Saturday, April 20
Shadow

ब्यानर समाचार

बाहिरका सांसदहरुदलाई तत्कालै आउन र काठमाडौँ भएकालाई उपत्यका नछाड्न दाहाल-नेपाल पक्षको निर्देशन

बाहिरका सांसदहरुदलाई तत्कालै आउन र काठमाडौँ भएकालाई उपत्यका नछाड्न दाहाल-नेपाल पक्षको निर्देशन

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन १२ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूहले उपत्यका बाहिरका सांसदहरुदलाई तत्कालै काठमाडौं आउन तथा काठमाडौँमा भएका सांसदहरुदलाई जानकारीबिना उपत्यका बाहिर नजान निर्देशन दिएको छ । बैठकमा सहभागी नेतृ रामकुमारी झाक्रीले भनिन्, ‘संसदीय दलको बैठकले उपत्यका बाहिर रहेका सांसदहरुलाई तत्काल बोलाउने र काठमाडौँ उपत्यकामा भएका सांसदलाई जानकारी बिना बाहिर जान नदिने निर्णय भएको छ ।’ दाहाल-नेपाल समूहको संसदीय दलको बैठकले १३ दिनभित्रै संसद बैठक बस्नुपर्ने भएकाले यस्तो निर्देशन दिएको उनले बताइन् ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने र अन्य दलहरुसंग सहकार्य गरेर जाने बारेमा पनि छलफल उनको भनाइ छ । बैठकले प्रतिनिधिसभा विघटनको विरुद्दमा आन्दोलनका क्रममा साथ दिने सबै पक्षलाई र सर्वोच्च अदालतले गरेको फैसला प्रति धन्यवाद ज्ञापन गरेको नेकपा प्रमुख सचेतक देवप्र...
नेकपाको खुशीयाली सभा :  अब मुलुक संविधानबाट चल्छ

नेकपाको खुशीयाली सभा : अब मुलुक संविधानबाट चल्छ

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, फागुन १२ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कमद असंवैधानिक ठहर्‍याउँदै संसद् पुनः स्थापना गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज राजधानीमा खुशीयाली जुलुस निकालेको छ । राजधानीको शान्तिवाटिकामा भेला भएका जनसमुदायले संसद् भङ्ग गर्ने सरकारको असंवैधानिक कदम न्यायालयले सच््याएको भन्दै खुशीयाली साटासाट गरेका थिए । सर्वोच्च अदालतले मङ्गलबार प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय खारेज गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको थियो । सरकारको सिफारिशमा गत पुस ५ गते राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचन घोषणा गरिएको थियो । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयको विरोधमा नेकपालगायत विभिन्न राजनीतिक दलले देशव्यापी जनप्रदर्शन गरेका थिए । शान्तिवाटीकामा भेला भएका नेकपाका नेता कार्यकर्ताले जुलुससहित नगर परिक्रममा गरेका थिए । ज...
प्रचण्ड-नेपाल-देउवाबीच भेटवार्ता :  यस्तो भयो छलफल

प्रचण्ड-नेपाल-देउवाबीच भेटवार्ता : यस्तो भयो छलफल

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्ता भएको छ । प्रचण्ड(नेपाल काँग्रेस सभापति देउवालाई भेट्न बुढानिलकण्ठस्थित देउवा निवासमा पुगेका हुन् । करिब आधा घण्टा भएको भेटवार्तामा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापना गरेपछि पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बुझिएको छ । भेटमा प्रचण्ड(नेपालले सभापति देउवालाई मिलेर अगाडी जान प्रस्ताव गरेका छन् । देउवाले मिलेर अगाडी बढ्ने विषयमा आफु सकारात्मक रहेको जवाफ दिदै पार्टीमा छलफल गर्ने बताएका छन् । देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न विहिबार पदाधिकारी बैठक बोलाएको बताएका थिए । देउवा निकट नेताका अनुसार पार्टीमा छलफलपछि प्रचण्ड-नेपाल पक्षसँग फेरी छलफल हुनसक्ने खरीबोटलाई बताएका छन् । भेटपछि नेकपा अ...
प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने ओली पक्षको निर्णय, अरु के भयो छलफल ?

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने ओली पक्षको निर्णय, अरु के भयो छलफल ?

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने निर्णय गरेको छ । ओली पक्षको स्थायी कमिटीको बुधबार बसेको बैठकले प्रधानमन्त्री ओलीले राजीनामा नदिएर संसदको सामना गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।प्रवक्ता ज्ञवालीले समग्र राजनीतिको छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक पनि बोलाउने निर्णय भएको जानकारी दिए । त्यस्तै ओली पक्षले यस अघि नै तय गरेका कार्यक्रमहरु स्वरूप परिवर्तन गरेर निरन्तरता दिने भएको उनले बताए ।साथै सरकारले सर्वोच्चले दिएको समय भित्र नै संसदको बैठक आव्हान हुने बताउदै आफुहरु उनले अबको राजनीति कसरी अगाडी बढ्छ भन्ने विश्लेषण गरिएको जानकारी दिए । प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ त भन्ने प्रश्नमा प्रवक्ता ज्ञवालीले दलहरुसँग अहिले आफुहरु पनि छलफलमा रहेको बताउदै मुलुकल...
शुक्रबारसम्म मेघगर्जनसहित हल्का वर्षाको सम्भावना, कुन प्रदेशमा कस्तो ?

शुक्रबारसम्म मेघगर्जनसहित हल्का वर्षाको सम्भावना, कुन प्रदेशमा कस्तो ?

ब्यानर समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, फागुन १२ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबारसम्म देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ । हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । अन्य भू(भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो १, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा बिहीबार र शुक्रबार पनि पहाडी भेगमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । यस्तो छ तीन दिनको मौसम पूर्वानुमान फागुन १२ गते (बुधबार) दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी, कर्णाली ...
फुटेको नेकपा मिल्छ कि मिल्दैन भन्नेमा धेरैको चासो !

फुटेको नेकपा मिल्छ कि मिल्दैन भन्नेमा धेरैको चासो !

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन १२ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपनि व्यवहारिक रुपमा फुटेको नेकपा मिल्छ कि मिल्दैन भन्नेमा धेरैको चासो रहेको छ । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभक्त छ । सडक आन्दोलनदेखि जनप्रदर्शनसम्मा उनीहरुले अलग–अलग पार्टीको अभ्यास गरिसकेका छन् । निर्वाचन आयोगले दुबै समूहलाई हालसम्म आधिकारिकता नदिएकाले कानुनी रुपमा नेकपाको हैसियत एउटै छ । त्यसैले अब प्रतिनिधिसभामा नेकपाको हैसियत के हुन्छ भन्ने प्रश्न जन्मिएको छ । कसरी अघि बढ्ने भन्नेमा दुबै समूहका केही नेताहरुले मंगलबारै अनौपचारिक छलफल थालिसकेका छन् । नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुस ५ अघि फर्केपनि पार्टी धेरै अघि बढिसकेको भन्दै तत्काल एकीकरणको सम्भावना नरहेको बताए । प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिने दबाब परेको छ । ओली पक्षका नेताले फैस...
प्रतिनिधि सभा पुनर्स्थापना : कसरी बढ्छ अबको प्रक्रिया ?

प्रतिनिधि सभा पुनर्स्थापना : कसरी बढ्छ अबको प्रक्रिया ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागुन १२ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापनाको निर्णय गरेसँगै मुलुक नयाँ सरकार गठनसहितको प्रक्रियामा अघि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठक नै नबोलाउने त होइनन् भन्ने आशंका समेत चिर्दै सर्वोच्च अदालतले १३ दिनभित्र बैठक बोलाउन भनेको छ । अदालतको आदेशलाई स्वीकार गर्ने बताउँदै आएका प्रधानमन्त्रीले सोही अनुसार मन्त्रिपरिषद् राखेर संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नुपर्ने हुन्छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति संसद् बैठक बोलाउनै पर्ने अदालतको बाध्यकारी आदेश छ । तर त्यसपछिको प्रक्रिया कसरी अघि बढ्छ रु संविधानसभाबाट जारी भएको नयाँ संविधानमा त्यसको स्पष्ट व्यवस्था छैन । ओलीले पदबाट राजीनामा गरेमा संविधानको धारा ७६ अन्तर्गत नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ । अहिले पनि सत्तारुढ नेकपा एउटै राजनीतिक दल भएकाले नयाँ संसदीय...
संसद पुनःस्थापनासँगै विभिन्न नेताहरुले गरे खुलेर प्रशंसा:  सर्वोच्चको फैसलाप्रति कसले के भने ?

संसद पुनःस्थापनासँगै विभिन्न नेताहरुले गरे खुलेर प्रशंसा: सर्वोच्चको फैसलाप्रति कसले के भने ?

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गत पुस ५ गते विघटित प्रतिनिधिसभा पुनःस्थापना भएको छ । प्रधानमन्त्रीको कदम बदर गर्दै सर्वोच्च अदालतले मंगलबार संसद पुनःस्थापनाको फैसला गरेको हो । योसँगै जन प्रतिनिधिहरुको सर्वोच्च संस्था प्रतिनिधिसभा पुनःस्थापित भएको छ । संसद पुनःस्थापनासँगै विभिन्न क्षेत्र, निकाय तथा व्यक्तित्वहरुले विभिन्न कोणबाट आफ्ना धारणाहरु व्यक्त गरिरहेका छन् ।प्रतिनिधिसभा विघटनलाई बदर गरेको सर्वोच्च अदालतको फैसला आएपछि विभिन्न नेताहरुले यसको खुलेर प्रशंसा गरेका छन् । यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनर्स्थापना गर्ने निर्णय गरेपछि प्रतिक्रिया दिदै अध्यक्ष नेपालले संवि...
सर्वोच्चको फैसलापछि ओलीलाई प्रचण्डले भने- थोरै मात्र नैतिकता छ भने तुरुन्तै राजीनामा दिनोस्

सर्वोच्चको फैसलापछि ओलीलाई प्रचण्डले भने- थोरै मात्र नैतिकता छ भने तुरुन्तै राजीनामा दिनोस्

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन सुझाव दिएका छन् । सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसलापछि चितवनमा खुशीयाली मनाउदै प्रचण्डले ओलीलाई पदबाट तत्काल राजीनामा दिन सुझाव दिएका हुन् । उनले उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै भने, ओलीजी तपाईंसँग थोरै मात्र लाज, घीन, नैतिकता छ भने तुरुन्तै राजीनामा दिनोस्, नत्र तपाईं इतिहासबाट मिल्काइनुहुन्छ । साथै प्रचण्डले सर्वोच्चको फैसलासँगै आफूहरूको पार्टी नै मूल पार्टी बनेको भन्दै उनले ओली समूहमा लागेका नेता तथा कार्यकर्तालाई आफ्नो पक्षमा आउन अपिल गरेका छन् । प्रचण्डले सर्वोच्चले ऐतिहासिक फैसला गरेको भन्दै देशभरका कार्यकर्तालाई आआफ्नै किसिमले विजय जुलुस मनाउन आग्रह गरका छन् ।...
संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै खुसियालीमा माइतीघरमा दीप प्रज्वलन

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै खुसियालीमा माइतीघरमा दीप प्रज्वलन

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ , फागुन ११ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै काठमाडौंको शान्तिवाटिका र माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा नेकपा दाहाल–नेपाल समूह निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ, विवेकशील लगायतले दीप प्रज्ज्वलन गरेका हुन् । उनीहरुले सम्मानित अदालतले स्वागत योग्य निर्णय गरेको बताउँदै जनताको जित भएको जनाउँदै नाराबाजी समेत गरेका छन् ।...