Saturday, January 16
Shadow

चक्कु प्रहारबाट ७ जनाको मृत्यु, ७ घाइते


  • -इ
  • इ+

काठमाडौं, पुस १३ । चक्कु प्रहारबाट ७ जनाको मृत्यु भएको छ । चीनको लियाउनिङ प्रान्तमा एक ब्यक्तिको चक्कु प्रहारबाट ७ जनाको मृत्यु भएको हो । ७ जना घाइते भएका छन् ।

लियाउनिङ प्रान्तको काइयुआन शहरको एक विद्यालय बाहिर अज्ञात व्यक्तिले चक्कु प्रहार गरेका हुन् । मृत्यु हुनेमा अधिकांश महिला रहेका छन् ।

मानसिक रोगीले बदला लिन चक्कु प्रहार गरेको हुन सक्ने बताइएको छ । घटनामा संलग्नलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकका संख्या बढ्न सक्ने अनुमान गरिएको छ । एजेन्सी

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : interviewnepal123@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्