Monday, April 29
Shadow

नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशकद्वय सुनिल पौडेल र निर्देशक विकल पौडेल पक्राउ


  • -इ
  • इ+

काठमाडौं – नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।

गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा पनि उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेल र सुनिल पौडेललाई पक्राउ गरेको हो ।

दुवै जनामाथि यसअघि भ्रष्टाचारमुद्दा दायर भइसकेको छ । त्यही सिलसिलामा उनीहरुमाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरी समेत परेको थियो । अख्तियार स्रोतले भन्छ, ‘पटकपटक बोलाउँदा नआएपछि उनीहरुमाथि निगरानी बढाइएको थियो, आज पक्राउ गरिएको हो ।’

अख्तियारले दुवै जनालाई भोलि विशेष अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares