
नमस्कारको फण्डा
‘नमस्कार’को फण्डाः–
उनताकाको कुरा हो जतिबेला म ल क्याम्पसको प्रशासनमा काम गर्थें । एकजना रामबहादुर दाइ हुनुहुन्थ्यो पालेको पदमा । एकदिन वहाले मलाई कम्पाउण्ड भित्र हिडिरहनु भएका तत्कालिन डिनसाबलाई देखाउदै चिडचिडाउदै भन्नुभयो, “हेर्नुस् न ! त्यो डिनसाब भेट्दैपिच्छे नमस्कार खोज्नुहुन्छ । विहान देखि वेलुकासम्म । नमस्कार नगरे जागिरै खाईदिउला जस्तो गर्नुहुन्छ ।” वहाको मेसेज जटील, दुर्वोध्य र असम्प्रेषणीय थिएन । मनको आगो ओकल्नुभयो वहाले । मलाई लग्थ्यो, ‘यी डिनसाव पनि कति अहंकारको कुपोषणको चक्रमा श्वास धानीरहेका होलान्, अहंकारका पुत्ला ! एकपटक विहान भेटहुदाँ नमस्कार गरे त भै हाल्यो नि !’
मेरा एकजना अनन्य वकिलमित्रले एकपटक आफ्नो मनमा उठेका यस्तै तरंग यसरी सुनाउनु भएथ्यो, “हेर्नोस् न, त्यो मान्छे ! हामीसँगै ल सोसाईटिले कानुनी साक्षरता कार्यक्रम गर्दा देशका विभिन्न ठाँउहरुमा गयौं । म भन्दा पछिल...