Monday, June 1
Shadow

ब्यानर समाचार 2

प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ सकियो

प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ सकियो

निर्वाचन विशेष, ब्यानर समाचार 2
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकेको छ । छपाइ भएकामध्ये प्रदेशसभा सदस्य निर्वाचनका लागि २१ लाख ३८ हजार र प्रतिनिधिसभा सदस्य निवाचनका लागि २२ लाख ५६ हजार मतपत्र रहेका छन् समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ यसअघि नै सकिएको छ । हाल जिल्ला जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी भइरहेको छ । आजसम्म ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, सिन्धुलीसहित २८ जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेशसभातर्फ...
जोशीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि  ललितपुर महानगरपालिकामा

जोशीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि ललितपुर महानगरपालिकामा

ब्यानर समाचार 2
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पुल्चोकस्थित ललितपुर महानगरपालिका भवन प्राङ्गणमा राखिएको छ । पुरातत्वविद् जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । यसअघि उहाँको पार्थिव शरीर १२ बजेसम्म श्रद्धाञ्जलिका लागि कलेज प्राङ्गणमा राखिएको थियो । त्यहाँ राजनीतिक दलका स्थानीय नेता, संस्कृति विद् तथा शुभेच्छुले श्रद्धाञ्जलि अर्पण गर्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीगणलगायत पार्टी नेता एवं समाजका विभिन्न क्षेत्रका तह र तप्काका व्यक्ति महानगरपालिका पुगेर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । पार्थिव शरीर यहाँ अपराह्न ४ बजेसम्म रहने महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभयो । ...
जोशीको निधनबाट राष्ट्रले एक अथक स्रष्टा एवं अभिभावक गुमायो : राष्ट्रपति  भण्डारी

जोशीको निधनबाट राष्ट्रले एक अथक स्रष्टा एवं अभिभावक गुमायो : राष्ट्रपति भण्डारी

ब्यानर समाचार 2
राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले जोशीको निधनबाट पीडाबोध भएकोसमेत उल्लेख गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताउनुभएको हो । राष्ट्रपतिले भन्नुभएको छ, “वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएकामा पीडाबोध भएको छ ।” जोशीको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको राष्ट्रपतिको भनाइ छ ।राष्ट्रपतिले जोशीप्रति श्रद्धाञ्जलिसमेत अर्पण गर्नुभएको छ । ...
जोशीको योगदान नेपालीका लागि चीर स्मरणीय : अध्यक्ष दाहाल

जोशीको योगदान नेपालीका लागि चीर स्मरणीय : अध्यक्ष दाहाल

ब्यानर समाचार 2
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाएर स्थापित गर्न शताब्दी पुरुष सत्यमोहन जोशीले पु¥याउनुभएको योगदान सम्पूर्ण नेपालीका लागि चीर स्मरणीय रहने बताउनुभएको छ । अध्यक्ष दाहालले आज एक शोक सन्देश जारी गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर ‘शताब्दी पुरुष’ को आज बिहान एक सय तीन वर्षको उमेरमा दुःखद् निधन भएको खबरले सबै नेपालीलाई स्तब्ध बनाएको बताउनुभएको छ । अध्यक्ष दाहालले जोशीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । एक सय तीन वर्षको उमेरसम्म पनि जोशीको सामाजिक क्रियाशीलता विश्वभरिका मानव समुदायलाई उत्पे्ररणाको स्रोत बनेर रहने उहाँको भनाइ थियो । सन्देशमा अध्यक्ष दाहालले भन्नुभएको छ, “नेपाल सरकार र नेपाली जनताले उहाँको योगदान र क्रियाशीलताको सदा...
सत्यमोहन जोशीको किष्ट अस्पतालमा निधन

सत्यमोहन जोशीको किष्ट अस्पतालमा निधन

ब्यानर समाचार 2
पिता शङ्करराज जोशी र माता राजकुमारीका सुपुत्रका रूपमा विसं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मनुभएका सत्यमोहन जोशीको आज २०७९ असोज ३० गते ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा निधन भएको छ । जोशीले विसं. २०१३ मा लोकसंस्कृति ग्रन्थमा मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । दोस्रो पटक नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थमा विसं २०१७ मा र ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि विसं २०२८ मा मदन पुरस्कार प्राप्त गर्नुभएका जोशी विसं २०१५ मा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक हुनुभएको थियो । जोशीले विसं २०१६ मा पाँचौँ शताब्दीदेखि बीसौँ शताब्दीसम्मको मुद्राको विस्तृत विवरणसहितको ‘नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशित गर्नुभएको थियो । नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासमा लागि परेका हुनाले उहाँको योगदानको कदरस्वरूप जोशीलाई सुप्रबल ...
सान्जेन जलविद्युतमा आवेदन दिने आज अन्तिम दिन

सान्जेन जलविद्युतमा आवेदन दिने आज अन्तिम दिन

ब्यानर समाचार 2, सेयर मार्केट
सान्जेन जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज असोज ३० गते अन्तिम दिन हो । सान्जेनले भदौ ५ गतेदेखि १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं ५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका वडा नं ४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आईपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यस्तै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् । लगानीकर्ताले आज आइतबार कार्यालय समयभित्र यसमा आवेदन दिन स...
ट्राफिक नियम उल्लङ्घन गर्ने  चालकमाथि कारबाही

ट्राफिक नियम उल्लङ्घन गर्ने चालकमाथि कारबाही

ब्यानर समाचार 2
ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार चार सय सात चालकलाई प्रहरीले शनिबार कारबाही गरेको छ । यसमा नम्बरप्लेट स्पष्ट नराख्ने चार सय ४६ र दिउँसै मापसे गरी सवारीसाधन चलाउने चार चालकसमेत परेका छन् । काठमाडौँ उपत्यकामा शनिबार गरिएको विशेष सवारी जाँच अभियानका क्रममा तीव्रगतिमा सवारी चलाउने एक सय ५५, अनावश्यक हर्न बजाउने पाँच र ठूलो आवाज निकाल्ने दुई मोटरसाइकलका चालकलाई कारबाहीमा गरिएको प्रहरीले जनाएको छ । त्यस्तै अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने सात सय ८८ चालक पनि कारबाहीमा परेका प्रहरीले जानकारी दिएको छ । स्पष्टरूपमा नम्बर नदेखिने र मापदण्डअनुसार नम्बरप्लेट नराख्ने सवारीसाधनको जाँच अभियानलाई काठमाडाँै उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही अभियान थालेको छ । नम्बरप्लेट स्पष्ट नराखी सवारीसाधन चलाउँदा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसारको कसूर हुनुका साथै सवारी दुर्घटनाको अनुसन्...
बुहारीलाई पढाइ नि:शुल्क

बुहारीलाई पढाइ नि:शुल्क

ब्यानर समाचार 2
झापाको गौरादह नगरपालिकाले बुहारीहरुलाई निशुल्क स्नातकसम्म अध्यापन गराउने भएको छ । गौरादह बहुमुखी क्याम्पसमा अध्ययनरत बुहारीहरुलाई मासिक शुल्क नगरपालिकाले तिरिदिने भएको छ । नगर प्रमुख छत्रपति सुवेदीले विवाहपछि महिलाले पढाइ छाड्न नपरोस भनेर यो कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले स्नातकसम्म सबै महिलाले शिक्षा पाउन भन्ने उद्देश्यका साथ कार्यक्रम ल्याइएको हो । यस्तै नगरपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवाअन्र्तगत ५५ महिलाले अस्पतालसम्म पुग्न यो सेवा लिएको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिनुभयो । ...
निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापनसम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन

निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापनसम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन

निर्वाचन विशेष, ब्यानर समाचार 2
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन लागि निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापनसम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । आयोगको कान्तिपथस्थित कार्यालयमा आयोजित कार्यक्रमको शुभारम्भमा निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचनको परिचालनमा जनशक्ति परिचालन र सामग्री तथा जिन्सी व्यवस्थापन महत्वपूर्ण पक्ष भएकाले आफूले गर्नुपर्ने कामबारे स्पष्ट बोध नभएमा त्रुटि हुनसक्ने भएकाले यस सवालमा सम्बन्धित प्रशिक्षक र कर्मचारी संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । आयुक्त डा तुलाधरले परिचालनलाई मूलमन्त्र ठानेर स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित, पारदर्शी तथा मितव्ययी निर्वाचन गराउन आयोग चिन्तित र कटिबद्ध रहेको स्पष्ट रहेको पनि बताउनुभयो । कार्यक्रममा आयोगका सचिव गोकर्णमणि दुवाडीले जिन्सी व्यवस्थापन र आर्थिक प्रशास...
निर्वाचनका लागि प्रदेश नं १ र मधेस प्रदेशबाट मतपत्र ढुवानी सुरु

निर्वाचनका लागि प्रदेश नं १ र मधेस प्रदेशबाट मतपत्र ढुवानी सुरु

निर्वाचन विशेष, ब्यानर समाचार 2
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको छपाइ भएको मतपत्र प्रदेश नं १ र मधेस प्रदेशबाट ढुवानी सुरु गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हालसम्म खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा उक्त मतपत्र ढुवानी भएको छ । उक्त प्रणालीका लागि कूल चार करोड छ लाख पाँच हजार मतपत्रको छपाइ सम्पन्न भएको थियो । प्रतिनिधिसभातर्फको समानुपातिक प्रणालीका लागि दुई करोड चार लाख २१ हजार मतपत्रको छपाइ सम्पन्न भएको भने सातवटै प्रदेशका लागि समानुपातिकतर्फ दुई करोड एक लाख ८४ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आजसम्ममा १७ लाख ...