Friday, April 19
Shadow

मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन विजयी


  • -इ
  • इ+

मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ ।

निवर्तमान सांसद नेकपा (एमाले)का केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै २९ वर्षीय गौचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले गौचनले तीन हजार नौ सय ९२ र एमालेका तुलाचनले तीन हजार ७८ मत प्राप्त गरेका जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवीणकुमार शेरचनले १३ मत प्राप्त गर्नुभएको छ ।

आइतबार भएको चुनावमा मुस्ताङमा १० हजार नौ सय ५७ मतदातामध्ये सात हजार दुई सय ३० अर्थात् ६५ दशमलव ९८ प्रतिशत मत खसेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares