Saturday, April 20
Shadow

निर्वाचन विशेष

निर्वाचन क्षेत्रअनुसार कहाँ कति मतदाता र मतदान केन्द्र ? (सूचीसहित)

निर्वाचन क्षेत्रअनुसार कहाँ कति मतदाता र मतदान केन्द्र ? (सूचीसहित)

निर्वाचन विशेष, ब्यानर समाचार, राजनिती
काठमाडौं- निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मतदान केन्द्र र मतदान स्थल तय गरेको छ । साथै आयोगले सबै ७७ वटै जिल्ला अन्तरगत पर्ने निर्वाचन क्षेत्रका मतदाता पनि सार्वजनिक गरेको छ । आयोगले प्रतिनिधिसभा अन्तर्गतका निर्वाचन क्षेत्र, प्रदेशसभा अन्तर्गतका निर्वाचन क्षेत्रका मतदाता, मतदान केन्द्र, मतदानस्थल छुट्याएर विवरण सार्वजनिक गरेको हो । यस्तै महिला र पुरुष मतदाताको संख्याका साथै तेस्रो लिंगी मतदाताको विवरण पनि सार्वजनिक गरेको छ । आयोगले ​ मतदाता परिचयपत्रमा नाम लेखाएकामध्ये मंसिर ३ गते १८ वर्ष उमेर पुगेकाले मत खसाल्न पाउने जनाएको  छ । जसअनुसार कुल मतदाता संख्या १  करोड ७९ लाख ८ हजार ५७० जना कायम भएको आयोगले जनाएको छ।  आयोगका अनुसार कुल मतदातामध्ये महिलाको संख्या ८ लाख ४७ हजार ५७९ जना र पुरुषको संख्या ९१ लाख ४० हजार ८०६ जना रहेको जनाएको छ । यस्तै...
समानुपातिकको बन्दसूचीसहित एमाले भोलि निर्वाचन आयोग  जाने

समानुपातिकको बन्दसूचीसहित एमाले भोलि निर्वाचन आयोग  जाने

निर्वाचन विशेष, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवारको नाम तयार गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले प्रतिनिधिसभा र सातवटै प्रदेशसभाको समानुपातिक निर्वाचनतर्फको उम्मेदवारको नाम तयार पारेको हो । उक्त नाम सोमबार निर्वाचन आयोगमा बुझाइने प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । एमालेले प्रतिनिधिसभाका लागि ११० जनाको नाम प्रस्ताव गरेको छ । जसमा आदिवासी जनजातिबाट ३२ जना, खस आर्यबाट ३४ जना रहेका छन् । जसमा महिला र पुरुषको संख्या बराबर रहेको छ । त्यस्तै थारु समुदायबाट ४ महिला र ३ पुरुष गरी ७ जना, दलितमा ८ महिला र ७ पुरुष गरी १५ जना, मधेसीमा ९ महिला र ८ पुरुष गरी १७ जना र मुस्लिममा ३ महिला र २ पुरुष गरी ५ जना रहेका छन् । समग्रमा ५७ जना महिला र ५३ जना पुरुषको नाम समानुपातिक सूचीमा रहने उपमहासचिव गुरुङले बताए । एम...
नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्द सूची तयार गर्दै

नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्द सूची तयार गर्दै

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बनाउन तयारी थालेको छ । समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची तयार गर्न आज बिहान ९ बजेदेखि कांग्रेस केन्द्रीय संसदीय समितिमा विस्तृत छलफल जारी रहेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा समितिका पदाधिकारीले छुट्टाछुट्टै क्लष्टरकारुपमा व्यापक छलफल गरिरहेको र दिउँसो २ बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासहितको औपचारिक बैठक बस्ने उहाँले बताउनुभयो । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउन दलहरुलाई यही असोज २ र ३ गतेको समय निर्धारण गरेको छ ।...
सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुन्छ : मन्त्री कार्की

सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुन्छ : मन्त्री कार्की

निर्वाचन विशेष, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ-:सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूका लागि आज यहाँ आयोजित बधाई तथा सम्मान कार्यक्रममा उहाँले गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषय सकारात्मकरूपमा अघि बढेको र छिट्टै टुङ्गोमा पुग्ने उल्लेख गर्नुभयो । मुलुकलाई संविधान र समृद्धिको बाटोमा हिँडाउन गठबन्धन जरुरी रहेको उल्लेख गर्दै मन्त्री कार्कीले हिजो संविधान र लोकतन्त्र जोगाउनकै लागि गठबन्धन बनेको बताउनुभयो । “गठबन्धन दलहरुको सिद्धान्त फरक छ तर मुलुकको स्वाधीनता, लोकतन्त्र र जनताको हितका पक्षमा हाम्रो धारणा साझा छ । गठबन्धन कसैका विरुद्ध बनेको होइन”, उहा...
प्रतिनिधिसभा उम्मेदवार सिफारिस: म्याग्दी

प्रतिनिधिसभा उम्मेदवार सिफारिस: म्याग्दी

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती, समाचार
काठमाडौँ-  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) म्याग्दीले प्रतिनिधि सभाका लागि सर्वसम्मत रुपमा उम्मेदवारको सिफारिस गरेको छ । सोमबार बेनीमा सम्पन्न पार्टीको जिल्ला कमिटीको बैठकले हरिकृष्ण श्रेष्ठलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउन सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो । उहाँ एमाले गण्डकी प्रदेश कमिटीका सचिबालय सदस्य समेत हुनुहुन्छ । बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ नरदेवी पुन र केपी (केदार प्रसाद) अधिकारीको नाम सिफारिस गरेको जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवालले जानकारी दिनुभयो । प्रदेशसभा (क) मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, नेताहरु सन्तोष रावल, लोक भण्डारी, नारायण जिसी, हेमकुमारी पुन, शिवकुमार बरुवाल र प्रकाश पौडेललाई सिफारिस गरिएको जनाइएको छ । प्रदेश...
ज्ञानेन्द्रबहादुर कार्की : सुनसरी क्षेत्र नं ४ बाट एकल सिफारिस

ज्ञानेन्द्रबहादुर कार्की : सुनसरी क्षेत्र नं ४ बाट एकल सिफारिस

निर्वाचन विशेष, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस हुनुभएको छ । सोही क्षेत्रबाट प्रतिनिधिसभाका सांसद उहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता समेत हुनुहुन्छ । केन्द्रीय सदस्य कार्कीलाई प्रतिनिधिसभा सदस्यका लागि सुनसरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष तर्फको निर्वाचनमा एकल नाम सिफारिस भएको कांग्रेसका क्षेत्रीय सचिव रोशनकुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ डा अबुल हुसेन अन्सारी, डिल्ली कार्की, जमिल अख्तर अजाद मियाँ, राधिका कटुवाल, अलाउद्दीन हुसेन, इरुफान मियाँ, मीरा पोखरेल, चनरदेव मेहता र टीकाबहादुर कटुवाल सिफारिस हुनुभएकोछ । त्यसैगरी क्षेत्र नम्बर ४(क)बाट १० जनाको नाम सिफारिस गरिएको छ । यसरी सिफारिस हुनुहुनेमा रेवतीरमण दुलाल, उप...
राजनीतिक पार्टीहरु उम्मेदवार चयनमा  व्यस्त

राजनीतिक पार्टीहरु उम्मेदवार चयनमा व्यस्त

निर्वाचन विशेष, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरुले धमाधम आफ्ना उम्मेदवार सिफारिस सुरु गरेका छन् । नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)का आन्तरिक बैठकबाट उम्मेदवार सिफारिस सुरु गरेका हुन् । एमाले कास्कीका तीनवटै क्षेत्रीय निर्वाचन समन्वय कमिटीले आइतबार प्रतिनिधिसभा सदस्यका लागि आकाङ्क्षीको नाम सिफारिस गरेका छ । एमालेले गत शनिबार प्रदेशसभाका उम्मेदवार सिफारिस गरेको थियो । कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट १५ , क्षेत्र नम्बर २ बाट चार र क्षेत्र नम्बर ३ बाट नौ गरी २८ जनाको नाम क्षेत्रीय समन्वय कमिटीहरुबाट जिल्ला कमिटीमा सिफारिस भएको पार्टीका जिल्ला सचिव बैनबहादुर क्षेत्री अधिकारीले जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य एवं एमालेका सङ्गठन विभाग प्रमुख खगराज अधिकारी क्षेत्र नं १ बाट प्रतिनिधिसभा र प्र...
कञ्चनपुर: कांग्रेस र एमालेद्वारा उम्मेदवार सिफारिस

कञ्चनपुर: कांग्रेस र एमालेद्वारा उम्मेदवार सिफारिस

निर्वाचन विशेष, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ-आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस र नेकपा (एमाले)ले उम्मेदवारको सिफारिस गरेका छन् । कांग्रेसका तीन वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले आ–आफ्नो क्षेत्रका सम्भावित प्रतिनिधिसभा सदस्यका उम्मेदवारको नाम जिल्ला कार्यसमितिमा सिफारिस गरेको हो । कांग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दिवान विष्ट र समानुपातिकमा कृष्णादेवी गिरीको नाम सिफारिस गरेको छ । सो निर्वाचन क्षेत्रमा पर्ने दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी कांग्रेसले ३० जनाको नाम सिफारिस गरेको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा कांग्रेसले केन्द्रीय सदस्य नारायणप्रकाश साउँद, हरिप्रसाद बोहरा र प्रेम बलायरको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको क्षेत्रीय सभापति लालबहादुर सिंहले जानका...