Wednesday, March 11
Shadow

ब्यानर समाचार

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा रिहा !

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा रिहा !

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं- सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको छ। जिल्ला अदालत काठमाडौंले पहिलो पटक दिएको ४ दिनको म्याद बिहीबार सकिएपछि अर्को म्याद नलिई उनलाई हाजिरी जमानीमा छाडिएको हो। बिहीबार नै म्याद सकिए पनि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धा ब्युरो (सीआईबी)ले अदालत नलगी छाडेको हो। हाजिरी जमानीमा छाड्न उनको फाइल सरकारी वकिल कार्यालयमा पठाएपछि त्यहीँबाट रिहा भएका सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए। सरकारी वकिल कार्यालयको रायपछि महरालाई छोरा निर्मल महराको जिम्मा लगाएको छ। पूर्वसभामुखसमेत रहेका महरालाई सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा सीआइबीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो।...
रास्ट्रसेवादेखि विवाह बन्दनसम्म !

रास्ट्रसेवादेखि विवाह बन्दनसम्म !

ब्यानर समाचार, समाज
विवाह उमेर पुगेका युवायुवती बिच हुने आत्मीय बन्दन हो । विवाह सामान्य कुरा भएता पनि कुनै कुनै विवाह भने समाजमा फरकपनको हुने गर्दछ । एउटै पेशामा रहेर काम गर्दा सुरु भएको प्रेम सम्बन्ध विवाहमा परिणत हुन एक प्रकारको सफलता नै हो । त्यस्तै सफलताको विवाह दुई रास्ट्र सेवक प्रहरी बिच भएको छ । नेपाल प्रहरीका निरीक्षक र सशस्त्र प्रहरी निरीक्षक बिचको विवाहको विषयलाइ समेट्न खोजेका छौ । बिष्णुहरि फुयाल जो २०७१ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरे । सेवा प्रवेश गर्दा निकै उत्साहित भएका फुयाल प्रहरी संगठनमा अम्बल रहदै आएका छन । उनले ईलाका प्रहरी कार्यालयल चिसापानीको प्रमुख, महानगरीय ट्राफिक प्रहरी वृत्त दरबारमार्गको प्रमुख, जिल्ला प्रहरी कार्यालय नुवाकोट र प्रहरी वृत्त जगातीकोे अपराध अनुसन्धान शाखा प्रमुखरहि सफलता पूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका छन् । प्रहरी भित्रकै कमाण्डो तालिम पुरा ...
राष्ट्रिय सभा सदस्य निर्वाचन : मधेश प्रदेशमा २ मतदाता बाहेक सबैले गरे मतदान

राष्ट्रिय सभा सदस्य निर्वाचन : मधेश प्रदेशमा २ मतदाता बाहेक सबैले गरे मतदान

ब्यानर समाचार, मुख्य समाचार
  जनकपुरधाम - मधेश प्रदेशमा रिक्त रहेको अन्य र महिला तर्फको राष्ट्रिय सभा सदस्य पदका लागि भएको मतदानमा दुई जना मतदाता बाहेक सबैले मतदान गरेका छन् । बिहान ९ बजेदेखि ३ बजेसम्म मतदानको समय रहेकोमा हालसम्ममा प्रदेशसभा तर्फका १०६ जना मतदाताले मतदान गरेका छन् भने स्थानीय तर्फ २६६ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले जानकारी दिनु भएको छ । मधेश प्रदेशमा कूल मतदाता ३ सय ७४ रहेकोमा हालसम्म ३ सय ७२ जनाले मतदान गरेको उहाँले जानकारी दिनु भयो । मधेश प्रदेशमा १०७ जना प्रदेशसभा सदस्य रहेकोमा अहिलेसम्म एकजना बाहेक सबैले मतदान गर्नु भएको छ । महोत्तरीको सशस्त्र प्रहरी नायव निरीक्षक थमन विक हत्या काण्डमा जिल्ला अदालत महोत्तरीले लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रदेशमा निर्वाचित प्रदेश सभाका सदस्य अभिराम शर्मालाई जन्म कैद सुनाएको कारणले उहाँ हालसम्म मतदान गर्नु भएको छैन ...
नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशकद्वय सुनिल पौडेल र  निर्देशक विकल पौडेल पक्राउ

नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशकद्वय सुनिल पौडेल र निर्देशक विकल पौडेल पक्राउ

ब्यानर समाचार, मुख्य समाचार
काठमाडौं - नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् । गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा पनि उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेल र सुनिल पौडेललाई पक्राउ गरेको हो । दुवै जनामाथि यसअघि भ्रष्टाचारमुद्दा दायर भइसकेको छ । त्यही सिलसिलामा उनीहरुमाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरी समेत परेको थियो । अख्तियार स्रोतले भन्छ, ‘पटकपटक बोलाउँदा नआएपछि उनीहरुमाथि निगरानी बढाइएको थियो, आज पक्राउ गरिएको हो ।’ अख्तियारले दुवै जनालाई भोलि विशेष अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।...
कृष्णनगरमा निशुल्क स्वास्थ्य सिविर सन्चालन हुदै

कृष्णनगरमा निशुल्क स्वास्थ्य सिविर सन्चालन हुदै

ब्यानर समाचार, ब्यानर समाचार 2
कृष्णनगर, माघ ७ नेपाल प्रहरी श्रीमती संघको आयोजनामा निम्न मिति समय र स्थानमा विशेषज्ञ चिकित्सक सहितको निशुल्क स्वास्थ्य सिविर सन्चालन हुने हुँदा आसपासका आम नागरिकहरु उपस्थित भै स्वास्थ्य लाभ लिनहुन हार्दिक अपिल गर्दछौं । कृष्णनगर नगरपालिका वडा नं १२ हृदयनगरमा रहेको राष्ट्रीय आधारभूत विद्यालय प्राङगणमा २०८० माघ ११ गते विहिवारका दिन १० बजे देखि ५ बजेसम्म रहने छ। समन्वय जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, कृष्णनगर नगरपालिका, ईलाका प्रहरी कार्यालय कृष्णनगर रहेको छ। हाडजोर्नी ,छाला तथा यौन ,मुटु (ईसिजी समेत हुने), प्रसुती रोग, नाक कान घाँटी,सामान्य चिकित्सा लगायतका चिकित्सकहरु रहने जानकारी गराइएको छ। औषधि निशुल्क पाइनेछ साथै थप जानकारीको लागि Dpo Kapilvastu 985-7051037, Apo Krishnanagar 9857055360,984-1705137 सम्पर्क गर्न अनुरोध गरिएको छ।...
एमडिएमएस र टेरामक्ससम्बन्धी कागजात बुझाउन निर्देशन

एमडिएमएस र टेरामक्ससम्बन्धी कागजात बुझाउन निर्देशन

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ, ४ माघ : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले सो सम्बन्धमा सुरुदेखि भएका नीतिगत निर्णय खरिद प्रक्रिया भुक्तानी र कार्यान्वयनको औचित्यलगायतका विषयका कागजात यथाशक्य चाँडो बुझाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । सञ्चारमन्त्री रेखा शर्मा, सचिव रामकृष्ण सुवेदीलगायत अधिकारीसँगको छलफलपछि समितिले ती विषयमा भएका मन्त्रालयगत छानबिनको प्रतिवेदन र त्यससम्बन्धमा अदालतबाट भएका फैसलासमेत मगाइ विज्ञको परामर्शका आधारमा थप निर्णय लिने निष्कर्ष निकालेको हो । बैठकमा मन्त्री शर्माले ती प्रणालीका बारेमा विगतका सरकारले गरेका नीतिगत निर्णय र कार्यान्वयनकर्ता निकायबाट...
त्रिविका शैक्षिक प्रमाणपत्र अब अनलाइनबाटै

त्रिविका शैक्षिक प्रमाणपत्र अब अनलाइनबाटै

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ, ४ माघ : त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु नपर्ने भएको छ । पनिकाले यही माघ १५ गतेदेखि सबै शैक्षिक प्रमाणपत्रको काम अनलाइनमार्फत गर्ने र सम्बन्धित पनिकाका क्षेत्रीय कार्यालयमा पठाउने भएकाले अब विद्यार्र्थीलाई बल्खुस्थित पनिका कार्यालयमा पुग्न नपर्ने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । यही माघ १५ गतेदेखि विद्यार्थीले ट्रान्सक्रिष्ट, प्रोविजन सर्टिफिकेट, पुनर्योग, कुनै पनि प्रमाणपत्रको प्रतिलिपि तथा सच्चाउनुपर्नेजस्ता काम अनलाइनबाट गर्न थालिएको नियन्त्रक जोशीले बताउनुभयो । “अब विद्यार्थीले कुनै पनि शैक्षिक प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत फाराम भरेर शुल्क पनि इ–पेमेन्टबाट तिर्न सक्छन्”, उहाँले भन्नुभयो, “हामीले सम्बन्धित पनिकाका क्षेत्रीय कार्यालयमा विद्यार्थीका शैक्षिक प्रमाणपत्र एक हप्ताभित्र पठाउ...
जनार्दन शर्माको प्रस्तावले नेकपा माओवादी केन्द्रमा कम्पन

जनार्दन शर्माको प्रस्तावले नेकपा माओवादी केन्द्रमा कम्पन

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको नाम फेर्नेदेखि पदाधिकारीको उमेर तोक्नुपर्ने व्यवस्था पार्टी विधानमा गर्न प्रस्ताव गरेका छन्। गत शनिबार बसेको पार्टीको स्थायी समिति बैठकमा उनले नयाँ प्रस्ताव पेश गरेका हुन्। उनको प्रस्तावलाई पुरक प्रस्तावका रुपमा चर्चा गरिएको छ। पार्टीको केन्द्रिय नीति योजना कार्यान्वयनको अलवा प्रदेश र स्थानीय तहका पार्टी कमिटीलाई राजकीय पदहरुको बाँडफाड, निर्वाचन, सरकार निर्माण सम्बन्धी सवै अधिकार प्रयोग गर्ने व्यगस्था विधानमा गर्नुपर्ने प्रस्ताव शर्माकाे छ।  विधानमा व्यवस्था गर्न शर्माको प्रस्ताव – पार्टीको प्रदेश अध्यक्ष केन्द्रिय समितिको (पोलिट ब्युरो) बैठकमा उपस्थित हुन पाउने व्यवस्था विधानमा राख्ने। -सबै तहका पदाधिकारीहरु प्रतिनिधिद्वारा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने। – सबै तहका पदाधिकारीको कार्यकाल र उम...
लक्ष्मीपुर एकीकृत कृषक समूह २५औं वर्षमा प्रवेश

लक्ष्मीपुर एकीकृत कृषक समूह २५औं वर्षमा प्रवेश

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
  काठमाडौ - तारकेश्वर नगरपालिका वडा नं १ मा रहेकाे लक्षमीपुर एकीकृत समूह २५ वर्षमा प्रवेश गरेकाे छ । उक्त कुरा हिजाे पुस २८ मा आयाेजना गरिएकाे आफ्नाे २५औं वार्षिक साधारणसभाका अवसरमा वताईएकाे हाे । तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जनकाे प्रमुख आतिथ्य एवं संस्थाका अध्यक्ष श्रीराम अधिकारीकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे सञ्चालन महासचिव राजु नेपालले गरेका थिए । सहअध्यक्ष विश्वनाथ अधिकारीले स्वागत मन्तव्यबाट सुरु भएकाे उक्त कार्यक्रममा महिला उपसमिति तर्फबाट अध्यक्ष चण्डिका अधिकारीले प्रतिवेदन प्रस्तुत गरेकी थिईन भने सामुदायिक बालक्लबका अध्यक्ष श्री राेशन अधिकारीले बालक्लवकाे प्रतिवेदनहरु गरे । सचिव लक्ष्मण अधिकारिद्वारा प्रगति प्रतिवेदन प्रस्तुत भएकाे थियाे भने वन उपभाेक्ता समितिका अध्यक्ष गाेकुल नेपालबाट पनि प्रतिवेदन प्रस्तुत गरियाे । बालबालिकाले प्रस्तुत गर...
गठबन्धन एक भएर राष्ट्रिय सभाको निर्वाचनमा लड्छौँ,गठबन्धनका उमेदवार जिताउछौ – सिटौला

गठबन्धन एक भएर राष्ट्रिय सभाको निर्वाचनमा लड्छौँ,गठबन्धनका उमेदवार जिताउछौ – सिटौला

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा उमेदवार छनोट प्रक्रियामा भएका कमजोरीलाई थाती राखेर गठबन्धनका उमेदवार जिताउनुपर्ने बताएका छन् । सोमबार राष्ट्रियसभा चुनावका लागि कोसी प्रदेशमा मनोनयन दर्ता गर्दै उनले कांग्रेसले राष्ट्रियसभा उमेदवार छनोट गरेकोबारे आफूलाई पूरा जानकारी नरहेको र अब सबै एकजुट भएर गठबन्धन उमेदवार जिताउन लाग्नुपर्ने बताए । उन्ले भने "राति अबेर निर्णय भयो । कसरी भयो थाहा छैन । मैले सही कुरा बुझ्न पाएको छैन । आजको दिनमा गठबन्धनबाट नेपाली कांग्रेसहित गठबन्धनका साथीहरूले एकजुट भएर उमेदवारी दर्ता गराएका छौँ । हामी गठबन्धन एक भएर निर्वाचनमा लड्छौँ । उमेदवार छनोट गर्दा निर्णय प्रक्रियामा जे जति भएका छन्, त्यसलाई थाती राखेर गठबन्धनका उमेदवार जिताउन लाग्ने छौँ,"...