Tuesday, April 30
Shadow

सुनको मूल्य ३०० रुपैयाँले घट्यो, चाँदीको मूल्य भने स्थिर


  • -इ
  • इ+

काठमाडौँ,३१ असार । नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला ३०० सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज (आइतबार) छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० सय र तेजाबी सुन तोलामा १ लाख ११ हजार ६५० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरि, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares