Sunday, April 28
Shadow

ब्यानर समाचार

प्रचण्ड-नेपाल समूहले २८ माघ काठमाडौँमा जन प्रदर्शन गर्ने

प्रचण्ड-नेपाल समूहले २८ माघ काठमाडौँमा जन प्रदर्शन गर्ने

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, माघ १५ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले २८ माघमा काठमाडौँमा प्रतिनिधि सभा विघटनको विरुद्ध प्रदर्शन गर्ने भएको छ । आइतबार सो समूहले नेकपाको आधिकारिक फेसबुक पेज मार्फत २८ माघमा काठमाडौँमा हुने जनप्रदर्शन तथा विरोध सभामा सहभागी बन्न सम्पूर्णलाई अपिल गरेको हो । केन्द्रीय सङ्घर्ष समितिको आयोजनामा प्रदर्शन हुनेछ । नेकपाका अध्यक्ष द्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपाको आधिकारिक फेसबुक पेजमार्फत प्रतिगमनविरुद्धको विशाल प्रदर्शन र विरोध सभामा सहभागी बन्न सबैमा अपिल गरेका हुन् । सो क्रममा नेकपा अध्यक्ष प्रचण्डले प्रतिगमनलाई परास्त गर्ने र संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने अभियानका रूपमा सभा र जनप्रदर्शन राखिएको बताए । यसै गरी अर्का अध्यक्ष नेपालले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमका विरुद्ध पार्टीले पुनः विरोध स...
सोमबारदेखि कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाइने

सोमबारदेखि कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाइने

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, माघ १५ सरकारले सोमबारदेखि पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीका लागि कोरोनाविरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई खोप दिन थालेको ११ दिनपछि पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीलाई खोप दिने निर्णय गरेको हो। मन्त्रालयका अनुसार पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीहरुले तोकिएको अस्पतालमा सोमबार देखि शुक्रबारसम्म पुगेर खोप लिन सक्नेछन्। पत्रकारका लागि मिनभवनस्थित सिभिल अस्पताल, युएनका लागि पाटन अस्पताल, दुतावास र कुटनीतिक नियोगका कर्मचारीका लागि त्रिवि शिक्षण अस्पताल वा गंगालाल अस्पताल तोकिएको छ। खोप लगाउनका लागि पत्रकारहरुले सूचना विभागको प्रेस पास देखाउनु पर्नेछ। खोप विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म चल्ने छ।...
सकियो पहिलो चरणको कोरोनाविरुद्धको खोप अभियान , कतिले लगाए अहिलेसम्म ?

सकियो पहिलो चरणको कोरोनाविरुद्धको खोप अभियान , कतिले लगाए अहिलेसम्म ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , माघ २४ । नेपालमा पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९०)विरुद्धको खोप अभियान सकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार पहिलो चरणको खोप अभियान समाप्त हुँदा ७७ जिल्लामा एक लाख ८४ हजार ८५७ जनाले खोप लगाएका छन् । जसमध्ये प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३६, बागमतीमा ६३ हजार ३०८, गण्डकीमा १८ हजार ३७२, लुम्बिनीमा २८ हजार ९४१, कर्णालीमा ९ हजार ४२० र सुदूरपश्चिममा १४ हजार ८५५ जनाले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले खोप अभियान सञ्चालन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले पहिलो चरणको खोप अभियानमा अवाञ्छित घटना नभएको दाबी गरेका छन् । माघ १४ गतेबाट सुरु भएको खोप अभियान शनिबार सकिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट यसको सुभारम्भ गरेका थिए । नेपालमा अक्स्फोर्ड–एस्ट्राजेनेक...
बैतडीमा बुबाले गोली हानी गरे छोरीको हत्या, बुवा फरार

बैतडीमा बुबाले गोली हानी गरे छोरीको हत्या, बुवा फरार

ब्यानर समाचार, समाचार
काठमाडौं, माघ २४ । बैतडीको पुर्चौडीमा बुबाले आफ्नै छोरीमाथि गोली हानी हत्या गरेका छन् । पुर्चौंडी नगरपालिका–१० का ५५ वर्षीय धनसिंह महराले आफ्नी छोरी २० विनिता महरा धामीमाथि गोली हानी हत्या गरेका हुन् । छोरीलाई गोली हानेर महरा जंगलतिर भागेका पुरघाट प्रहरीचौकीले जनाएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको पुरघाट प्रहरीचौकीले बताएको छ । विवाहित छोरी गएको एक महिनादेखि माइतमै बसीरहेकी र शनिबार बुबाले गोली हानी हत्या गरेको प्रहरीले जानकारी दिएको हो ।...
देशका विभिन्न स्थानमा सवारी दुर्घटनाः ९ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटनाः ९ जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार, समाचार, समाज
  काठमाडौं, माघ २४ । देशका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।सुनसरी, चितवन, रुपन्देही, सिन्धुली, मोरङ, दाङ र मकवानपुरका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको हो । सुनसरीको ईटहरी उपमहानगरपालिक-२ आपगाछीस्थित सडकमा प्रदेश १-०२-०४४ प १२५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही महानगरपालिका-८ बस्‍ने ६५ बर्षीय कुबेर मल्ल र निजकै छोरा ३५ बर्षीय नुर्जन मल्लको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। रुपन्देहीको तिलोत्तमा नगरपालिका-१७ ठठरियास्थित सडकमा लु।१ त ९१७७ नम्बरको ट्याक्टर अनियन्‍त्रित भई दुर्घटना हुँदा चालक ओमसतिया गाउँपालिका(३ करवानी बस्‍ने २३ बर्षीय मुन्‍ना जोगीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्...
बैतडीमा किशोरीको बलात्कारपछि हत्या:  संलग्नलाई कारबाही गर्न दाहाल–नेपाल समूहको माग

बैतडीमा किशोरीको बलात्कारपछि हत्या: संलग्नलाई कारबाही गर्न दाहाल–नेपाल समूहको माग

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, माघ २४। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल(नेपाल समूहले बैतडी, चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार विज्ञप्ति गर्दै घटनाले आफूहरु स्तब्ध भएको बताएका छन् ।‘विद्यालयबाट घर फर्किँदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी भागरथी भट्टको हत्यालाई लिएर सरकारले आम मानिसलाई शान्ति सुरक्षा दिन असफल भएको दाहाल–नेपाल समूहले आरोप लगाएको छ । दाहाल–नेपाल समूहले राज्यले आम नागरिकलाई शान्ति सुरक्षा दिन असफल भएको आरोप लगाएको छ।बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी निवासी भागरथी भट्टको गत २२ गते बलात्कारपछि हत्या भएको थियो । वि...
चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप अनुदान सहयोग गर्ने

चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप अनुदान सहयोग गर्ने

ब्यानर समाचार, मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौं, माघ २४ । चीनले नेपाललाई कोरोना भाइरसको पाँच लाख भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले उक्त अनुदानको दिने बताएका हुन् । यसका साथै शुक्रबार साँझ ज्ञवाली र वांगयीबीच आपसी हितका विषयहरूमा छलफल भएको नेपालको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञिप्तमा उल्लेख छ । चीनका विदेशले नेपालमा कोरोना विरुद्धको पाँच लाख खोपको उपलब्ध गराउने घोषणा गरेका साथै चीनले कोरोनाविरुद्धको खोपमा नेपाललाई प्राथमिकता दिने बताए । ज्ञवालीले सहयोगका लागि चीनलाई धन्यवाद दिएका थिए । चीनले यसअघि नेपाललाई ३ लाख डोजको कोरोना खोप अनुदान सहयोग गर्ने बताएको थियो ।...
कोरोना भाइरसः संक्रमितको संख्या दैनिक ओरालो लाग्दो क्रममा

कोरोना भाइरसः संक्रमितको संख्या दैनिक ओरालो लाग्दो क्रममा

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, माघ २४ । देशभर कोरोना भाइरस संक्रमितको संख्या दैनिक घट्दो क्रममा रहेको छ । केही दिनदेखि संक्रमितको संख्या दैनिकजसो तीन सयभन्दा तल झरेको छ । संक्रमित संख्या दैनिक न्यून हुँदै जानुलाई सुखद रूपमा हेरिएको छ । यद्यपि चिकित्सकले सतर्कता अपनाउन सुझाव दिँदै आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक सय जनामध्ये ९८ जना कोरोना भाइरस संक्रमणमुक्त भएको पाइएको छ । कुल संक्रमित २ लाख ७१ हजार ७०७ जनामध्ये २ लाख ६७ हजार ५६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये १ लाख ७६ हजार ५३५ जना पुरुष र ९५ हजार १७२ जना महिला रहेका छन् । यस्तै संक्रमितमध्ये ०।७४ प्रतिशत अर्थात् २ हजार ३५ जनाको मृत्यु भएको छ । हालसम्म २० लाख ८८ हजार ३७२ जनाको कोरोना परीक्षण भएको छ । देशभर शुक्रबार थप १०५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्...
कांग्रेसले आज ओलीको असंवैधानिक कदमविरुद्ध ७७ जिल्लामा विरोध प्रर्दशन गर्दै

कांग्रेसले आज ओलीको असंवैधानिक कदमविरुद्ध ७७ जिल्लामा विरोध प्रर्दशन गर्दै

ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ २४ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज  देशभर प्रदर्शन गर्दैछ । कांग्रेसका शुभेच्छुक संस्थाहरूले शनिबार देशभर विरोध प्रर्दशन गर्न लागेको सह–महामन्त्री डा।प्रकाश शरण महतले जानकारी दिएका छन् । ओलीको असंवैधानिक कदमविरुद्ध ७७ जिल्लामा विरोध प्रर्दशन गर्न लागेको डा।महतले बताएका छन् । नेपाल ट्रेड यूनियन कांग्रेससहित १८ शुभेच्छुक संस्थाले विरोध प्रर्दशन गर्नेछन् । शनिबार मध्यान्ह १२ बजे देखि १२ः३० बजेसम्म देशका ७७ वटै जिल्लामा मानव साङ्लोसहित प्रदर्शन गरिने डा।महतले जानकारी दिएका छन् । काठमाडौंको टुँडिखेल आसपासमा कालोपट्टीसहित मानव साङ्लो निर्माण गरिनेछ । विरोधका लागि कालो मास्क प्रयोग गरिने कांग्रेसको शुभेच्छुक संस्थाहरूले जनाएका छन् । कांग्रेसले प्रधानमन्त्री ओलीद्वारा संसद भङ...
‘देश चुनावतर्फ गयो, अब  सबैकुराको फैसला चुनावले गर्छ ’:  प्रधानमन्त्री ओली

‘देश चुनावतर्फ गयो, अब सबैकुराको फैसला चुनावले गर्छ ’: प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती
काठमाडौं , माघ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चुनावतर्फ गएको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको बृहत् जनसभालाई सम्बोधन गर्दैै उनले देश चुनावतर्फ गएको बताएका हुन् उनले भने , ‘देश चुनावतर्फ गयो गयो, अब चुनावले सबैकुराको फैसला गर्छ ।’दाहाल–नेपाल समूहतर्फ संकेत गर्दै उनले प्रश्न गरे , ‘निर्वाचन नगर्नुचाहिँ लोकतन्त्र अरे, निर्वाचन गर्दा देश संकटमा पर्छ अरे, निर्वाचन गर्दा देश संकटमा पर्छ रु’ प्रधानमन्त्री ओलीले आफूहरूले अदालत र निर्वाचन आयोगलाई आग्रह गरेको भए पनि दाहाल–नेपाल समूहले धम्कयाएको आरोप लगाए ।उनले लिखित संविधान नभएको देश बेलायतको उदाहरण दिँदै प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको जिकिर गरे । साथै ओलीले नेकपाको मूल पार्टी आफू नेतृत्वको नेकपा भएको बताएका छन् । उनले आफू नेतृत्वको पार्टी नै देशको मूल पार्टी पनि भएको दाबि गरे । आज नारायणीहिटीमा आयोजित सभामा आफू नेतृत्वक...