Friday, March 29
Shadow

कृषि परियोजनाको क्षेत्रमा राष्ट्रिय सहकारी बैंकले लगानी नगर्ने


  • -इ
  • इ+

चालू आर्थिक वर्ष ०७७र०७८ मा कृषि तथा कृषि परियोजनाको क्षेत्रमा  राष्ट्रिय सहकारी बैंकले  लगानी नगर्ने भएको छ । गत वर्ष बैंकले कूल २७ अर्ब १५ करोड २६ लाख ४७ हजार कर्जा लगानी गरेकोमा कृषि तथा कृषि परियोजनातर्फ मात्र ७ करोड ३५ लाख ४४ हजार ९ सय ९४ रुपैंया लगानी गरेको थियो । जुन कुल लगानीको शून्य दशमलव २७ प्रतिशत मात्र हो ।

बैंकले चालू आ.वको कर्जा सम्बन्धी विविध शीर्षकहरु मध्यबाट कृषि सम्बन्धी लगानीको शीर्षक हटाएको हो । बैंकका अनुसार आवश्यकता र लगानीका आधारमा चालू आर्थिक वर्षमा कृषि शीर्षकको लगानी हटाउनु परेको हो । सहकारी बैंक सबै सहकारीको थोक कर्जादाता भएका कारण र कृषि क्षेत्रका लागि लगानी गर्न राष्ट्र बैंकबाट पाउने सहुलियत कर्जा समेत यसपटक उपलब्ध नभएकाले सो शीर्षक नै हटाउनुपरेको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बताउनुभयो ।

बैंकले वस्तुको उत्पादन, प्रशोधन, भण्डारण तथा बजारीकरणको शीर्षकमा, गरिबी निबारणको शीर्षकमा लगायत अन्य २२ वटा शीर्षकहरुमा कर्जा लगानीको सूचना सार्वजनिक गरेको छ । कृषि कर्जा शीर्षकबाटै हटाएको बैंकले चालू आ.वमा पर्यटन शीर्षकमा भने अधिकतम ९ प्रतिशतसम्म कर्जाको व्यवस्था गरेको छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares