Saturday, May 11
Shadow

निर्वाचन विशेष

उम्मेदवार डा कोइरालाद्वारा मतदान

उम्मेदवार डा कोइरालाद्वारा मतदान

निर्वाचन विशेष, ब्यानर समाचार 2
मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभाका उम्मेदवार डा शेखर कोइरालाले आदर्श माध्यमिक विद्यालय विराटनगर–७ मा आज बिहान मतदान गर्नुभयो । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा कोइरालाले सो विद्यालयको ‘ख’ केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो ।
माधवकुमार नेपालद्वारा मतदान

माधवकुमार नेपालद्वारा मतदान

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन् । उनल  रौतहट १ मा रहेको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।  नेपाल रौतहट १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।
महासचिव  शंकर पोख्रेलद्वारा मतदान

महासचिव शंकर पोख्रेलद्वारा मतदान

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले दाङको तुलसीपुर उपमहानगरपालिका–१९ स्थित बिजौरी मतदान केन्द्रबाट मतदान गरेका छन् । दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पोख्रेलले बिजौरी मतदान केन्द्रबाट मतदान गरेका हुन् । दाङ २ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेखा शर्मा पनि प्रतिस्पर्धामा छिन् । उनले घोराही उपमहानगरपालिका १८ रझेना मतदान केन्द्रबाट मतदान गरिन् । महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विहानीको घमाइलोमा तुल्सीपुर उपमहानगर पालिका वडा नम्बर १९ को जनता विद्यापीठ बिजौरी मतदान केन्द्रमा मतदान गरियो।’...
वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा मतदान

वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा मतदान

निर्वाचन विशेष, ब्यानर समाचार
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिका–२ स्थित सत्यवती मावि (ख) मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेता पौडेलले सो अवसरमा सञ्चारकर्मीसंग कुराकानी गर्दै निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउने बताउनुभएको छ ।
ऊर्जामन्त्री पम्फा भुसालले गर्नुभयो मतदान

ऊर्जामन्त्री पम्फा भुसालले गर्नुभयो मतदान

निर्वाचन विशेष, ब्यानर समाचार 2
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२ स्थित राजतीर्थ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उहाँ ललितपुर क्षेत्र नं ३ को उम्मेदवार हुनुहुन्छ । सो अवसरमा उहाँले लोकतन्त्रको अभ्यास गर्ने महत्वपूर्ण नमूनाको रुपमा मतदानलाई लिनुपर्ने टिप्पणी गर्नुभयो । ...
सभामुख अग्निप्रसाद सापकोटाद्वारा मतदान

सभामुख अग्निप्रसाद सापकोटाद्वारा मतदान

निर्वाचन विशेष, ब्यानर समाचार 2
सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकास्थित सेतीदेवी पञ्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । सभामुख सापकोटा मतदानका लागि शनिबार मात्रै सिन्धुपाल्चोक पुग्नुभएको उहाँको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
कार्यकारी निर्देशक कुलमान घिसिङद्वारा मतदान

कार्यकारी निर्देशक कुलमान घिसिङद्वारा मतदान

निर्वाचन विशेष, ब्यानर समाचार 2
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापको सुनापति गाउँपालिका–४ डहु मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँले उक्त मतदान केन्द्रबाट पहिलो मतदान गर्नुभएको हो ।  आज आइतबार आगामी पाँच वर्षका लागि उम्मेदवार चयन भइरहेको छ । ...
अध्यक्ष पुष्पकमल दाहालले शिवनगरबाट गरे मतदान

अध्यक्ष पुष्पकमल दाहालले शिवनगरबाट गरे मतदान

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन निर्वाचन क्षेत्र नम्बर-३ अन्तर्गतको शिवनगरस्थित मतदान केन्द्रमा मतदान गरेका छन् । दाहालले भरतपुर-१४ शान्तिपुर नेपाल प्रहरी विद्यालयकाे 'क' केन्द्रबाट पहिलाे मतदान गरेका हुन् । माओवादी अध्यक्ष दाहाल आफू गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार भए पनि चितवनका मतदाता हुन् । चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार चितवनमा १६२ मतदान स्थलमा ४६० मतदान केन्द्र रहेका छन् । चितवनमा कुल मतदाता ४ लाख ८ हजार ३ सय ४२ छन् ।...
आवधिक निर्वाचनको मतदान  हुँदै

आवधिक निर्वाचनको मतदान हुँदै

निर्वाचन विशेष, ब्यानर समाचार 2
लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचनअर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आज हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान हुनेछ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचन हो । यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो । एक सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समा...
महिला, कर्मचारी, निर्वाचन, मतदानस्थल

महिला, कर्मचारी, निर्वाचन, मतदानस्थल

निर्वाचन विशेष, ब्यानर समाचार 2
बर्दियाको एक मतदानस्थलमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला खटिएका छन् । गुलरिया नगरपालिका–८ महाकवि देवकोटा माविमा महिला मात्रै कार्यरत रहेको नमूना मतदान केन्द्रका मतदान अधिकृत रेविका अमात्यले जानकारी दिनुभयो । “मतदान केन्द्र र स्थलमा गरी अधिकृतसहित २४ कर्मचारी र सुरक्षाका लागि १४ महिला सुरक्षाकर्मी खटिएनु भएको छ,” उहाँले भन्नुभयो । जिल्लामा करिब तीन हजार पाँच सय सुरक्षाकर्मी र झन्डै तीन हजार कर्मचारी खटिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको भनाइ छ । जिल्लामा कूल तीन लाख १५ हजार दुई सय ८४ मतदाता छन् । जिल्लामा एक सय ५४ मतदानस्थल र तीन सय ७६ मतदान केन्द्र छन् । ...