Saturday, April 27
Shadow

आन्दोलित कृष्णनगरका शिक्षकहरु भन्छन् , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने


  • -इ
  • इ+

– अजय मिश्र 

कृष्णनगर : असोज ४

नेपाल सरकारले विद्यालय शिक्षा विधेयक संसदकाे सचिवालयमा दर्ता गराएपछि नेपाल शिक्षक महासंघले आफ्नो माग राख्दै देशभरका शिक्षक र कर्मचारीहरु काठमाडौं केन्द्रित विधेयकको विरुद्धमा आन्दोलन सुरु गरेका छन् ।

काठमाडौं जान नसकेका शिक्षक र कर्मचारीहरुले आफ्नो माग राख्दै स्थानीय तहमा आन्दोलन सुरु गरेका छन् । त्यहि क्रममा कृष्णनगर नगरपालिकाकाे बहादुरगंज र कृष्णनगर नगरपालिकाकाे अगाडि पालिकाका सम्पूर्ण शिक्षक र कर्मचारीहरुले आफ्नो माग राख्दै विद्यालय शिक्षा विधेयक जलाएर विरोध गरेका छन् ।

विरोध कार्यक्रममा शिक्षक र कर्मचारीहरुले शिक्षककाे अधिकार सुनिश्चित गर , शिक्षक एकता जिन्दावाद , हाम्रो मान स्वाभाविक हामीलाई प्यारो छ , शिक्षा माफिया मुर्दावाद , शिक्षक प्रति विभेद अन्त्य गर , शिक्षककाे पेशागत अधिकार सुनिश्चित गर र शिक्षक ज्ञानकाे ज्याेती हाे , ज्ञान वाड्ने माेती हाे भन्ने लगायतका नारा लगाएका थिए ।

उक्त कार्यक्रम शिक्षक महासंघको संयाेजक र कृष्णनगर नगरपालिका भित्रका सम्पूर्ण शिक्षक र कर्मचारीहरुकाे आयाेजक भएको हाे ।

शिक्षक र कर्मचारीकाे माग पूरा नभए सम्मा आन्दोलन चालू रहने र विद्यालय पनि बन्द रहनेछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares