Friday, May 3
Shadow

मिडिया मालिक र मिडिया मालिकाका गुलामी गरेर श्रमजीवी पत्रकारकाे घाँटी निमाेठ्नेहरू काउन्सिलकाे पुरूस्कृत – सम्पादक रोसन कार्की


  • -इ
  • इ+

तीब्र खबरका कार्यकारी सम्पादक रोसन कार्कीले प्रेस काउन्सिलले पुरस्कार दिनेभनेको मिडिया मालिक र मिडिया मालिकाका गुलामी गरेर श्रमजीवी पत्रकारकाे घाँटी निमाेठ्नेहरू काउन्सिलकाे पुरूस्कृत हुने सूचीमा पर्ने गरेका छन भनेर आफ्नो फेसबुक स्टाटस्मा पोस्ट गर्नु भएको छ ।
उहाको स्टाटस यस्तो छ –

याे गणेशले शिव पार्वतीकाे परिक्रमा गरेर खुशी बनाएझै त हाे नी? दु:ख गरेर पत्रकारिता गर्ने, तस्कर, भ्रष्टाचारहरूकाे दैनिक ज्यान मार्ने धम्की, रिपोर्टिङमा जादा बाटाेमै भाैतिक आक्रमणमा परेका पत्रकार याे प्रेस काउन्सिलले चिन्दैन, उसले ज्यानकाे बाजि लगाएर काम गर्ने, दलिय पत्रकारिताभन्दा माथी रहेर काम गर्ने पत्रकार सरकार र काउन्सिलले अझै चिन्दैन । चिन्छ त एनजीओ, आईएनजीओ, सरकारी सेवा सुविधा खाएका, मन्त्रीका कथित सल्लाहकार भएर अकुत रकम संकलन गरेका, गाप, नपामा नक्कली फारम भरेर नक्कली हस्ताक्षर गरेर लाखौं रूपैयाँ असुली गरेका, युनियन, चाैतारि, कान्त्रिकारी, समाजबादी पत्रकार खै केके दलका भातृसंगठनकाे पसल खाेलेर बसेकाहरू यस काउन्सिलले पुरूस्कृत गर्नु कुन नाैलाे भयाे र ? अझ यहाँ भएका अधिकाश नामका पत्रकारहरू कुन मिडियामा कृयाशिल छन् ? लेख लेख्दैमा उ कसरी पत्रकारकाे सकृयतामा गणना भयाे ? मिडिया मालिक र मिडिया मालिकाका गुलामी गरेर श्रमजीवी पत्रकारकाे घाँटी निमाेठ्नेहरू काउन्सिलकाे पुरूस्कृत हुने सूचीमा पर्ने गरेका छन् । प्राय: वर्षमै एकै व्यक्ति दाेहाेरिदै आएका छन् । यस्ताे अधैबधन्दा काउन्सिलले किन राेक्दैन ? कम्सेकम उसले लेख्ने मिडिया कुन हाे ? उसले कुन समाचार लेख्दा पुस्कृत भयाे भन्ने चाहिँ काउन्सिलले लुकाउनुकाे अर्थ के ?

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares