Thursday, March 28
Shadow

शिवालय बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा उदघाटन


  • -इ
  • इ+


नुवाकोट,कार्तिक २७
ककनी गाउँपालिका वडा नं. २ मा कार्यालय रहि ककनी गाउँपालिका भर कार्यक्षेत्र भएको श्री शिवालय बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं बार्षिक साधारण सभा उदघाटन गरिएको छ ।

कोरोना भाईरस ( कोभिड—१९ ) माहामारिका कारण र सहकारी विभागको निर्देशन बमोजिम संथाले १४ औं बार्षिक साधारण सभा मिति २०७७ साल कार्तिक २६ गते संस्थाको संचालक समिति र अन्य समितिको सिमित सदस्यहरुको विचमा कार्यक्रमको प्रमुख अतिथिबाट बार्षिक प्रतिवेदन तथा संस्थाको सम्क्षिप्त जानकारी पुस्तिका विमोचना गरि उद्घाटन गरिएको छ भने बार्षिक साधारण सभाको कार्यक्रम टोल टोलमा सिमित शेयर सदस्यहरुको भेला आयोजना गरि प्रतिवेदन उपर छलफल गरी राय सुझाव संकलन गरी मिति २०७७ साल मंसिर ६ गते समापन गर्ने कार्यक्रम रहेको छ ।

१४ औं बार्षिक साधारण सभा उद्घाटन कार्याक्रममा कार्यक्रमको प्रमुख अतिथि ककनी गाउँ पालिका वडा नं. २ का वडाअध्यक्ष श्री केदार पौडेलले देशको मुख्य आर्थिक खम्बाहरु मध्य सहकारी क्षेत्र रहेको तर राज्यको सहकारी क्षेत्रमा गरिने अनुगमन तथा सुपरिवेक्षण कमजोर रहेका कारण सहकारी संस्थाहरुमा दिनानु दिन आर्थिक अपचलनका घटनाहरु बड्दै गएको परिप्रेक्षमा शिवालय सहकारीको आन्तरिक तथा आर्थिक पक्ष राम्रो रहेकोमा प्रशंसा गर्नु भयो । संस्थाले आर्थिक तथा सामाजिक कार्यमा बार्षिक रुपमा प्रगति गरेको तथा जहाँ राम्रो हुन्छ त्यहाँ नकारात्मक कुराहरु बढीनै हुने हुँदा संस्थामा रहेको पधाधिकारीहरुलाई आफ्नो काम कर्तव्य प्रति विचलित नभईउच्च भुमिका निर्वाह गर्न शुभकामना दिनु भयो ।

१४ औै बार्षिक साधारण सभामा संस्थाको अध्यक्ष उत्तम घिमिरेले संस्थाको कारोवार उच्च रुपमा वुद्वि भएकोमा सम्पुर्ण शेयर सदस्यहरुले निभाउनु भएको भुमिका प्रति उच्च सम्मान गर्दै संस्थामा रहनु भएको पदाधिकारी शेयर सदस्यहरुलाई संस्थाको विनियम तथा निर्देशिकाहरुको अधिनमा रहि आफ्नो काम कर्तव्य प्रति विमुख नभई तोकिएको अधिकारको प्रयोग गर्न अग्रह गर्नु भयो । संस्थाको आ.व. ०७७÷०७८ मा संस्थाको आर्थिक कारोबार ५ करोड माथि जाने हुँदा संस्थालाई प्रविधी मैत्री बनाउनु पर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा संस्थाको कोषाध्यक्ष सन्तोष पुडासैनीले संस्थाको आ.व. ०७६÷०७७ मा ३ करोड ६८ लाख ५८ हजार ८ सय ५९ रुपयाँको कारोबार गरि ४ लाख ७२ हजार ३ सय ५७ रुपयाँ मुनाफा आर्जन भएको जानकारी दिनुभयो । कोभिड १९ का कारण विश्वको अर्थतन्त्र नै खराब हुदै गएको परिवेशमा यसको असर घर घर सम्म पुगेकोले शेयर सदस्यहरुलाई संस्थाले कर्जामा ब्याज छुटको तथा सहुलियतपुर्ण कर्जा लगानीको योजना ल्याएकोले यस परिस्थितिमा नआत्तिई यसलाई अवसरको रुपमा लिन आग्रह गर्नुभयो ।

१४ औ बार्षिक साधारण सभा संस्थाको सचिव शिवराम घिमिरेले संचालन गर्दै ककनी गाउँ पालिका भित्र रहेको शेयर सदस्यहरुको प्रमुख पेशाको रुपमा कृषि रहेकोले संस्थाको प्रमुख लगानी कृषि क्षेत्रमा भएको कारण आगामी बर्षहरुमा कृषिको विभिन्न तालिमहरु संचालन गरीनमुना कृषि फार्महरुमा सदस्यहरुलाई भ्रमणको ब्यवस्था मिलाउने प्रतिबद्वता व्यक्त गर्नु भयो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares