Thursday, April 25
Shadow

टिप्स

५८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत

५८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत

टिप्स, ब्यानर समाचार 2
काठमाडौँ । सरकारले सहरी विकास मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा गरी ५८४ वटा अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । भदौ ६ गते बसेको मन्त्रिपरिषद बैठकले सहरी विकास मन्त्रालयमा ३८० वटा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा २०४ वटा गरी ५८४ जना अधिकृतस्तरका कर्मचारी अस्थायी दरबन्दी स्वीकृत गरेको हो । मंगलबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दुबै मन्त्रालयमा आर्थिक वर्ष ०७९-८० का आयोजना सञ्चालन गर्न राजपत्राङ्कित श्रेणीका कर्मचारीको दरबन्दी थप गर्ने निर्णय भएको बताएका छन् ।...
सिर्जनशील लघुवित्तको आइपिओ आउँदै

सिर्जनशील लघुवित्तको आइपिओ आउँदै

आर्थिक, टिप्स
काठमाडौं- सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही भदौ १५ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु तीन करोड तिरान्नब्बे लाख ७५ हजार मूल्य बराबरको तीन लाख ९३ हजार सात सय ५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गर्न लागेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल जारी पुँजीको शुन्ना दशमलव पाँच प्रतिशत अर्थात् पाँच हजार चार सय ७० कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् १९ हजार छ सय ९० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी तीन लाख ६८ हजार पाँच सय ९० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ । सर्वसाधारणले यही भदौ १९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता शेयर खरिदका ला...
यस्तो छ जनैपूर्णिमाको महत्व

यस्तो छ जनैपूर्णिमाको महत्व

जिवनसैली, टिप्स, ब्यानर समाचार, समाज
काठमाडौं- यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइदै छ । शास्त्रीय नियमअनुसार श्रावण महिना र श्रवण नक्षत्रले युक्त पूर्णिमामा तिथिमा जनैपूर्णिमा पर्व मनाउने शास्त्रीय वचन रहेको रहेको छ । वर्षाऋतुसँग सम्बद्ध पूर्णिमाका दिन ऋषिको आराधना गरिने तथा तर्पण, मार्जन हुनाले यो पर्वलाई ऋषितर्पणीका नामबाट पनि बुझ्ने गरिएको छ । तिथिमा पूर्णता प्रदान गर्ने भएकाले हरेक पूर्णिमाको छुट्टाछुट्टै महत्व रहँदै आएको छ । सूर्य तथा चन्द्रमा समसप्तक हुने विशेष अवस्था नै पूर्णिमा हो। पूर्णिमा तिथिको समागमनमा विशेषगरी जल र वातावरणमा विशेष उर्जा हुने हुँदा यसले प्रतक्ष रुपमा सम्पूर्ण चराचर जगतमा छुट्टाछुट्टै प्रभाव पार्ने गर्दछ । चन्द्रमाको प्रभाव मन र मस्तिष्कमा अत्यधिक पर्ने हुदा धेरै मानिसको जीवनमा औंसी र पूर्णिमाको प्रभाव फरक फरक तरिकाबाट परिरहेको हुन्छ ।  चन्द्रमाले यस तिथिक...
बत्ती जाने र भोल्टेज कम हुने समस्या किन ?

बत्ती जाने र भोल्टेज कम हुने समस्या किन ?

टिप्स, मुख्य समाचार, समाज
काठमाण्डौँ, पुष १५ तपाईं बसेको ठाउँमा झ्याप्प बिजुली आउने–जाने भइरहेको छ ? कतै कम भोल्टेज भएर काम रोकिएको पनि होला । केही दिन यता काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा यसरी विद्युत् आपूर्तिमा समस्या देखिएको छ । चिसोका कारण बिजुलीको माग अधिक र ओभरलोडेड विद्युत् प्रसारण हुँदा पुराना उपकरणमा समस्या भएपछि विभिन्न स्थानहरूमा विद्युत् आपूर्तिमा समस्या आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । केही दिनयता काठमाडौँ उपत्यकासहित देशका केही भागमा बत्ती जाने मात्र नभई कतिपय स्थानमा भोल्टेज कम हुने समस्या पनि बढेको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले अत्यधिक माग भएर वितरण प्रणालीमा समस्या भएका कारण विद्युत् आपूर्तिमा समस्या आएको बताए ।...
चिसो बढे संगै एक हप्ताका लागि विद्यालय बन्द

चिसो बढे संगै एक हप्ताका लागि विद्यालय बन्द

जिवनसैली, टिप्स, मुख्य समाचार, मौसम, शिक्षा, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, पुष १५ बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई चिसाले अन्य स्वास्थ्य समस्या हुने देखिएको हुँदा यही पुस २१ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिएको जनाएको हो । जाडो बढेका कारण अहिलेलाई विद्यालय बन्द गरेर पुस २२ गतेदेखि मात्रै विद्यालय सञ्चालन गर्न नगरपालिकाले नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई आग्रह गरेको हो ।...
ट्राफिक प्रहरीलाई खुसिको खबर फेरि पाउने भए तलबको ४० प्रतिशतसम्म भत्ता

ट्राफिक प्रहरीलाई खुसिको खबर फेरि पाउने भए तलबको ४० प्रतिशतसम्म भत्ता

आर्थिक, टिप्स, ब्यानर समाचार 2, समाचार
लक्ष्मण श्रेष्ठ/पौष ९,काठमाडौं  काठमाडौं उपत्यकाका ट्राफिक प्रहरीले प्रोत्साहन भत्ता पाउने भएका छन् । बिहानदेखि रातिसम्म खटिने ट्राफिक प्रहरीको कोरोना महामारीका कारण भत्ता काटिएको थियो । तर, पुनः भत्ता पाउने गरी प्रक्रिया अघि बढेको छ । अब ट्राफिक प्रहरीले तलबसँगै अतिरिक्त भत्ता पनि पाउनेछन् । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयबाट अर्थ मन्त्रालयमा पुगेको प्रस्तावमा अर्थमन्त्रीले तोक लगाएको भन्ने जानकारी प्राप्त भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । अर्थबाट बजेट स्वीकृत भएपछि ट्राफिक प्रहरीका परिचरदेखि हवल्दारसम्मकाले तलबको ४० प्रतिशत, असई र सईले २० प्रतिशत, प्रहरी निरीक्षक र डीएसपीले १० प्रतिशत अतिरिक्त भत्ता पाउनेछन् ।  ...
काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप : स्वयम्भू फोटोफिचर सहित (पुरा पढ्नुहोस्)

काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप : स्वयम्भू फोटोफिचर सहित (पुरा पढ्नुहोस्)

टिप्स, ब्यानर समाचार, ब्लोअप, शिक्षा, समाज
  लक्ष्मण श्रेष्ठ पौष ९,काठमाडौं । काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो। यसलाई महाचैत्य पनि भनिन्छ । उपत्यकामा पानी भरिएको बेलामा यहाँ बिपस्वी बुद्ध आएर तीनपल्ट वरिपरीको पहाडमा घुमेर नागार्जुनको टुप्पोमा बसि तपस्या गरेका थिए ‘त्यसपछि बैशाख पूर्णिमाको दिन कमलको बीउ दक्षिण फर्कि ‘मन्त्र गरी दहमा रोपेका थिए । अर्को सालको बैशाख पूर्णिमाको दिन कमलको फूल उम्रेको जसमा पञ्चरश्मि सहित स्वयम्भु महाचैत्यको उत्पति भएको मानिन्छ। स्वयम्भूको स्तूप काठमाडौँमा अवस्थित छ। संस्कृतबाट स्वयम्भूको अर्थ स्वयं उत्पत्ति भएको भूमि भन्ने बुझिन्छ। काठमाडौँ उपत्यकाको स्थापना र नेपालको ईतिहासमा पनि यसको ठूलो भूमिका रहेको छ। भगवान मन्जुश्रीले पनि काठमाडौँको स्थापना गर्नु अघि यो भूमिमा बसेर तपस्या गर्नु भएको उल्लेखित पुरानो ग्रन्थहरूमा पाईन्छ। नेवारीबाट स्येँको अर्थ स्वय...
छ्हारी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा मङ्सिर २५ गते हुने

छ्हारी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा मङ्सिर २५ गते हुने

आर्थिक, टिप्स, समाचार
दिपक न्यौपाने,नुवाकोट, मंसिर २० बेल्कोटगढी नगरपालिकामा रहेकोे छ्हारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभामा सम्पुर्ण सेयर सदस्यलाई उपस्थितको लागि अनुरोध गरेको छ। यस संस्थाले १५ औं बर्ष पार गरी १६ औं बर्षमा प्रवेश गरेको छ । संस्थाले वार्षिक उत्सवको अबसरमा ७५ बर्ष भन्दा माथिका सेयर सदस्यलाई सम्मान र सेयर सदस्यका छोरा छोरीले २०७७ सालको परिक्षामा विशिष्ट श्रेणी वा सो भन्दा माथी अङ्क ल्याइ उर्तिण गरेकालाई सम्मान गर्ने कार्यक्रम रहेको छ। कार्यक्रम मङ्सिर २५ गते बिहान ठिक ११ बजे बेल्कोट भज्याङ्ग मा.बि मा हुने सो सस्थाका अध्यक्ष नारायण प्रसाद खनालले बताउनु भयो । साथै समयमा उपस्थित हुने सेयर सदस्य र कार्यक्रमको अन्तिम सम्म बस्ने सेयर सदस्य बाट गोलाप्रथा गरी १/१ जनालाई पुरस्कार दिने ब्यबस्था रहेको छ। साधारण सभामा उपस्थित हुने सेयर सदस्यलाई खाजा बापत २५० रुपैया उपलब्ध गर...
राप्रपा महाधिवेशन : भृकुटीमण्डपमा उद्घाटन हुने

राप्रपा महाधिवेशन : भृकुटीमण्डपमा उद्घाटन हुने

टिप्स, मुख्य समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २ राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको उद्घाटन काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । ११-१३ मंसिरमा तय भएको महाधिवेशनको उद्घाटन अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले गर्नेछन् । महाधिवेशनमा देश तथा विदेशबाट गरी चार हजार पाँच सय भन्दा बढी प्रतिनिधिले भाग लिने राप्रपाले जनाएको छ ।...
एशियन लाइफ इन्स्योरेन्समा जागिरको अवसर

एशियन लाइफ इन्स्योरेन्समा जागिरको अवसर

आर्थिक, जिवनसैली, टिप्स, ब्यानर समाचार 2, शिक्षा, समाचार, समाज, सुचना प्रविधि
काठमाण्डौँ, कार्तिक २८ एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरको लागि ५ जना कर्मचारीको माग गरेको छ । उपत्यका भित्रका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । कम्पनीमा आवेदन दिनको लागि स्नातकोत्तर गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेको हुनुपर्ने जनाएको छ । मंसिर ४ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । ...