नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का आगामी मङ्सिर ४ गते हुने चुनावका सन्दर्भमा चुनावी अभियानका लागि आज गृहजिल्ला सुर्खेत आइपुग्नुभएको छ । खड्का सुर्खेत क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार हुनुहुन्छ । चुनावी अभियानका लागि आज काठमाडौँदेखि सुर्खेत आइपुग्नुभएका खड्का क्षेत्र नं १ का नागरिकसँग भेटघाटमा व्यस्त रहनुभएको छ ।
गुर्भाकोट नगरपालिकास्थित सिटीहलमा आजै आयोजित कार्यक्रमलाई नागरिकका लोकतान्त्रिक अधिकारलाई स्थापित गर्न र अधिनायकवादी प्रवृत्तिका विरूद्ध सङ्घर्ष गर्नका लागि पुनः एकपटक मुलुकको परिवर्तनकारी शक्तिलाई नेतृत्वदायी भूमिकामा पु¥याउन मतदातासँग अपिल गर्नुभएको छ ।
खड्काले प्रदेश र केन्द्र सरकार वाम–लोकतान्त्रिक गठबन्धनको बनेपछि मात्रै कर्णालीको प्रचुर सम्भावनालाई अवसरमा बदल्न सकिने बताउनुभयो । सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले जिल्लामा आफूहरूले सुरु गरेका विकास निर्माण काम पूरा गर्न र कृषि रोजगार, शिक्षा स्वास्थ्यमा सबै नागरिकको पहुँच पु¥याउने काममा आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।
“कर्णालीबाट राष्ट्रिय राजनीतिमा सधैँ मैले समन्वयकारी भूमिका निर्वाह गरेको छु, अब देशको भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न समन्वयकारीसँगै हस्तक्षेपकारी भूमिका मेरो रहन्छ”, उहाँले भन्नुभयो, “सुर्खेतसहित कर्णालीका हरेक समस्या समाधानका लागि मेरो भूमिका रहँदै आएको छ र रहेनछ ।”