Friday, April 26
Shadow

माधब कुमार नेपाल भन्छन्ः फेरि एक भएर अघि बढ्न सकिन्छ


  • -इ
  • इ+

काठमाण्डौं, पुष १२
नेकपा का अध्यक्ष माधब कुमार नेपालले पार्टी फेरि एक भएर अगाडी बढ्न सकिने बताउनु भएको छ र यसका लागि प्रधानमन्त्री केपि ओली सच्चिनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधी सभाको बिघटन सम्बन्धी निर्णयमा त्रूटि भयो भन्ने महसुस गर्नुहुन्छ भने हामी फेरि पनि सहकार्य गरेर अघि बढ्न चाहन्छौ र उहाले अहिलेको लडाइ के पी ओलीसँग नभएर उहाले चालेका कदम, असंबैधानिक, अप्रजातान्त्रिक कदमको बिरुद्दमा हो भन्ने बिचार राख्नुभएको छ ।

अध्यक्ष नेपालले अहिले नेकपामा भइरहेको विवाद पदका लागि नभई बिधि पद्दति र बैचारिक रहेको प्रष्ट पार्नुभयो । नेपालले प्रधानमन्त्री के पी ओलीबाट प्रधानमन्त्री र अध्यक्ष दुबै पदको प्रस्ताव आएको तर आफुले अस्विकार गरेको बताउनुभयो । अध्यक्ष नेपालले नेता तथा कार्यकतालाई बिचल्लित नपार्न सुझाब दिनुभएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares