Saturday, April 20
Shadow

कृर्षि

काठमाण्डौमा उँखु किसान यस वर्ष पनि आन्दोलित हुन बाध्य

काठमाण्डौमा उँखु किसान यस वर्ष पनि आन्दोलित हुन बाध्य

आर्थिक, कृर्षि, मुख्य समाचार, समाज
ललित संज्याल/काठमाण्डौँ, मंसिर ३० काठमाण्डौमा उँखु किसान यस वर्ष पनि आन्दोलित हुन बाध्य भएका छन् । काठमाण्डौमा आन्दोलित किसानले आन्दोलन लाइ पनु शुरु गरेका छन् । जब सम्म किसानहरुको माग पुरा हुदैन तब सम्म उखु मिल सन्चालमा न आउने अडान लिएका किसानहरुले २०७१ साल देखिको पैसा नपाएको गुनासो गर्दै आएका छन् । गत बर्ष मंसिरमा सरकार र उखु किसान बिच ५ बुदे सम्झौता भएको १ बर्ष पुग्नै लाग्दा पनि किसानहरुको कुनै माग कार्यान्वयन र सुनुवाई नभएको हुनाले किसानहरु पुन काठमाण्डौको माईति घर मण्डलामा आन्दोलन गर्न बाध्य भएका छन । सर्लाहि देखि आएका उखु किसानको माग पुरा गरेरै घर जाने अठोट गरेका छन । बिगत १ बर्ष देखिको रकम पाउन बाँकि रहेका किसानहरु भन्छन, मिहिनेत गरेको एक पैसा पनि न छोड्ने बताएका छन । सरकारले यसरी पैसा नदिदा घर ब्यवहार चलाउन निकै कठिन भएको छ । बाल बच्चाको पढाई खर्च टार्न धेरै मुस्कील हुदै...
प्रयोगशाला सञ्चालनपछि विषादीको प्रयोगमा कमी

प्रयोगशाला सञ्चालनपछि विषादीको प्रयोगमा कमी

कृर्षि
चितवनमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा आएपछि फलफूल तथा तरकारीमा विषादीको प्रयोगमा कमी आउन थालेको छ । किसान र उपभोक्ता विषादी प्रयोग बारे सचेत हुदै गएकाले विषादी प्रयोगको मात्रामा कमी आएको हो । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको नियमित परीक्षण गर्ने गरिएको छ । शुरुको तुलनामा आजभोलि चितवनको फलफूल तथा तरकारी खान योग्य बन्दै गएको छ । भरतपुरको बजारमा आउने तरकारीमा ३५ प्रतिशतभन्दा बढी विषादी नपाइएकाले खानयोग्य रहेको छ । प्रदेश सरकार, भरतपुर महानगरपालिका, कृषि ज्ञान केन्द्र र महानगर फलफूल तथा तरकारी बजारको संयुक्त पहलमा झण्डै एक वर्ष अगाडिदेखि प्रयोगशाला सञ्चालनमा ल्याइएको थियो । प्रयोगशालाले बजारमा आएका तरकारी र फलफूलका दैनिक फरक–फरक ठाउँबाट पाँचवटा नमूना लिएर परीक्षण गरिरहेको छ ।  ...
मह उत्पादनमा  कमी, मूल्य वृद्धि

मह उत्पादनमा कमी, मूल्य वृद्धि

आर्थिक, कृर्षि, समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर २३ दाङ जिल्लामा मह उत्पादनमा गत वर्षको भन्दा कमी आएको छ भने मूल्यमा वृद्धि भएको छ । गत वर्ष हाल सम्म करिव ३ – ४ पटकसम्म मह काडेका कृषकहरुले यस वर्ष २ पटक पनि मह काड्न नपाएकोमा चिन्तित बनेका छन् । यस वर्ष पानी नपरेपछि तोरी पनि छिटो सुकेको र चिउरीको फूलमा पनि किरा देखा परेको कारण मह उत्पादनमा कमी भएको कृषकहरुको भनाइ छ । उत्पादन लिन नसकिने भएपछि अहिले जिल्लामा रहेका माहुरी कृषकहरुले चरणका लागि बाहिरी जिल्लामा लैजान थालेका छन् । जिल्लाबाट कैलाली, बर्दिया, कपिलवस्तु लगायतका स्थानमा माहुरी चराउनको लागि लगिएको छ । यता कृषि ज्ञान केन्द्रले जिल्लामा समग्र रुपमा मह उत्पादनमा कमी नहुने जनाएको छ । यस बर्ष हालसम्म जिल्लामा करिव साढे ३ सय मेट्रिक टन मह उत्पादन भएको छ । भने यस वर्ष ६ सय मेट्रिक टन उत्पादन हुने लक्ष्य रहेको छ । गत वर्ष जिल्लामा साढे ४ सय मेट्रिक टन मह उत्पादन भए...
मलेखुको माछा बजारमा चहल पहल

मलेखुको माछा बजारमा चहल पहल

आर्थिक, कृर्षि, समाचार
काठमाण्डौँ, मंसिर २३ लामो समयदेखी कोरोना संक्रमणको त्रासका कारण सुनसान बनेको धादिङको मलेखुको माछा बजारमा पर्यटकीय चहल पहल बढ्न थालेको छ । राजमार्गमा सवारी साधनहरुको चापसँगै निजी सवारीका साधनहरु दैनिक जसो वृद्धि हुन थालेपछि मलेखु बजारमा आन्तरीक पर्यटकहरुको चहलपहल बढेको हो । मलेखु मात्र नभई सुनसान बनेको धादिङको अन्य बजारहरुमा पनि केही दिन यता मानिसहरुको चाप वृद्धि भएको छ । झण्डै आठ महिनापछि पृथ्वी राजमार्गमा साविकको जस्तै सवारी सञ्चालनमा आएसगै राजमार्गहरुमा रहेका व्यापार ब्यवसायहरुमा सकारात्मक असर देखा पर्न थालेको छ ।...
कृषि परियोजनाको क्षेत्रमा राष्ट्रिय सहकारी बैंकले लगानी नगर्ने

कृषि परियोजनाको क्षेत्रमा राष्ट्रिय सहकारी बैंकले लगानी नगर्ने

कृर्षि
चालू आर्थिक वर्ष ०७७र०७८ मा कृषि तथा कृषि परियोजनाको क्षेत्रमा  राष्ट्रिय सहकारी बैंकले  लगानी नगर्ने भएको छ । गत वर्ष बैंकले कूल २७ अर्ब १५ करोड २६ लाख ४७ हजार कर्जा लगानी गरेकोमा कृषि तथा कृषि परियोजनातर्फ मात्र ७ करोड ३५ लाख ४४ हजार ९ सय ९४ रुपैंया लगानी गरेको थियो । जुन कुल लगानीको शून्य दशमलव २७ प्रतिशत मात्र हो । बैंकले चालू आ.वको कर्जा सम्बन्धी विविध शीर्षकहरु मध्यबाट कृषि सम्बन्धी लगानीको शीर्षक हटाएको हो । बैंकका अनुसार आवश्यकता र लगानीका आधारमा चालू आर्थिक वर्षमा कृषि शीर्षकको लगानी हटाउनु परेको हो । सहकारी बैंक सबै सहकारीको थोक कर्जादाता भएका कारण र कृषि क्षेत्रका लागि लगानी गर्न राष्ट्र बैंकबाट पाउने सहुलियत कर्जा समेत यसपटक उपलब्ध नभएकाले सो शीर्षक नै हटाउनुपरेको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बताउनुभयो । बैंकले वस्तुको उत्पादन, प्रशोधन, भण्डारण तथा बजारी...
आजबाट खाद्यले सुरु गर्यो खसीबोका बिक्रि

आजबाट खाद्यले सुरु गर्यो खसीबोका बिक्रि

आर्थिक, कृर्षि, जिवनसैली, ब्यानर समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, कार्तिक ३ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजबाट खसीबोकाको बिक्री गर्ने भएको छ । घटस्थापनाको भोलिपल्टबाट खसीबोका बिक्री गर्ने योजना भए पनि आजबाट मात्रै खसी बोकाको बिक्री सुरु गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका विभागीय प्रमुख श्रीमणिराज खनालले बताएका छन् । आइतबार बजारमा खसी बोकाको मूल्यको अवस्था हेरेर साँझसम्ममा खसी बोकाको मूल्य निर्धारण गरिएको छ । ‘शनिबार दुई सय खसीबोका काठमाडौ ल्याइएको छ एक दिन आराम गराएर सोमबारबाट बिक्री खुल्ला गर्ने योजना छ’खनालले भने। विगतका बर्षमा जस्तै यो बर्षपनि बजारको अवस्था हेरेर मूल्य निर्धारण हुने उनको भनाई छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रवक्ता सर्मिला न्यौपानेले यो बर्ष खसी बोका मात्रै बिक्री गर्ने बताइन । यो बर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले च्यांग्राको बिक्री नगर्ने भएको उन...
खसीबोकाको मूल्य प्रतिकिलो ५६० रुपैयाँ

खसीबोकाको मूल्य प्रतिकिलो ५६० रुपैयाँ

कृर्षि, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो ५६० रुपैयाँमा खसीबोका बिक्रीवितरण गर्ने भएको छ। दाङ र मकवानपुरको मजवानपुरबाट दसैंका लागि पहिलोचोटि खसी तथा बोका काठमाडौं आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो। निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा दस रुपैयाँ छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले बताइन्। उनका अनुसार काठमाडौं आइपुगेका चौपायाको सोमबार बिहान ८ बजेपछि बिक्रीवितरण सुरु हुनेछ। प्रतिकिलो ५५० का दरमा थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरण हुने कम्पनीले जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार सरकारी स्वामित्वमा सञ्चालित तीन संस्थानले चाडपर्वलाई लक्ष्य गर्दै सञ्चालन गर्ने सुपथ मूल्यका पसलमा दिइएको छुटस्वरुप खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुुसार...
सरकारको योजना फगत कागजमा मात्र सिमित हुँदा कृषि क्षेत्र उँभो लाग्न सकेन

सरकारको योजना फगत कागजमा मात्र सिमित हुँदा कृषि क्षेत्र उँभो लाग्न सकेन

आर्थिक, कृर्षि, विचार, समाज, सम्पादकीय, स्थानिय तह
राजेन्द्र गजुरेल नेपाल कृषिप्रधान देश हो । वास्तविक तथ्याङ्क नभएपनि बिभिन्न अनुसन्धानलाई आधार मानेर हेर्दा मुलुकमा ७० प्रतिशत भन्दा बढी जनसंख्या कृषि तथा पशुपालन पेशा अगाल्दै आएका छन । तर, बिडम्बना नेपालीलाई पुग्ने खाद्यान्न,माछा,मासु, दाल, तरकारी, फलफूल जडीबुटी, औषधि लगाएत कुनै कुराको पनि उत्पादन पर्याप्त हुन सकेको छैन र आयातमा भर पर्नुपर्ने स्थिति छ । जापान, अमेरीका, जर्मनी, अष्ट्रेलिया, ब्राजिल लगाएतका देशहरूमा कृषिमा १०÷१५ प्रतिशत मानिसहरु मात्र सहभागि हुँदा पनि लगभग ५० प्रतिशत भन्दा बढी कृषिजन्य सामाग्रिहरू निर्यात गर्न सकेका छन् । त्यसबाट उनीहरूले मनग्य विदेशी मुद्रा आर्जन गर्न सकेका छन् । देशलाई आत्मनिर्भर बनाउन सकेका छन् । तर हामीचाहिँ किन सधैँ परनिर्भरतामा बाच्नु परेको छ त ? हाम्रो लागि यो असम्भव नै हो र १ हामी पनि हाम्रो देशलाई पुग्ने मात्र होइन विदेशै निर्यात गर्न सक्ने ...
अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण

अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण

अचम्मका कुरा, अन्तरवार्ता, अन्तर्राष्ट्रिय, अपराध, आर्थिक, कृर्षि, खेलकुद, जिवनसैली, टिप्स, दुर्घटना, पत्रपत्रिका, ब्यानर समाचार, ब्लोअप, मनोरञ्जन, मुख्य समाचार, मौसम, राजनिती, विचार, समाचार, समाज, सम्पादकीय, साहित्य/कला, सुचना प्रविधि, स्थानिय तह, स्वास्थ्य
काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस कोभिड-१९ (कोरोना) संक्रमणबाट विदेशमा विभिन्‍न मितिमा संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार नौ सय १६ जना कोरोनामुक्त भएका हुन् । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म ३९ हजार पाँच सय २८ नेपाली कोरोना संक्रमित छन् । स्वास्थ्य समितिका संयोजक डा. सञ्‍जीव सापकोटाका अनुसार यो साता साउथ अफ्रिकामा रहेका एक नेपालीको मृत्यु भएको छ । समितिका अनुसार कोरोना संक्रमणका कारण विदेशमा १८ देशका २६६ जना नेपालीको मृत्यु भएको छ । समिति संयोजक डा. सापकोटाका अनुसार यो साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो । यस्तै नेपालमा मात्र ८४ हजार ५ सय ७० जना कोरोना भाइरसबाट संक्रमित भएक...
विदेशमा रहेका ३५ हजार नेपाली संक्रमित, २६६ को मृत्यु

विदेशमा रहेका ३५ हजार नेपाली संक्रमित, २६६ को मृत्यु

अचम्मका कुरा, अन्तरवार्ता, अन्तर्राष्ट्रिय, अपराध, आर्थिक, कृर्षि, खेलकुद, जिवनसैली, टिप्स, दुर्घटना, पत्रपत्रिका, ब्यानर समाचार, ब्यानर समाचार 2, ब्लोअप, मनोरञ्जन, मुख्य समाचार, मौसम, राजनिती, विचार, समाचार, समाज, सम्पादकीय, साहित्य/कला, सुचना प्रविधि, स्थानिय तह, स्वास्थ्य
काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस कोभिड-१९ (कोरोना) संक्रमणबाट विदेशमा विभिन्‍न मितिमा संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार नौ सय १६ जना कोरोनामुक्त भएका हुन् । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म ३९ हजार पाँच सय २८ नेपाली कोरोना संक्रमित छन् । स्वास्थ्य समितिका संयोजक डा. सञ्‍जीव सापकोटाका अनुसार यो साता साउथ अफ्रिकामा रहेका एक नेपालीको मृत्यु भएको छ । समितिका अनुसार कोरोना संक्रमणका कारण विदेशमा १८ देशका २६६ जना नेपालीको मृत्यु भएको छ । समिति संयोजक डा. सापकोटाका अनुसार यो साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो । यस्तै नेपालमा मात्र ८४ हजार ५ सय ७० जना कोरोना भाइरसबाट संक्रमित भएक...