्चालन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले पहिलो चरणको खोप अभियानमा अवाञ्छित घटना नभएको दाबी गरेका छन् ।

माघ १४ गतेबाट सुरु भएको खोप अभियान शनिबार सकिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट यसको सुभारम्भ गरेका थिए ।

नेपालमा अक्स्फोर्ड–एस्ट्राजेनेकाले विकास गरेको खोप तथा भारतको औषधि उत्पादक कम्पनीले उत्पादन गरेको खोप प्रयोग गर्न थालिएको हो ।

पहिलो चरणमा भारतले १० लाख डोज उपहारस्वरुप दिएको खोप नेपालमा लगाइएको हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares