Tuesday, April 30
Shadow

आयल निगमले आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागु गर्ने


  • -इ
  • इ+

काठमाडौँ,३१ असार । नेपाल आयल निगमले (आइतबार) आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य(अटोप्राइस) लागु गर्ने भएको छ। नेपाल आयल निगमले २०८० साउन १ गतेदेखि इन्धनमा पूर्ण रूपमा स्वचालित मूल्य कार्यान्वयनमा ल्याउने जनाएको छ ।

निगमले २०७१ सालदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गरेको थियो । सरकारको आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागू गर्ने उल्लेख गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन । स्वचालित मूल्य भनेको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासमा समेत स्वचालित मूल्य लागू गरिने निगमले जनाएको छ ।

यसअघि मूल्य घट्दा नघटाउने र बढ्दा मात्र बढाउने गर्दा प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेको थिएन ।

हाल बजारमा पेट्रोल प्रतिलिटर १७०, डिजेल र मट्टितेल १५०, हवाई इन्धन प्रतिलिटर १३६ रुपियाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपैयाँ रहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares