Friday, May 3
Shadow

ब्यानर समाचार

दुई दिनमा कोरोनाबाट मृत्यु संख्यामा ७०१ जना थपिए, अझै बढ्न सक्ने

दुई दिनमा कोरोनाबाट मृत्यु संख्यामा ७०१ जना थपिए, अझै बढ्न सक्ने

ब्यानर समाचार, समाचार
काठमाडौंं, फागुन १४। कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या पुनः थप भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार थप ८३ जनाको कोरोनाले मृत्यु भएको छ । यसअघि बुधबार मात्रै मन्त्रालयले ६१८ जना मृतक थपिएको जानकारी दिएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र कोभिड सङ्कट व्यवस्थापन केन्द्र ९क्राइसिस म्यानेजमेन्ट सेन्टर० कोरोनाका कारण मृतकको शव गणनामा अन्तर आएकोमा मन्त्रालयले गठन गरेको छानबिन समितिपछि बिहीबार थप ८३ र बुधबार थप ६१८ जना मृतक थपिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्ण पौडेलले क्राइसिस म्यानेजमेन्ट सेन्टर र इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रको सिफारिसमा बिहीबारसमेत मृतकको सङ्ख्या संशोधन गरी ८३ जना थपिएको जानकारी दिए । उनले केही संख्या अझै प्रमाणित हुन बाँकी रहेकोले थप बढ्न सक्ने ...
नेकपाका दुवै समूह राजनीतिक र कानुनी सकसमा

नेकपाका दुवै समूह राजनीतिक र कानुनी सकसमा

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन १४ । सर्वोच्च अदालतबाट संसद् पुनर्स्थापना भएसँगै नेकपाका दुवै समूह राजनीतिक र कानुनी सकसमा परेका छन्। सरकार गठन र संसद्मा प्रस्तुत हुन कानुनी रूपमा पार्टी विभाजन नभएकाले दुवै समूह सकसमा परेका हुन्। नेकपा दाहाल–नेपाल समूहले यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर पुष्पकमल दाहाललाई संसदीय दलको नेतामा चयन गरिसकेको छ। राजनीतिक निर्णय भएकाले त्यसले कानुनी वैधता पाउने अवस्था छैन। कानुनी रूपमा प्रधानमन्त्री ओली नै नेकपाको संसदीय दलको नेता भएकाले दाहाल–नेपाल समूहलाई तत्काल निर्णय गर्न असजिलो भएको छ। ‘दाहाल–नेपाल समूहले दाहाललाई संसदीय दलको नेता चयन गरेको भए पनि त्यो राजनीतिक निर्णय हुनेछ तर कानुनी रूपमा वैधता नपाउने भएकाले अहिले पनि संसदीय दलका नेता ओली नै भएकाले दलको बैठक ओलीले नै बोलाउनुपर्नेछ,’ नेकपानिकट स्रोतले भन्यो। स्रोतका अनुसार अहिले ओली स...
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, संसद् बैठक बोलाउने विषयमा छलफल

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, संसद् बैठक बोलाउने विषयमा छलफल

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागनु १३ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रतिनिधि सभा बैठक बोलाउने विषयमा छलफल भएको छ । बिहीबार साँझ भण्डारीलाई भेट्न राष्ट्रपति निवास शितलनिवास पुगेका प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठक कहिले बोलाउने भन्‍ने विषयमा छलफल गरेका हुन् । स्रोतका अनुसार ओलीले अदालतले दिएको समयसीमाको अन्‍त्‍यतिर बैठक बोलाउने बारे स्थायी कमिटीमा भएको छलफलबारे जानकारी गराएका छन् । सर्वोच्चले ओलीको विघटन गर्ने निर्णय बदर गरेर १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन मंगलबार आदेश दिएको थियो । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने ओलीको निर्णय बदर गरेपछि पहिलो पटक राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा पुगेका हुन् । भण्डारी र ओलीबीच करिब एक घण्टा कुराकानी भएको बताइएको छ । सर्वोच्चको आदेशपछि बुधबार बसेको नेकपा ओली समूहको बैठकले आदेशको सम्मान गर्दै संसद बैठक बोलाउने निर...
चिकित्सकद्वारा आन्दोलनको चेतावनी, जोखिम भत्ता नपाएको गुनासो , अविलम्ब उपलब्ध गराउन माग

चिकित्सकद्वारा आन्दोलनको चेतावनी, जोखिम भत्ता नपाएको गुनासो , अविलम्ब उपलब्ध गराउन माग

ब्यानर समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौँ, फागुन १३ । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरूले कोरोना महामारीमा अग्रपंतिमा रहेर खटिदाको जोखिम भत्ता अविलम्ब उपलब्ध गराउन माग गरेका छन् । नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएसनले विज्ञप्ति जारी गरी एक वर्षदेखिको कोभिड भत्ता तत्काल उपलब्ध गराउन अस्पताल प्रशासनसँग माग गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘कोभिड महामारीको विषम परिस्थितिमा समेत सेवा दिनका लागि अग्रपंक्तिमा खटिने आवासीय चिकित्सकहरुको उचित मूल्यांकलन गर्दै नियमानुसार कोभिड भत्ता अविलम्ब उपलब्ध गराउन जोडदार माग गर्दछौँ।’ काम गर्ने बेला अग्रपंतिमा खटाउने तर नियमानुसार प्राप्त गर्नुपर्ने जोखिम भत्ताको विषयमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि मौखिक आश्वासन मात्रै प्राप्त हुनुले यो विषयलाई गम्भीरताको साथ नलिएको भान आफूहरूलाई भएको आवासिय चिकित्सकहरुले बताएका छन् । आफूहरुको माग सुनुवाइ नभएमा कडा आन्दोलनमा उत्रन बाध्य ...
काँग्रेसले भन्यो – कानुनी रुपमा नेकपा विभाजित नभएसम्म सरकार बारे निर्णय गर्दैनौं

काँग्रेसले भन्यो – कानुनी रुपमा नेकपा विभाजित नभएसम्म सरकार बारे निर्णय गर्दैनौं

ब्यानर समाचार, राजनिती
काठमाडौँ । नेपाली काँग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कानुनी रुपमा विभाजित नभएसम्म नयाँ सरकारको समिकरणका बारेमा निर्णय नगर्ने भएको छ । सर्वोच्चको फैसलापछि विहिबार काँग्रेसका वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले नेकपा कानुनी रुपमा विभाजित अहिले पनि नभएकाले नयाँ सरकारको निर्माण बारे छलफल गर्न हतार गर्न नहुने निष्कर्ष निकालेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाको कुरा क्लियर भएपछि काँग्रेसले निर्णय लिने प्रतिक्रिया दिए । अहिले नेकपा बिभाजन भएको हो वा होइन भन्ने नै स्पष्ट नभएको पौडेलले टिप्पणी गरे । यसअघि काँग्रेस सभापति देउवालाई बुधबार नेकपाका अध्यक्षद्वय प्रचण्ड र नेपालले उनकै निवासमा भेट गरेर विकसित परिस्थितिमा सहकार्यको प्रस्ताव गरिसकेका छन् ।  ...
प्रचण्ड र गौतमबीच भेटवार्ता , एक घण्टा के भयो छलफल ?

प्रचण्ड र गौतमबीच भेटवार्ता , एक घण्टा के भयो छलफल ?

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा दाहाल र गौतमबीच करिव एक घण्टा भेटवार्ता भएको हो ।भेटमा के विषयमा कुराकानी भयो भन्ने केही खुलाइएको छैन । सर्वोच्चको फैसलासँगै नयाँ सत्ता समीकरणको चर्चा शुरू भएका छन् । तर, अहिलेसम्म कुनै पनि पक्षमा नखुलेका गौतमले पार्टी एक ढिक्का बनाउने बताउँदै आएका छन् । सर्वोच्च अदालतले प्रतिनिधसभा विघटनको निर्णय बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन तथा दाहाल-नेपाल समूहलाई सचिवालय बैठक डाक्न आग्रह गरेका नेता गौतम विहान ७ बजे खुमलटार पुगेका थिए ।  ...
आ–आफ्नो रणनीति बनाउँदै नेकपाका दुवै समूह

आ–आफ्नो रणनीति बनाउँदै नेकपाका दुवै समूह

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन १३ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला गरेसँगै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का दुवै समूह आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । दाहाल नेपाल समूहले वर्तमान परिस्थितिको विश्लेषण गर्दै सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर अघि बढ्ने रणनीति बनाएको छ भने ओली पक्षले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै संसद्मा नै सामना गरेर अघि बढ्ने योजना बनाएको छ । प्रतिनिधिसभा पुनस्र्थापना भएपछि बुधबार काठमाडौंमा नेकपा दाहाल–नेपाल र नेकपा ओली समूहको छुट्टाछुटै स्थायी कमिटी बैठक बसेको छ । दुवै समूहले अगामी रणनीतिबारे छलफल गरेका छन् । नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले हालको विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो गरेर अघि बढ्ने निर्णय गरेको छ । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानको प्रभा...
कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, सत्ता समीकरणका विषयमा छलफल हुने

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, सत्ता समीकरणका विषयमा छलफल हुने

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन १३ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।सभापति शेरबहादुर देउवाले अपराह्न तीन बजेका लागि बुढानिलकण्ठस्थित आफ्नै निवासमा पदाधिकारीलाई डाकेको उनको सचिवालयले जनाएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछिको परिस्थिति र नयाँ सरकार गठनको अवस्थामा कसलाई सघाउने वा नसघाउने भन्ने विषयमा देउवाले पदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन् । नेकपाको दाहाल(नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बुधबार देउवालाई भेटेर सरकार सञ्चालनका लागि मिलेर जानुपर्ने प्रस्ताव गरेका थिए । तर, देउवाले आन्तरिक छलफलपछि आवश्यक निर्णय दिने बताएका थिए । बुधबार दाहाल र नेपालसँगको भेट र सत्ता समीकरणको प्रस्तावलगत्तै देउवाले आज पदाधिकारी बैठक बोलाएका हुन् । देउवालाई नेकपाकै ओली समूहले पनि साझेदारीमा सरकार गठनको प्रस्ताव राख्दै आएको बताइन्छ । तर, नेकपा ...
जस्तोसुकै परिस्थितमा पनि दृढताका साथ समृद्धिको यात्रामा अघि बढ्नेछु :  प्रधानमन्त्री ओली

जस्तोसुकै परिस्थितमा पनि दृढताका साथ समृद्धिको यात्रामा अघि बढ्नेछु : प्रधानमन्त्री ओली

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , फागुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितमा पनि आफूहरु दृढताका साथ समृद्धिको यात्रामा अघि बढिरहने बताएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज आयोजना गरेको ‘नेपालको डिजिटल माटो नक्साङ्कन’ उद्घाटन कार्यक्रममा उनले आफूले लिएको जिम्मेवारी पूरा गर्न जहाँ रहे पनि लागिरहने बताएका हुन् । सर्वोच्च अदालतले मङ्लबार गरेको फैसलाका कारण हतास हुनुपर्ने कारण नभएको जनाउँदै उहाँले जिन्दगी नै अनिश्चित भएकाले आफूमा कुनै दम्भ र भ्रम नरहेको स्पष्ट गरे । “को मान्छे कति बेला मर्छ थाहा छैन तर जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ ।” उनको भनाइ थियो । आफूले सरकारको नेतृत्व गरेको तीन वर्षमा पूर्वाधार र आर्थिक विकासका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको प्रधानमन्त्री ओलीले बताउँदै उनले कतिपय व्यक्ति सुरुङ र पानीजहाजका कुरा गर्दा पहिले हाँसे पनि अहिले नेपालमा कतै सुरुङ बन्...
प्रधानमन्त्री ओलीले राजीनामा दिँदा राम्रो हुन्छ : देउवा

प्रधानमन्त्री ओलीले राजीनामा दिँदा राम्रो हुन्छ : देउवा

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन १२ । कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा राम्रो हुने बताएका छन् । बुधबार महेन्द्र नारायण निधिको ९९ औँ जन्म जयन्तीको अवसरमा आयोजित ‘अहिंसा र शान्ति स् आजको सन्दर्भमा’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री ओलीले संसदमा बहुमत पुर्‍याउन नसके प्रधानमन्त्री पद छाड्दा राम्रो हुने बताएका हुन् । तर ओलीको पार्टीको कुरा भएकाले आफूहरुले दबाब नदिने उनको भनाइ थियो । देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको पनि बताए । अदालतले राम्रो निर्णय गरेर नेपालमा संसदीय व्यवस्थालाई सुदृढीकरण गर्ने मौका मिलेको बताउँदै उनले भने, ‘नेपालमा न्यायको जित भएको छ । प्रजातन्त्रको जित भएको छ । अदालतले राम्रो निर्णय गरेर नेपालमा फेरि संसदीय व्यवस्थालाई सुदृढीकरण गर्ने मौका मिलेको छ । मलाई विश्वास छ, ओलीले अदालतको निर्णयपछाडि कि...