Sunday, April 28
Shadow

अपराध

कञ्चटमा पेस्तोल र खुकुरी देखाएर लुटपाट

कञ्चटमा पेस्तोल र खुकुरी देखाएर लुटपाट

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १३ । धनगढीमा एक व्यापारीलाई पेस्तोल र खुकुरी देखाएर लुटपाट गरिएको छ । धनगढी–अत्तरिया ६ लेन सडकको बोराडाँडीमा रहेको न्यू विशाल भण्डार किराना पसलमा प्रहरीको ज्याकेट जस्तो देखिने कपडा लगाएर मोटरसाइकलमा आएका युवकहरुले सोमबार लुटपाट गरेका हुन् । यादव प्रसाद भट्टले आफ्नै घरमा सञ्चालन गरेको किराना पसलको गल्लामा भएको ५२ हजार नगदसहित रिचार्ज कार्डहरु पेस्तोल र खुकुरी देखाएर लुटिएको बताएका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
रुकुममा चक्कु प्रहार गरी श्रीमानको हत्या

रुकुममा चक्कु प्रहार गरी श्रीमानको हत्या

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १३ । रुकुम ९पश्चिम०मा मुसिकोट नगरपालिका–८ घोरखानी, किटेनीका चित्रबहादुर थापाको हत्या भएको छ । ३९ वर्षीय श्रीमानको हत्या गरेर एक महिलाले आफैँ प्रहरीको सम्पर्कमा आएको बताएकी छन् । किटेनीकी ५० वर्षीया डल्ली बुढा आफूले श्रीमानको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा आएकी हुन् । घरायसी विवादमा धारिलो चक्कु हानेर पति थापाको हत्या गरेको प्रारम्भिक वयान दिएको प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । आइतबार बिहान ४ बजे हत्या गरी बेलुकी ५।१५ बजेतिर आफूले श्रीमान्को हत्या गरेँ भन्दै आफैँ कार्यालयमा आएको प्रनाउ केसीले बताए । त्यसपछि प्रहरी निरीक्षक कपिल शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पठाइएकामा थापाको शव आफ्नै घरभित्रै भेटिएको प्रनाउ केसीले जानकारी दिए । श्रीमती डल्लीलाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया थालिएको र शव परीक्षणका लागि जिल्ला अस्प...
चक्कु प्रहारबाट ७ जनाको मृत्यु, ७ घाइते

चक्कु प्रहारबाट ७ जनाको मृत्यु, ७ घाइते

अन्तर्राष्ट्रिय, अपराध
काठमाडौं, पुस १३ । चक्कु प्रहारबाट ७ जनाको मृत्यु भएको छ । चीनको लियाउनिङ प्रान्तमा एक ब्यक्तिको चक्कु प्रहारबाट ७ जनाको मृत्यु भएको हो । ७ जना घाइते भएका छन् । लियाउनिङ प्रान्तको काइयुआन शहरको एक विद्यालय बाहिर अज्ञात व्यक्तिले चक्कु प्रहार गरेका हुन् । मृत्यु हुनेमा अधिकांश महिला रहेका छन् । मानसिक रोगीले बदला लिन चक्कु प्रहार गरेको हुन सक्ने बताइएको छ । घटनामा संलग्नलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकका संख्या बढ्न सक्ने अनुमान गरिएको छ । एजेन्सी...
कोरोना सम्बन्धी भ्रामक समाचार लेखेको आरोपमा पत्रकार पक्राउ

कोरोना सम्बन्धी भ्रामक समाचार लेखेको आरोपमा पत्रकार पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस ११ । कोरोना सम्बन्धी भ्रामक समाचार लेखेको आरोपमा एक जना पत्रकार पक्राउ परेका छन् । यो खबर जोर्डन हो । जोर्डनमा कोरोनाभाइरस खोप राज्यमा आएको र सरकारी अधिकारीहरूले उक्त खोप लगाइसकेको भनी भ्रामक समाचार लेखेको आरोपमा ती पत्रकारलाई पक्राउ गरिएको हो । “सरकारी अधिकारीहरूले कोरोनाभाइरस खोप लगाएको भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा पत्रकार जमाल हद्दादलाई अनलाइन पत्रिका अलवाकाइका सम्पादकलाई बिहीबार पक्राउ गर्ने आदेश दिइएको छ,” राज्य सुरक्षा अदालतका अभियोजनकर्ताहरूले बताएका छन् । एएफपीले पाएको जानकारीमा देशको सुरक्षालाई नै खतरामा पार्ने र राष्ट्रघाती काम गरेको आरोप लगाइएको सरकारी अधिकारीले बताएका छन् । मुद्दाको सुनुवाईका लागि पत्रकारलाई १५ दिनसम्म नजरबन्द राख्ने आदेश दिइएको छ ।...
बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

अपराध, समाचार, समाज, स्थानिय तह
  काठमाडौं, पुस ९ । पाँचथरको हिलिहाङ गाउँपालिका–५, सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । ३१ वर्षीय धनबहादुर उभरकोटीले बुधबार राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो । टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । गएको मध्यरात करिब १ बजे घटना भएको स्थानीयबासीले बताएका छन् । घटना थाहा पाएका छिमेकीले खबर गरेपछि बिहान ३ बजे प्रहरी घटनास्थल पुगेको थियो । घटनामा संलग्न धनबहादुर फरार रहेको र खोजी कार्य जारी रहेको प्रनाउ थापाले बताए । धनबहादुरले मादकपदार्थ सेवन गरी घर आएको स्थानीयबासी र प्रहरीको अनुमान छ । मृतकका दुई छोरा छन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।...
नक्कली परीक्षार्थी बनि ईपिएस परीक्षा दिने एक जना पक्राउ, प्रतिव्यक्ति ७ लाख लिएको खुलासा

नक्कली परीक्षार्थी बनि ईपिएस परीक्षा दिने एक जना पक्राउ, प्रतिव्यक्ति ७ लाख लिएको खुलासा

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस ७ । नक्कली परीक्षार्थी बनि ईपिएस परीक्षा दिने धरानका एक जना पक्राउ परेका छन् । विभिन्न समयमा ईपिएस परीक्षामा नक्कली परीक्षार्थी बनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका–१९ घर भई काठमाडौं महानगरपालिका–५ रुद्रमतीमार्ग, कालोपुल बस्ने ५१ वर्षीय उत्तममान लिम्बुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको बागबजारस्थित एक कन्सल्टेन्सीमा कोरियन भाषाको प्रशिक्षकको रुपमा काम गर्ने उत्तम मान समेतले विभिन्न समयमा कोरियन भाषाको ईपिएस परीक्षामा सहभागी हुन आएका विद्यार्थीहरूलाई प्रभाव तथा प्रलोभनमा पारी विद्यार्थीहरुको प्रवेश पत्रमा आफ्नो फोटो राखी परीक्षा दिई उत्तीर्ण गराएको खुलेको छ । यस्तै विद्यार्थीहरुबाट प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म लिई कोरिया पठाउने कार्यमा वर्षौदेखि संलग्न रहँदै आएको खुल्न आएको छ । विशेष सूचना आधारमा महानगरीय अपराध म...
१२ वर्षीया छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैद

१२ वर्षीया छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैद

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस ७ । जिल्ला अदालत उदयपुरले १२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४५ वर्षीय बाबुलाई जन्म कैद सजाय दिने फैसला गरेको छ । मङ्गलबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद पराजुलीको इजालासले छोरी बलात्कार गरेको कसुरमा जिल्लाको उदयपुरगढी गाउँपालिकाका एक ४५ वर्षीय बाबुलाई जन्मकैद सजाय र ५५ हजार जरिवाना गर्ने फैसला गरेको जिल्ला अदालत उदयपुरका तहसिलदार तथा सूचना अधिकारी राजकुमार आचार्यलयले बताए । पीडक बाबुले २०७६ साल माघ १९ गते राति आफ्नी १२ वर्षीया छोरीलाई बलात्कार गरेपछि पीडककी श्रीमती र पीडित छोरीले माघ २० गते कारबाहीका लागि प्रहरीमा निवेदन दिएको अदालतले बताएको छ । प्रहरीले पक्राउ गरेर बाबुलाई जिल्ला अदालतमा मुद्दा चलाएपछि फागुन २२ गतेदेखि अदालतको आदेशानुसार पुर्पक्षका लागि थुनामा राख्दै आएको थियो ।...
बैंकको एटीएम बुथ तोडफोड गरिरहेको अवस्थामा खोटाङका १ जना पक्राउ

बैंकको एटीएम बुथ तोडफोड गरिरहेको अवस्थामा खोटाङका १ जना पक्राउ

अपराध, मुख्य समाचार
काठमाण्डौँ, मंसिर २७ काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम बुथ तोडफोड गरिरहेको अवस्थामा काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले उक्त एटीएम बुथ तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो । तोडफोडबाट बुथको दाँया भागको शिशा फुटेको र एक थान सिसिटिभिमा क्षति पुगेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
बालबालिकालाई सुनका गहना लगाउन नदिन रसुवा प्रहरीको आग्रह

बालबालिकालाई सुनका गहना लगाउन नदिन रसुवा प्रहरीको आग्रह

अपराध, ब्यानर समाचार 2, समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर २७ रसुवा जिल्लामा स्कुले बालिकालाई सुनका गहना नलगाउन आग्रह गरिएको छ । सुरक्षा जोखिम भएकाले यस्तो आग्रह गरिएको रसुवा प्रहरीले जनाएको छ । कानमा लगाएको गहनाकै कारण यसैसाता रसुवामा एक बालिकाको ज्यान गएको थियो। कालिका गाउँपालिका–१ राम्चे खार्साको फैक्रिगाङकी ६ वर्षीया बालिका सुमिना तामाङको कानमा लगाएको सुनको मुन्द्राकै कारण ज्यान गएको थियो। यही मंसिर २१ गते सुमिना विद्यालयबाट घरतर्फ फर्कने क्रममा उनले कानमा लगाएको करिब १० हजार जतिको सुनका मुन्द्रा लिनकै लागि अपहरण गरी उनको हत्या भएको थियो । यस्तै घटना नहोस् भनेर बालबालिकालाई सुनका कुनै पनि गहना नलगाउने भनिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए । साथै बालबालिकालाई अपरिचित व्यक्तिले दिएका चाउचाउ, बिस्कुट, चकलेटजस्ता चीज नखान समेत आग्रह गरिएको सुवेदीको भनाइ छ । साना ...
नुवाकोटको दुई सहित स्वयम्भूबाट गैंडाको खागसहित पाँच जना पक्राउ

नुवाकोटको दुई सहित स्वयम्भूबाट गैंडाको खागसहित पाँच जना पक्राउ

अपराध, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, मंसिर २६ स्वयम्भूबाट गैंडाको खाग सहित पाँच जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार काठमाडौं महानगर-१५ स्वयम्भू किमडोलबाट पाँच जनालाई पक्राउ गरेको हो। अवैध रुपमा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको टोली खटिएको थियो। पक्राउ पर्नेमा काठमाडौं झोँछेका ४१ वर्षीय रिकेश शाक्य, ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ छन्। त्यस्तै नुवाकोट मेघाङ गाउँपालिका-६का २६ वर्षीय रामसिंह तामाङ र २२ वर्षीया मुना तामाङ छन्। बिक्री वितरण गर्न कोठामा राखिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई खागसहित पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए। उनीहरूमाथि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्‍यक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ।...