Tuesday, May 7
Shadow

आर्थिक

भ्रमपूर्ण समाचार फैलाएको प्रति ककनी गाउँपालिकाको आपत्ति

भ्रमपूर्ण समाचार फैलाएको प्रति ककनी गाउँपालिकाको आपत्ति

आर्थिक, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, मंसिर ७ नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्षलाई जोडेर गाउँपालिकामा चरम भ्रष्टचार गरेको भन्ने समाचार भ्रमपूर्ण भएको भन्दै गाउँपालिकाले आपत्ति जनाएको छ । शनिवार नवकान्तिपुर डट कम नामक अनलाइनले ककनी गाउँपालिकामा अध्यक्षबाटै चरम भ्रष्टाचार (भिडियोसहित) भन्ने समाचार प्रकाशन गरेको थियो । जननिर्वाचित प्रतिनिधि तथा ककनी गाउँपालिकाका अध्यक्षबाटै गाउँपालिकामा जम्मा भएको राहत सामग्री अनियमितता भएको पाइएको छ । कोरोनाबाट प्रभावित आर्थिक तथा सामाजिक रूपमा पिछडिएको वर्गलाई वितरण गर्न भनेर गाउँपालिकामा जम्मा भएको खाद्यसामग्री चामल र तेल पालिका अध्यक्ष मानबहादुर लामाले अवैध रूपमा बिक्री गर्नका लागि ट्रकमा लोड गर्दै गर्दा स्थानीय जनताहरूले थाहा पाई रोकेको कुरा उक्त अनलाइनमा प्रकाशन गरिएको छ । गाउँपालिकाले आईतबार एक विज्ञप्ति जारी गर्दै उक्त समाचारमा राजनैतिक र व्यक्तिगत चरित्र अत्या हुने...
शिवम् सिमेन्ट  उद्योगमा आगलागी

शिवम् सिमेन्ट उद्योगमा आगलागी

आर्थिक, दुर्घटना, समाचार
काठमाण्डौँ, मंसिर ६ हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज विहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। उनले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको बताए । स्थानीय, प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइएको थियो ।...
हङकङमा नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी, ७ को मृत्यु

हङकङमा नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी, ७ को मृत्यु

अन्तर्राष्ट्रिय, आर्थिक, दुर्घटना, ब्यानर समाचार 2
काठमाण्डौँ, मंसिर १ हङकङमा नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी हुँदा ९ वर्षीय बच्चासहित ७ जनाको मृत्यु भएको छ । मृतकमा अधिकांश नेपाली रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । अपार्टमेन्टको फ्ल्याटमा सञ्चालित सो रेस्टुरेन्टमा आइतबार बर्डथे मनाउनका लागि मानिसहरु भेला भएको र एकाएक मध्यरातमा आगलागी हुन पुगेको समाचारमा जनाइएको छ । अधिकारीहरुका अनुसार स्थानीय यउ माउ तेइमा भएको आगलागीमा परी मृत्यु हुनेमा ३ महिला र ४ पुरुष रहेका छन् भने मृतकमा ९ वर्षीय बच्चादेखि ४० वर्ष उमेरसम्मका रहेका छन् । घटनामा ९ जना घाइते भएको र त्यसमध्ये २ को अवस्था गम्भीर रहेको छ । यो आगलागीको घटना हङकङको एक दशकयताकै सबैभन्दा ठूलो भएको समाचारमा जनाइएको छ । प्रहरी स्रोतलाई उदृत गर्दै साउथ चाइना मोर्निङ पोस्टले लेखेको छ, ‘फ्ल्याटमा नेपाली रेस्टुरेन्ट सञ्चालन गरिँदै आएको थियो जहाँ बर्थडे पार्टी भइरहेको थियो...
शिवालय बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा उदघाटन

शिवालय बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा उदघाटन

आर्थिक, मुख्य समाचार, स्थानिय तह
नुवाकोट,कार्तिक २७ ककनी गाउँपालिका वडा नं. २ मा कार्यालय रहि ककनी गाउँपालिका भर कार्यक्षेत्र भएको श्री शिवालय बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं बार्षिक साधारण सभा उदघाटन गरिएको छ । कोरोना भाईरस ( कोभिड—१९ ) माहामारिका कारण र सहकारी विभागको निर्देशन बमोजिम संथाले १४ औं बार्षिक साधारण सभा मिति २०७७ साल कार्तिक २६ गते संस्थाको संचालक समिति र अन्य समितिको सिमित सदस्यहरुको विचमा कार्यक्रमको प्रमुख अतिथिबाट बार्षिक प्रतिवेदन तथा संस्थाको सम्क्षिप्त जानकारी पुस्तिका विमोचना गरि उद्घाटन गरिएको छ भने बार्षिक साधारण सभाको कार्यक्रम टोल टोलमा सिमित शेयर सदस्यहरुको भेला आयोजना गरि प्रतिवेदन उपर छलफल गरी राय सुझाव संकलन गरी मिति २०७७ साल मंसिर ६ गते समापन गर्ने कार्यक्रम रहेको छ । १४ औं बार्षिक साधारण सभा उद्घाटन कार्याक्रममा कार्यक्रमको प्रमुख अतिथि ककनी गाउँ पालिका वडा नं. २ का वडाअध्यक्...
श्वेता खड्काले गरिन अल्टिमोडलमा लगानी

श्वेता खड्काले गरिन अल्टिमोडलमा लगानी

आर्थिक, मनोरञ्जन, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २६ अभिनेत्री, सामाजिक कार्यकर्ता र उद्यमी श्वेता खड्काले अल्टिमोडलमा महत्वपूर्ण लगानी गरेका छन र बोर्डमा अध्यक्षको रूपमा प्रवेश गर्दछन्। अल्टिमोडलले यसको सञ्चालन 2017 देखि सुरू गरेको हो र नेपालमा एक विश्वस्त अनलाइन साइटहरूको रूपमा देखा पर्दैछ। श्वेता खड्काले बिभिन्न क्षेत्रहरूमा बिभिन्न व्यवसायहरू सञ्चालन गर्छिन् र केही बर्षदेखि भएको विकास देखी इकमर्स बजारमा रुचि राखे। उनले कम्पनीमा करिब 300% बृद्धि देखी र नेपालको खुद्रा उद्योगलाई डिजिटलकरण गर्ने लक्ष्य पूरा गर्न महत्वपूर्ण लगानी गरे। अल्टिमोडल युवा उद्यमीले कलेज पछि राम्रो ईकमर्स सेवा प्रदान गर्न र अवस्थित अनलाइन खुद्रा विक्रेताहरूले छोडेको अन्तर पूरा गर्न लक्ष्यको साथ शुरू गरेका थिए। उनीहरूले एउटा सानो कोठा, केही हजार रूपैयाँबाट सुरू गरे र आफैंले वेबसाइट सिर्जना गरे किनकि उनीहरू आफैं सफ्टवेयर डेभलपर थिए। Ethnic ...
सुनको मूल्य तोलामा ३ हजार घट्यो, यस्तो छ आजको भाउ

सुनको मूल्य तोलामा ३ हजार घट्यो, यस्तो छ आजको भाउ

आर्थिक, समाचार
काठमाण्डौँ, कार्तिक २५ आज नेपाली बजारमा एकै दिन सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला तीन हजार ४०० रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको भाउ आज ९४ हजार ८०० रूपैयाँ कायम गरिएको छ । यस्तै तेजाबी सुनको भाउ ९४ हजार ३०० रूपैयाँ कायम गरिएको छ । सोमबार तेजाबी सुनको भाउ तोलामा ९७ हजार ७०० रूपैयाँ थियो । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला एक हजार २८५ रूपैयाँ कायम रहेको चाँदीको भाउ आज एक हजार २१५ रूपैयाँ कायम गरिएको छ ।...
विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य

आर्थिक, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, कार्तिक २४ सरकारले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णय गरी प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई उक्त जिम्मेवारी दिनुभएको हो । गत शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले एनइए इञ्जिनीयरिङ कम्पनीमा प्रबन्ध सञ्चालक रहेका शाक्यको काज फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा मन्त्री पुनले आइतबार अबेर शाक्यलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त कार्यकारी निर्देशकका रुपमा काम गर्ने गरी जिम्मेवारी तोक्नुभएको हो । मन्त्री पुन प्राधिकरण सञ्चालक समितिको अध्यक्ष समेत हुन् ।...
आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा तय

आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा तय

आर्थिक, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २१ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा तय गरेको छ । आज बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले यससम्बन्धी निर्णय गरेको हो । नयाँ समयसीमा अनुसार हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले २०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गरी पुस १५ सम्ममा पहिलो किस्ता लिई सक्नु पर्नेछ । त्यसैगरी, पहिलो किस्ता लिइसकेका सबै पुनर्निर्माण लाभग्राहीहरुले घर निर्माण सुरु गरी दोस्रो किस्ता लिनका लागि माघ मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ । सम्पूर्ण पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले तेस्रो तथा अन्तिम किस्ता लिनका लागि २०७८ वैशाख मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ । प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले प्राधिक...
रिलायन्स लाइफले सुरु गर्‍यो सीमित वर्षको बीमा शुल्क तिर्दा पनि पुरै जोखिम बहन गर्ने पोलिसी

रिलायन्स लाइफले सुरु गर्‍यो सीमित वर्षको बीमा शुल्क तिर्दा पनि पुरै जोखिम बहन गर्ने पोलिसी

आर्थिक, ब्यानर समाचार, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, कार्तिक १९ रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले सीमित वर्षको लागि बीमा शुल्क भुक्तानी गरेर पनि बीमालेख अवधिभर सुरक्षा पाउने लिमिटेड इन्डाउमेन्ट पोलिसी ल्याएको छ। यो योजना खरिदपछि यदि बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिले बीमा जारी र बीमा दाबीको समयावधि हेरी बीमाङ्क रकमको अधिकतम २२५ प्रतिशतसम्म र आर्जित बोनस भुक्तानी प्राप्त गर्नेछन्। यो योजना १६ वर्षदेखि ६५ वर्ष उमेर समूहकाले खरिद गर्न सक्नेछन्। यस योजनाअन्तर्गत न्यूनतम बीमाङ्क रकम ५० हजार रुपैयाँ कायम गरिएको छ भने अधिकतम बीमाङ्क रकम कम्पनीको नियम बमोजिम हुनेछ। यस योजनामा बीमाअवधि न्यूनतम १० वर्ष र अधिकतम २५ वर्षसम्म रहेको छ। योजनाको बीमाशुल्क भुक्तानी अवधि ८, १२, १६ र २० वर्ष रहेको छ। यो पोलिसी खरिद गर्दा बीमितले थप न्युनतम शुल्क भुक्तानीमा दुर्घटना मूत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुव...
एक साताभित्र बिमा भुक्तानी गर्न अर्थमन्त्री पौडेलको निर्देशन

एक साताभित्र बिमा भुक्तानी गर्न अर्थमन्त्री पौडेलको निर्देशन

आर्थिक, ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १८ कोरोना बिमाको दाबी भुक्तानीमा भइरहेको ढिलाइबारे अर्थमन्त्री विष्णु पौडेलले चासो लिनुभएको छ । मन्त्री पौडेलले मंगलबार सरोकारवालाहरुलाई बोलाएर बिमा दाबी भुक्तानीलाई सरल र सहज बनाउन निर्देशन दिनुभएको छ । मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालका अनुसार कोरोना पोजिटिभ प्रमाणित भएको अवस्थामा बिमालेख बमोजिम प्रदान गरिने बिमांक रकम एक साताभित्र भुक्तानी गर्ने निर्णय भएको छ । त्यसको अनुगमन र समन्वय बिमा समितिले गर्नेछ । कोरोना बिमा दाबी भुक्तानीमा आएका गुनासो सम्बोधन गर्न हेल्प डेस्क सञ्चालन गर्ने पनि निर्णय भएको छ । बैठकमा अर्थमन्त्रीका सचिवहरु, बिमा समितिका अध्यक्ष, नेपाल बिमक संघका अध्यक्षलगायतको उपस्थिति थियो ।...