Tuesday, April 16
Shadow

पीएम कप : आर्मीको लगातार तेस्रो जित, प्रदेश १ प्रतियोगिताबाट बाहिरियो


  • -इ
  • इ+

काठमाण्डौँ, माघ ७
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी कल्बले प्रदेश १ लाई ४ विकेटले हराउँदै लगातार तेस्रो जित हासिल गरेको छ । बुधबार भएको खेलमा आर्मीले प्रदेश १ लाई ४ विकेटले हराएपछि प्रदेश १ समूह ‘ए’ र प्रतियोगिताबाट औपचारिक रुपमा बाहिरिएको छ ।

जितका लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले २९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीको जितमा युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले ३१ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ३६ रनको योगदान दिए । अर्का युवा ब्याट्सम्यान भिम सार्की ६१ बलमा १ चौका र १ छक्का सहित २९ रनमा रन आउट भए ।

राजेश पुलामी २७ बलमा २ चौका र १ छक्का सहित २४ रनमा अविजित रहे । राजेशले जितको लागि तीन रन चाहिँएको अवस्थामा ज्ञानेन्द्र श्रेष्ठलाई छक्का प्रहार गर्दै खेल सकाएका थिए । योसँगै आर्मी सेमिफाइनलको नजिक पुगेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares