Sunday, April 28
Shadow

निर्वाचन विशेष

मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन  विजयी

मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन विजयी

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ । निवर्तमान सांसद नेकपा (एमाले)का केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै २९ वर्षीय गौचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले गौचनले तीन हजार नौ सय ९२ र एमालेका तुलाचनले तीन हजार ७८ मत प्राप्त गरेका जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवीणकुमार शेरचनले १३ मत प्राप्त गर्नुभएको छ । आइतबार भएको चुनावमा मुस्ताङमा १० हजार नौ सय ५७ मतदातामध्ये सात हजार दुई सय ३० अर्थात् ६५ दशमलव ९८ प्रतिशत मत खसेको थियो ।...
काठमाडौं-४ बाट भारी मतले गगन थापा बिजयी

काठमाडौं-४ बाट भारी मतले गगन थापा बिजयी

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका छन् । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् । भट्टराईलाई थापाले ७,४५७ मतान्तरले पराजित गरे । तर औपचारिक घोषणा हुन भने बाँकी छ । ०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् । ०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए । ०६४ मा थापा समानुपातिक सांसद थिए ।  ...
नार्पाभूमिको मतपेटिका हेलिकप्टरमार्फत ल्याइँदै

नार्पाभूमिको मतपेटिका हेलिकप्टरमार्फत ल्याइँदै

निर्वाचन विशेष, ब्यानर समाचार 2
हिमाली जिल्ला मनाङको सबैभन्दा उचाइ र विकट क्षेत्रको मतपेटिका आज हेलिकप्टरमार्फत ल्याइने भएको छ । यहाँको मौसम अनुकूल भएपछि हेलिकप्टरमार्फत मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने भएको हो । हालसम्म सडक पहुँचमा नपुगेको नार्पाभूमि गाउँपालिकाका सबै मतदान केन्द्रबाट मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिने जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताउनुभयो । “चार हजार दुई सय मिटर उचाइमा रहेको मतदान केन्द्रबाट मतपेटिका ल्याउँदा हिउँमा समस्या हुनसक्छ भनेर हेलिकप्टरको व्यवस्थापन गरिएको हो”, उहाँले भन्नुभयो । “जिल्लाका अन्य मतदान केन्द्रबाट आइतबार नै मतपेटिका आइपुगेको छ । नार्पाभूमि विकट र चिसोका कारण मतपेटिका ल्याउन समस्या भएकाले हेलिकप्टरमार्फत ल्याउने व्यवस्था भएको छ”, उहाँले भन्नुभयो, “मतपेटिका आएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारीमा छौँ ।” जिल्लामा कूल ७१ दशमलव ...
चितवनमा मतगणना गरिँदै

चितवनमा मतगणना गरिँदै

निर्वाचन विशेष, ब्यानर समाचार 2
तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लाका सबै क्षेत्रमा आज बिहानबाट मत गणनाको तयारी गरिएको छ । आइतबार राति अबेरसम्म मतपेटिका ल्याउन र बुझ्न समय लागेपछि आज बिहान सर्वदलीय बैठक राखिएको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार सर्वदलीय बैठकपछि मत गणना गरिर्दै छ । क्षेत्र नम्बर १ र २ ले बिहान ८ वजेका लागि सर्बदलिय बैठक बोलाएका छन् । क्षेत्र नम्बर ३ ले बिहान ९ वजे सर्बदलिय बैठक बोलाएको छ । बैठक पछि लगत्तै गणनाको तयारी गरिएको छ । जिल्लाको क्षेत्र नं १ मा ६८.७३ प्रतिशत मत खसेको छ । सो क्षेत्रमा १ लाख ३९ हजार ८४५ मतदाता रहेका छन् । क्षेत्र नम्बर २ मा ६७.३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका छन् । क्षेत्र नम्बर ३ मा ६५.४१ प्रतिशत मात्रै मत खसेको यहाँका निर्वाचन अधिकृत हरिसिं धामीले जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख ४४ हजार २८३ मतदाता छन् । जिल्ल...
राप्रपाका विक्रम पाण्डेद्वारा  मतदान

राप्रपाका विक्रम पाण्डेद्वारा मतदान

निर्वाचन विशेष, ब्यानर समाचार 2
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेले मेघौलीबाट मतदान गर्नुभएको छ। चितवन क्षेत्र नं.३ बाट प्रतनिधिसिभामा प्रत्यक्षतर्फका उमेदवारसमेत रहनुभएका नेता पाण्डेले भरतपुर–२७ स्थित जानकी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो।
डा. भीम रावलद्वारा  मतदान

डा. भीम रावलद्वारा मतदान

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेकपा (एमाले)का नेता डा. भीम रावलले अछामबाट मतदान गरेका छन्। उनले अछाम क्षेत्र नम्बर १ मा रहेको चन्दोदय आधारभूत विद्यालयबाट पहिलो मतदान गरेका हुन्।  
कांग्रेस महामन्त्री  गगनकुमार थापाद्वारा मतदान

कांग्रेस महामन्त्री गगनकुमार थापाद्वारा मतदान

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मयुर कुण्ड पूर्वकेन्द्रबाट मतदान गर्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उहाँ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार हुनुहुन्छ ।
अर्थमन्त्री जनार्दन शर्माद्वारा मतदान

अर्थमन्त्री जनार्दन शर्माद्वारा मतदान

निर्वाचन विशेष, ब्यानर समाचार 2
अर्थमन्त्री जनार्दन शर्माले आज बिहान ७ बजे यमुना नन्द नमूना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट नगरपालिका–५ सेरीगाँउ रुकुमपश्चिम मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँ वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट रुकुमपश्चिममा उम्मेदवार हुनुहुन्छ ।
हुम्ला कारागारमा रहेका कैदीबन्दीले गरे मतदान

हुम्ला कारागारमा रहेका कैदीबन्दीले गरे मतदान

निर्वाचन विशेष, ब्यानर समाचार 2
हुम्ला कारागारमा रहेका कैदीबन्दीले मतदान गरेका छन् । बिहान ८ः३० बजेदेखि कारागार रहेका कैदीबन्दीले सामानुपातिक उम्मेदवारलाई मतदान गरेका छन् । बीस जना कैदीबन्दीमध्ये १५ जनाले मतदाताले आफ्नो मतदान गरेको जिल्ला निर्वाचन हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिनुभयो । पाँच कैदीबन्दीको मतदाता नामावली गाउँमै रहेको उहाँको भनाइ छ । कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट कैदीबन्दी कर्मचारीलगायत मतदान गर्ने निर्वाचन अधिकारी रानाको भनाइ छ । यस्तै म्यादी, तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले मतदान गरिरहेका छन् । ...
उम्मेदवार डा कोइरालाद्वारा मतदान

उम्मेदवार डा कोइरालाद्वारा मतदान

निर्वाचन विशेष, ब्यानर समाचार 2
मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभाका उम्मेदवार डा शेखर कोइरालाले आदर्श माध्यमिक विद्यालय विराटनगर–७ मा आज बिहान मतदान गर्नुभयो । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा कोइरालाले सो विद्यालयको ‘ख’ केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो ।