आममाफीको बारेमा सार्वजनिक रुपमा कुरा उठेपछि सरकार भाग्न मिल्दैन – गगन थापा
काठमाडौ - प्रतिनिधिसभामा बिहीबार विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगन थापाले ०५७ यताका हरेक सरकारले संविधान दिवसमा दिँदै आएको कैद माफी मिनाहा विवादरहित हुन नसकेको बताउदै थापाले कैद मिनाहा विषयमा उठेका प्रश्नमा सरकारले जवाफ दिनुपर्ने र सार्वजनिक रुपमा प्रश्न उठेपछि सरकारले यस्तो बिषयमा गम्भीर भएर जवाफ दिनुपर्ने बताए ।
पछिल्लो समय काँग्रेस सम्वद्ध तरुण दलका क्षेत्रीय सभापति नेपालगञ्जका रिगल भनिने युगनाथ ढकाल संविधान दिवसमा कैद मिनाहा भएर रिहा भएपछि सार्वजनिक रुपमा चर्को रुपमा उठेको प्रश्नको जवाफ सरकारले दिनैपर्ने उनको भनाइ थियो।
संसदले बनाएका कानुनको अपब्याख्या र दुरुपयोग गरी सरकारले कैद माफी मिनाहा दिएको भन्दै थापाले सभामुखले अग्रसरता लिएर ती कानुनका छिद्र टाल्ने गरी संशोधन गरिनुपर्ने उनको भनाइ थियो ।
मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी फौजदारी कसुर तथा सजाय निर्धारण ऐन,...









