Friday, April 19
Shadow

रामकृष्ण श्रेष्ठलाई मतदान किन ?


  • -इ
  • इ+

काठमाण्डौँ, मंसिर १२
उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा बिहीवारदेखि काठमाडौंमा शुरू भएको छ । महासंघको नयाँ कार्यसमितिका लागि कुल ६२ पदका लागि १ सय २१ जना चुनावी प्रतिस्पर्धामा छन् । महासंघको वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्ष र ६० अन्य कार्यकारिणी सदस्यहरु गरि कुल ६४ पदमा नयाँ पदाधिकारी निर्वाचित हुने छन् ।

वरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्र प्रसाद ढकाल र किशोर प्रधानबीच प्रतिस्पर्धा हुँदैछ । ढकाल अहिले एशोसिएट उपाध्यक्ष हुन् भने प्रधान जिल्ला/नगर उपाध्यक्ष हुन् । प्यानल नै बनाएर निर्वाचनमा होमिएका दुवै समूहले आफ्नो जीत हुने दावी गर्दै आएका छन् ।

ढकाल समूहमा वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघाई र जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी रहेका छन् । यस्तै प्रधान समूहमा वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन् ।

भोलि हुने महासंघको चुनावमा रामकृष्ण श्रेष्ठ मतदान किन ?
ढकाल समुह बाट वस्तुगत कार्यसमिति सदस्य उम्मेदवार हुन् रामकृष्ण श्रेष्ठ । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको अध्यक्ष समेत रहेका श्रेष्ठ विगत तीन दशक भन्दा लामो समयदेखि व्यवसायमा संलग्न छन् । सिन्धुलिमा जन्मिएका श्रेष्ठ आफ्नो युवा अवस्था देखि हाल सम्म निरन्तर व्यवसायमा नै होमिएका छन् । लामो व्यवसायिक अनुभव बोटोलेका श्रेष्ठ नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको अध्यक्ष भएर पनि व्यवसायीहरुको हक हितको पक्षमा निरन्तर लागि परेका छन् ।

नेपालको अर्थतन्त्र धान्न सक्के व्यवसायीक क्षेत्रमा ढकाल प्यानलको नेतृत्व आउँने प्रति उनि पूर्ण आशावादि छन् । मेहेनत र संघर्षबाट व्यवसायीक क्षेत्रलाई विस्तार गर्दै आएका श्रेष्ठको व्यवसायीक जीवन भोगाइ र अनुभवले पनि नेपाल भरका साना तथा ठूला व्यवसाय र व्यवसायीका समस्याहरुलाई उच्च प्राथमिकतामा राख्ने प्रति कुनै पनि दुई मत छैन् । कपडा तथा सिलाई व्यवसायमा भएका समस्याहरुलाई समाधान गर्दै व्यवसायीहरुको मन जित्दै आएका श्रेष्ठ आगामी दिनहरुमा सवै व्यवसायीहरुको समस्या पहिचान र समाधान गर्ने तर्फ लाग्ने योजनामा छन् ।

२०५५ साल भदौमा स्थापित नेपाल कपडा तथा सिलाई व्यवसायी संघको नवौं अध्यक्षसमेत रहेका श्रेष्ठ २०७५ सालमा महासंघमा रुपान्तरित भएपछि पनि अध्यक्षको जिम्मेवारीमा थिए । व्यवसायीक क्षेत्रमा नै जीवन यापन गरिरहेका श्रेष्ठ त्यसैलाई निरन्तरता दिदँै नेपालको व्यवसाय क्षेत्रलाई व्यवस्थीत र व्यवसायी मैत्रि बनाउन प्रतिवद्ध छन् । भोलि (मंसिर १३ गते) हुने महासंघको निर्वाचनमा चन्द्र प्रसाद ढकाल प्यानलबाट वस्तुगत कार्यसमिति सदस्य पदमा अत्याधिक मतले आफू र आफ्नो प्यानललाई विजयी गराउन श्रेष्ठले सबै व्यवसायीमा अपिल गरेका छन् ।

महासंघले कोरोना महामारीलाई ध्यानमा राख्दै निर्वाचनका लागि तीन स्थान तय गरेको छ । उद्योग वाणिज्य समूहका कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, एशोसिएट समूहका लागि माइतीघरस्थित कार्की ब्याङ्क्वेट र वस्तुगत संघ समूहका लागि टेकु स्थित महासंघकै सचिवालयमा निर्वाचन हुनेछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares