नेकपा माओवादी केन्द्र द्वारा कृष्णनगरमा नव प्रवेशी लाई सम्मान
- अजय मिश्र
कृष्णनगर, असोज २७
नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटीले नेकपा एमाले पार्टी छोडेर नेकपा माओवादी प्रवेश गरेका संदीप मौर्य, शान्ति हरिजन तथा राम वेलास यादव लाई आज नगर कमिटीको पूर्ण बैठक कार्यक्रममा सम्मान गरिएको छ।
नगर अध्यक्ष जाबेद आलम खां को अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथीमा माओवादी केन्द्रका कपिलवस्तु जिल्ला संयोजक बिष्णु बेल्बासे, विशिष्ट अतिथिमा शान्ति देवी हरिजन, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपाली , राजेन्द्र अचार्य, राम विलास यादव लगायत अन्य रहेका थिए।
कार्यक्रममा बोल्दै बिष्णु बेल्वासेले अहिलेको वर्तमान संविधान सबै जातजाती, धर्म समुदायको अधिकार लाई लिपिबद्ध गर्ने काम नेकपा माओवादीले गरेको यस्को रक्षा पनि माओबादीले गर्ने बताए।
कार्यक्रममा बोल्दै राजेन्द्र अचार्यले देशमा भएको ठूलाठूला भ्रष्टाचारको यो सरकारले विरोधी अभि...







