
जुकुनी(स्क्वास) फर्सी
काठमाडौं । स्क्वास फर्सी बाली वा लहरे बाली समूह अन्तर्गत पर्ने भए पनि खासैं लहरा भने जाँदैंन । यो एक प्रकारको तरकारी बाली हो । नेपालमा जुकिनी समूहका जातहरुको खेती गरिने भएकोले यसलाई जुकिनी स्क्वास वा जुकिनी फर्सी पनि भन्ने चलन छ । यसको बोट होचो हुन्छ, फल पनि सानो हुन्छ । यसको बढ्ने एउटै मात्र मुण्टा हुन्छ । कलिलो फल मात्र तरकारीको रुपमा खाने गरिन्छ ।यसको बेमौसमी खेती गरी कृषकहरुले आर्थिक लाभ लिइरहेका छन् । स्क्वासको छिटो उत्पादन लिन काँक्रो र करेलामा जस्तै प्लाष्टिक थैलामा बिरुवा उमारेर मुख्य खेत बारीमा सार्ने चलन छ । यसबाट थोरै जमीनमा नर्सरीको रुपमा बिरुवा हुर्काईन्छ र मुख्य खेतवारीमा सारिन्छ जस्ले गर्दा उत्पादन पनि चाँडै लिन सकिन्छ ।
१. स्क्वास फर्सी बाली कस्तो किसिमको हावापानीमा राम्ररी फस्टाउँछ ?
स्क्वास फर्सी न्यानो तथा गर्मी मौसमको बाली हो । मुख्य रुपमा बसन्त र ग्रीष्म ऋतुमा यसको...