Sunday, May 31
Shadow

ब्यानर समाचार 2

फेरि डा. गोविन्द केसीको अनसन सुरु

फेरि डा. गोविन्द केसीको अनसन सुरु

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाडौं- चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीले २० औ सत्याग्रह २ साता पछि सारेका छन्। सरकारी पक्षद्वारा आफ्ना माग पूरा गर्न केही समय मागेकाले सत्याग्रहको कार्यक्रम दुई साता सारेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। यसबीचमा माग पुरा नभए यही भाद्र २७ गतेदेखि सत्याग्रह सुरु गर्ने डा. केसीले बताए। यसअघि केसीले भदौ १२ देखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका थिए। केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनसार बढाउन माग गरेका छन्।त्यसैगरी जनसंख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्दै सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गर्नुप...
चीन-ताइवान: दुई अमेरिकी युद्धपोत ताइवानतर्फ अघि बढ्दै

चीन-ताइवान: दुई अमेरिकी युद्धपोत ताइवानतर्फ अघि बढ्दै

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
दुई अमेरिकी युद्धपोतहरू ताइवान स्ट्रेट हुँदै अगाडि बढिरहेको अमेरिकी नौसेनाले घोषणा गरेको छ। अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पलोसीको अगस्ट महिनाको सुरुमा भएको ताइवान भ्रमण पछि उत्पन्न तनावमाझ यस्तो पहिलो अभ्यास हुन लागेको हो। सो भ्रमणको विरोधमा चीनले त्यस क्षेत्रमा सैन्य अभ्यास गरेको थियो। उक्त जलमार्गमा पछिल्ला वर्षहरूमा अमेरिका र अन्य पश्चिमा नौसेनाले नियमित रूपमा आवतजावत गर्ने गरेका छन्। वासिङ्टनले ती दुई गाइडेड मिसाइल क्रुजरहरूले अन्तर्राष्ट्रिय जलक्षेत्रमा स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने अधिकार प्रयोग गर्दैछन्। बेइजिङले त्यस्ता कार्यलाई उक्साहटपूर्ण ठान्छ, ताइवान टापुलाई चिनियाँ भूभागको अभिन्न अङ्ग मान्छ।आइतवार चिनियाँ सेनाले ती दुई युद्धपोतका यात्रालाई निगरानी गर्दै उच्च सतर्कता कायम गरेको जनाएको छ। रोयटर्स समाचार संस्थाका अनुसार चिनियाँ सेनाले जस्तोसुकै...

राष्ट्रियसभामा नागरिकता विधेयक पुनर्विचारसम्बन्धी पत्र

ब्यानर समाचार 2, राजनिती
राष्ट्रियसभामा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकको सन्देश टेबुल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको हो । यसैगरी बैठकमा सचिव फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘नेपाल नागरिकता (पहिलो संशोधनन) विधेयक २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी पनि गराउनुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक आजै केहीबेरमा पुनः बस्नेछ ।...
५८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत

५८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत

टिप्स, ब्यानर समाचार 2
काठमाडौँ । सरकारले सहरी विकास मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा गरी ५८४ वटा अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । भदौ ६ गते बसेको मन्त्रिपरिषद बैठकले सहरी विकास मन्त्रालयमा ३८० वटा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा २०४ वटा गरी ५८४ जना अधिकृतस्तरका कर्मचारी अस्थायी दरबन्दी स्वीकृत गरेको हो । मंगलबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दुबै मन्त्रालयमा आर्थिक वर्ष ०७९-८० का आयोजना सञ्चालन गर्न राजपत्राङ्कित श्रेणीका कर्मचारीको दरबन्दी थप गर्ने निर्णय भएको बताएका छन् ।...
चीनमा देखियो नयाँ भाइरस, जसको कुनै खोप वा उपचार छैन !

चीनमा देखियो नयाँ भाइरस, जसको कुनै खोप वा उपचार छैन !

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, स्वास्थ्य
काठमाडौँ- चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपा भाइरस देखिएको छ । भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई सङ्क्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमुनाहरूमा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ । यो भर्खरै पत्ता लागेको हेनिपाभाइरस ज्वरोका केससँग सम्बन्धित रहेको यस भाइरसको अध्ययनमा भाग लिने विद्वानहरूले बताएका छन् । यो भाइस जनावरबाट आएको हुन सक्ने उनीहरूको भनाइ छ । सङ्क्रमित व्यक्तिहरूमा ज्वरो, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिने गरेका छन् । हेनिपाभाइरसको लागि हाल कुनै खोप वा उपचार छैन । यो सङ्क्रमणबाट अहिलेसम्म चीनमा ३५ जना सङ्क्रमित भएको जनाइएको छ । अहिले विश्वभर महामारीको स्वरूप लिएको कोभिड १९ सर्वप्रथम चीनको वुहान प्रान्तबाट उत्पत्ति भएको थियो ।...
सियो पनि बन्दैन नेपालमाः एघार महिनामा एक करोड ३० लाखभन्दा बढीको सियो भित्रियो

सियो पनि बन्दैन नेपालमाः एघार महिनामा एक करोड ३० लाखभन्दा बढीको सियो भित्रियो

आर्थिक, ब्यानर समाचार 2
काठमाडौं- कपडा सिलाउने सियो अधिकांश नेपालीको घरमा हुन्छ । तर यो सियो कहाँबाट आउँछ कमैलाई मात्र थाहा हुनेगरेको छ । धेरैलाई लाग्न सक्छ– सियो त नेपालमै बन्छ । तर यथार्थ अर्कै छ– नेपालमा सियो बन्दैन । विश्वका १२ देशबाट नेपालले सियो आयात गर्ने गर्छ । हो, पछिल्लो एघार महिना अर्थात चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा नेपालले विश्वका १२ देशबाट १ करोड ३० लाख ४० हजार रुपैयाँको सियो आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनेदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालमा उक्त मूल्य बराबरको १९ हजार ७८४ केजी सियो भित्रिएको छ । भारतदेखि अमेरिकासम्मबाट नेपालमा सियो आउने गरेको छ । विभागको तथ्याङ्कअनुसार बितेको एघार महिनामा भारत, क्यानडा, चीन, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, बेलायत र अमेरिकाबाट नेपालमा सियो आएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा व...
काठमाडौंमा भिख माग्न निषेध

काठमाडौंमा भिख माग्न निषेध

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं- काठमाडौं महानगरपालिकाले अबदेखि सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरेको छ। शुक्रबार महानगरले एक सूचना जारी गर्दै महानगरको सडक, सार्वजनिक स्थल, गल्ली, पार्क, सरकारी कार्यालयको वरिपरि, बस बिसौनी र सवारीसाधनमा बसेर भिख माग्‍न नपाइने बताएको हो। ‘महानगरपालिका क्षेत्र भित्रको सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर, सार्वजनिक सवारीसाधन र अन्य सार्वजनिक स्थानमा कसैले भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न दुरुत्साहन नगर्न तथा नगराउन काठमाडौँ महानगरपालिका नगर सभा ११औँ अधिवेशनबाट स्वीकृत नीति समेतका आधारमा यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ। सूचनामा साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घर घरमा प...
एमसीसी विरुद्ध प्रदर्शन जारी , धादिङमा बाईसीएलको प्रदर्शन

एमसीसी विरुद्ध प्रदर्शन जारी , धादिङमा बाईसीएलको प्रदर्शन

ब्यानर समाचार 2, राजनिती, स्थानिय तह
धादिङ माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) ले अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी विरुद्ध प्रदर्शन गरेको छ । आजै संसदमा एमसीसी टेबुल हुने भन्ने अनुमानका साथ विरोध प्रदर्शनलाई बृहत बनाउने योजना बनाएको बाईसीएलले आज संसदमा पेस नभए पछि प्रर्दशनलाई फरक ढंगले गरिएको संयोजक रोमी घलेले बताए । हामी सँग कुरा गर्दै अध्यक्ष घलेले भने जनतामा माओवादीले पनि भित्रभित्रै एमसीसी पास गराउने रणनीतिमा रहेको भ्रम फिजाईएको छ । कदापी हाम्रो पार्टीले संशोधन नगरि एमसीसी पास हुन नदिने बताए । राष्ट्र र राष्ट्रियताको सवालमा वाईसीएल सडक मोर्चामा अग्रपंतीमा रहँदै आएको र संशोधन नगरी एमसीसी पास हुन नदिने समेत उनले बताए । आजको प्रदर्शन साङ्केतिक रहेको समेत उनले बताए । ...
रोकियो ४ घण्टा पछि बानेश्वरमा तनाव

रोकियो ४ घण्टा पछि बानेश्वरमा तनाव

ब्यानर समाचार 2, राजनिती, समाचार
काठमाडौं । एमसीसीको विरोधमा वुधबार बिहान ११ बजेदेखि सुरु भएको प्रदर्शनका कारण तनावग्रस्त बनेको  थियो । हाल नयाँबानेश्वर क्षेत्र सामान्य बनेको छ । साढे ४ घण्टापछि स्थिति सामान्य बनेको हो । सरकारले संसदमा एमसीसी टेबल गर्ने तयारी भएपछि विप्लवसहितका ६ राजनीतिक दललगायतले विरोध प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । त्यस्तै, १३७ जना प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा रहेका छन् । ...
ट्राफिक प्रहरीलाई खुसिको खबर फेरि पाउने भए तलबको ४० प्रतिशतसम्म भत्ता

ट्राफिक प्रहरीलाई खुसिको खबर फेरि पाउने भए तलबको ४० प्रतिशतसम्म भत्ता

आर्थिक, टिप्स, ब्यानर समाचार 2, समाचार
लक्ष्मण श्रेष्ठ/पौष ९,काठमाडौं  काठमाडौं उपत्यकाका ट्राफिक प्रहरीले प्रोत्साहन भत्ता पाउने भएका छन् । बिहानदेखि रातिसम्म खटिने ट्राफिक प्रहरीको कोरोना महामारीका कारण भत्ता काटिएको थियो । तर, पुनः भत्ता पाउने गरी प्रक्रिया अघि बढेको छ । अब ट्राफिक प्रहरीले तलबसँगै अतिरिक्त भत्ता पनि पाउनेछन् । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयबाट अर्थ मन्त्रालयमा पुगेको प्रस्तावमा अर्थमन्त्रीले तोक लगाएको भन्ने जानकारी प्राप्त भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । अर्थबाट बजेट स्वीकृत भएपछि ट्राफिक प्रहरीका परिचरदेखि हवल्दारसम्मकाले तलबको ४० प्रतिशत, असई र सईले २० प्रतिशत, प्रहरी निरीक्षक र डीएसपीले १० प्रतिशत अतिरिक्त भत्ता पाउनेछन् ।  ...