काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि आज आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै छ । आज दिउँसो १ बजेका लागि तोकिएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आवका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
संयुक्त बैठकमा बजेट पेस भएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठकहरु बस्नेछन् । प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री पुनले राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्नेगरी संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।