Saturday, April 27
Shadow

रास्ट्रसेवादेखि विवाह बन्दनसम्म !


  • -इ
  • इ+


विवाह उमेर पुगेका युवायुवती बिच हुने आत्मीय बन्दन हो । विवाह सामान्य कुरा भएता पनि कुनै कुनै विवाह भने समाजमा फरकपनको हुने गर्दछ ।

एउटै पेशामा रहेर काम गर्दा सुरु भएको प्रेम सम्बन्ध विवाहमा परिणत हुन एक प्रकारको सफलता नै हो । त्यस्तै सफलताको विवाह दुई रास्ट्र सेवक प्रहरी बिच भएको छ । नेपाल प्रहरीका निरीक्षक र सशस्त्र प्रहरी निरीक्षक बिचको विवाहको विषयलाइ समेट्न खोजेका छौ ।

बिष्णुहरि फुयाल जो २०७१ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरे । सेवा प्रवेश गर्दा निकै उत्साहित भएका फुयाल प्रहरी संगठनमा अम्बल रहदै आएका छन । उनले ईलाका प्रहरी कार्यालयल चिसापानीको प्रमुख, महानगरीय ट्राफिक प्रहरी वृत्त दरबारमार्गको प्रमुख, जिल्ला प्रहरी कार्यालय नुवाकोट र प्रहरी वृत्त जगातीकोे अपराध अनुसन्धान शाखा प्रमुखरहि सफलता पूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

प्रहरी भित्रकै कमाण्डो तालिम पुरा गरिसकेका निरीक्षक फुयाल पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा उसु तर्फबाट राष्ट्रिय खेलाडीको रुपमा नेपाल प्रहरीको तौल ७० के• जि• बाट सामेल भईसकेका छन् । त्यतिमात्र नभई भारतमा ११ देश समावेश भएको रणकौशल (Tactics) तालिममा नेपालको तर्फबाट दोस्रो हुन सफल भएका थिए । यी बाहेक उनले प्रहरी निरीक्षक र सहायक निरीक्षक पदको लागि अति आवश्यक पुस्तक प्रहरी सेवागत अभिवृद्धि नामक पुस्तक समेत प्रकाशन गरिसकेका छन् ।

प्रहरी सेवामा अब्बल रहदैँ आएका फुयालको रास्ट्रसेवक संगै विवाह बन्दन
करिब ५ वर्ष अगाडी निरीक्षक फुयाल सशस्त्र प्रहरी निरीक्षक पदमा नाम निकाल्न परिक्षाको तयारी गर्दै गरेका परिक्षार्थीलाई अध्यापन समेत गराउने गर्दथ्य । सोहि परिक्षार्थीको भिडमा रास्ट्रसेवा गर्ने उच्च मनोवलका साथ सैनिक विद्यालयबाट बिबिए टपर पुष्पा बानिया सहभागी हुन्छीन । सशस्त्र प्रहरी निरीक्षकमा १ नम्बरमा नाम निकाल्न सिकाउने, त्यसका लागि उचित मार्गनिर्देशनसहित पठाउने क्रममा फुयाल र बानिया एक अर्कामा परिचित हुन्छन् । दुवैको उदेश्य रास्ट्रसेवा नै भएकाले पनि चिनजान आत्मीयतामा परिणत हुन्छ ।

सिक्ने र सिकाउने क्रममा भएको चिनजान प्रेममा परिणत हुन्छ । सम्बन्ध प्रेममा मात्र सिमित रहेन । उदेश्य उन्मुख पनि भयो । प्रशिक्षकको भुमिकामा रहेका फुयालले प्रशिक्षार्थी बानियालाई सशस्त्र प्रहरी निरीक्षक पदको परिक्षाको लागि अब्बल बनाउँदै आफ्नो प्रेम सम्बन्धलाई पनि निर्वाह गरिरहे । बानियाको अथक मेहेनत र फुयालको उचित मार्गनिर्देशनले अन्तत सशस्त्र प्रहरी निरीक्षकको १५ सि.से. मा लोकसेवा आयोगले लिएको परिक्षामा बानियाले १ नम्बरमा नाम निकाल्न सफल भइन ।

लोकसेवा आयोगको परिक्षामा सशस्त्र प्रहरी निरीक्षक तर्फ १ नम्बरमा नाक निकाल्न सफल बानिया उत्कृष्ट रहदैँ वि.सं २०७८ सालमा सेवा प्रवेश गरिन । निरन्तरको प्रेम सम्बन्ध अब दुई रास्ट्रसेवक त्यसमा पनि महत्वपूर्ण जिम्मेवारी रहेको प्रहरी निरीक्षक पद । आफ्नो कर्मसहितको जिम्मेवारी र प्रेम सम्बन्धलाई एकै पेशामा रहेर निर्वाह गरिरहेका यी जोडी विवाह बन्दनसम्म बाधिएका छन् । चिनजानको सुरुवाती दिनबाट नै निरीक्षक फुयाललाई आफ्नो प्रेरणाको स्रोत मान्दै पुष्पा बानियाबाट सशस्त्र प्रहरी निरीक्षक पुष्पा बानिया हुदैँ एक असल जीवनसाथि (श्रीमति) सम्मको भूमिकामा आइपुगेकीछिन । ५ वर्षको प्रेम सम्बन्ध २०८० फागुन २२ गते विवाहमा परिणत भएको छ ।

रास्ट्रसेवा गर्ने उच्च चाहनाका साथ मेहेनतरत एक परिक्षार्थी प्रशिक्षकसंगैको प्रेम र प्रेम पश्चात पनि एक प्रेमिले आफ्नो सम्बन्धलाई प्रेममा मात्र सिमित नराखेर प्रेमिकाको लक्ष्य प्राप्तीको लागि प्रदान गरेको हौसला महत्वपूर्ण कुरा हो । वर्तमान परिवेश हेर्दा प्रेममा स्वार्थले स्थान पाइरहदाँ विभिन्न किसिमका अप्रिय घटनाहरु तपाई हामिले देख्न र सुन्न परिरहेको छ । त्यस्तो परिवेशमा यो सामाग्रीबाट पनि आम प्रेमिल जोडिले सिक्नु पर्नेकुरा प्रेम सम्बन्ध प्रेममा मात्र सिमित होइन कि एकले अर्काको भावनाको कदर गर्दै लक्ष्य प्राप्तीको सारथी बन्नु पनि हो । प्रहरी निरीक्षकद्धय विष्णुहरी फुयाल र पुष्पा बानियालाई सुखद वैवाहिक जीवनको शुभकामना ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares