Thursday, May 2
Shadow

जामिया सिराजुल उलुम अल्सल्फिया मदरसाको प्रेस विज्ञप्ति, इजरायलमा नेपालीहरूको मृत्यु प्रति दु:ख व्यक्त


  • -इ
  • इ+

– अजय मिश्र 

कृष्णनगर, असोज २४

जामिया सिराजुल उलुम अल्सल्फिया मदरसाले इजरायलमा नेपाली हरूको मृत्यु प्रति दु:ख व्यक्त गर्दै प्रेस विज्ञप्ति निकालेको छ।
हालैका दिनहरूमा प्यालेस्टिनी प्रतिरोधी संगठन ‘हमास’ले इजरायलमा गरेको अप्रत्याशित रकेट आक्रमणमा इजरायली यहूदीहरूबाहेक अन्य केही देशका नागरिक पनि मारिएका छन्। अत्यन्तै दु:खका साथ भन्नु परेको छ कि यी मृतकहरुमा हाम्रो प्यारो देश नेपालका दश जना नागरिक पनि परेका छन् । र यस दु:ख र शोकको घडीमा उहाँहरु आफ्नो देशको साथमा उभिएर मृतकहरुका परिवारजनहरुका दु:खमा सहभागी हुनुभएको छ । हाम्रो देशको सरकारी प्रशासनले यस अवसरमा राष्ट्रिय शोक घोषणा गरेको छ र शोकको अभिव्यक्तिको रूपमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ, हामी यो निर्णयको समर्थन र प्रशंसा गर्दछौं।
जामिया सिराजुल उलुम अल्सल्फिया लगायत जैद बिन साबित, आयशा सिद्दिका गर्लस कालेज, मदरसा जियाउल उलुम, मदरसा उसमान बिन अफफान लगायतले समेत सो घटना प्रति दुख व्यक्त गरिएको विज्ञप्तिमा जनाइएको छ।
जामिया सिराजुल उलुम अल्सल्फिया मदरसाका अध्यक्ष तथा राष्ट्रीय मदरसा संघका संस्थापक समिम अहमद नदवीको हस्ताक्षरित विज्ञप्ति रहेको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares