Wednesday, April 24
Shadow

भागरथी हत्याकाण्ड : बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि, थप अनुसन्धान जारी


  • -इ
  • इ+

काठमाडौं , माघ २६ । बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ बर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पोष्र्टमार्टम रिपोर्टमा देखिएको छ।

जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टम रिपोर्टबाट उनको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

सामूहिक बलात्कार हो वा होइन भन्ने बारेमा थप परीक्षण भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए।

सोमबार आएको रिपोर्टमा कज अफ डेथ खण्डमा ‘डेथ ड्यु टु स्ट्याङ्गुलेसन’ लेखिएको छ। भागरथीको बलात्कारपछि हत्या भएको हो।

रिपोर्टमा शरीरको विभिन्न भागमा स–साना दागहरु पनि देखिएका छन्। त्यसले उनलाई घिसारिएको हुनसक्ने संकेत गरेको

अनुसन्धान अधिकारीहरु बताउँछन्। यता भट्ट हत्याको घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको नेतृत्वमा अनुसन्धान भइरहेको छ।

सुवेदीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान थालिएको बताएका छन् । उनले आफू अहिले घटनास्थलमै रहेको र थप अनुसन्धान भइरहेको जानकारी दिए।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares