Friday, April 26
Shadow

नेकपा विवाद असर : प्रदेश १ का मुख्यमन्त्री राईले गरे मन्त्री आङ्बोलाई पदमुक्त


  • -इ
  • इ+

काठमाडौँ, पुस ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर क्रमशः प्रदेशहरुमा समेत देखिन थालेको छ । शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध नेकपाकै सासंदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

यता आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक ममिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् ।

मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अनुसार सरकार ढाल्ने गतिविधिमा संलग्न रहेको र अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान सञ्चालन गरेको भन्दै मुख्यमन्त्री राईले मन्त्री आङ्बोलाई पदमुक्त गरेका हुन् ।

मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६२ को उपधारा २ अनुसार मन्त्री आङ्बोलाई बर्खास्त गरेको सुवेदीले बताए।मन्त्री आङ्बो प्रचण्ड–नेपाल समूहका हुन् भने मुख्यमन्त्री राई ओली समूहका हुन् ।९३ सदस्यीय प्रदेश सभामा नेकपाका ६७ सांसद छन् ।

त्यसमध्ये प्रचण्ड(नेपाल समुहका ४७ जना छन् भने ओली पक्षका २० जना मात्रै रहेका छन् ।

यसैबीच मुख्यमन्त्रीद्वारा बर्खास्त गरिएका प्रदेश १ का आर्थिक ममिला तथा योजनामन्त्री इन्द्र आङ्बोले मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार अविश्वास प्रस्ताव दर्ता गर्ने बताएका छन्।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares