Wednesday, April 24
Shadow

प्रयोगशाला सञ्चालनपछि विषादीको प्रयोगमा कमी


  • -इ
  • इ+

चितवनमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा आएपछि फलफूल तथा तरकारीमा विषादीको प्रयोगमा कमी आउन थालेको छ । किसान र उपभोक्ता विषादी प्रयोग बारे सचेत हुदै गएकाले विषादी प्रयोगको मात्रामा कमी आएको हो । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको नियमित परीक्षण गर्ने गरिएको छ ।

शुरुको तुलनामा आजभोलि चितवनको फलफूल तथा तरकारी खान योग्य बन्दै गएको छ । भरतपुरको बजारमा आउने तरकारीमा ३५ प्रतिशतभन्दा बढी विषादी नपाइएकाले खानयोग्य रहेको छ । प्रदेश सरकार, भरतपुर महानगरपालिका, कृषि ज्ञान केन्द्र र महानगर फलफूल तथा तरकारी बजारको संयुक्त पहलमा झण्डै एक वर्ष अगाडिदेखि प्रयोगशाला सञ्चालनमा ल्याइएको थियो । प्रयोगशालाले बजारमा आएका तरकारी र फलफूलका दैनिक फरक–फरक ठाउँबाट पाँचवटा नमूना लिएर परीक्षण गरिरहेको छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares